• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेरि अर्का व्यक्तिमा दोहोरियो कोरोना, दोस्रो पटकमा ‘गम्भीर समस्या’

  • वीरगंज संजाल
  • २७ आश्विन २०७७, मंगलवार २०:५९
  • ३६७७

    अमेरिकामा एक व्यक्तिलाई दुई पटक कोरोनाभाइरस सङ्क्रमण भएको र दोस्रो पटक सङ्क्रमण धेरै डरलाग्दो भएको चिकित्सकहरूले बताएका छन्।

    ती २५ वर्षीय सङ्क्रमितका दुवै फोक्सोमा पर्याप्त अक्सिजन नपुगेपछि उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। अहिले उनी निको भइसकेका छन्।कोरोनाभाइरस सङ्क्रमण हतपत नदोहोरिने विश्वास गरिन्छ।

    तर ‘लान्सिट इन्फेक्शस डिजीजेज’ नामक जर्नलमा प्रकाशित शोधले उक्त भाइरसको सङ्क्रमण भइसकेपछि कति प्रतिरोध क्षमता बन्छ भन्ने विषयबारे प्रश्न उठाएको छ।

    अमेरिकाको दक्षिणपश्चिम राज्य नभाडाका ती युवकलाई पहिला स्वास्थ्यसम्बन्धी कुनै समस्या नदेखिएको र कोभिडको जोखिम हुन प्रतिरोध क्षमतासम्बन्धी अन्य अवस्था पनि नभएको बताइन्छ।

    उनलाई कहिले के भयो ?

    • मार्च २५ – घाँटी दुख्ने, खोकी, टाउको दुख्ने, वाकवाकी र पखालासहित प्रारम्भिक लक्षण देखियो
    • एप्रिल १८ – परीक्षण गर्दा पहिलो पटक सङ्क्रमण पुष्टि
    • एप्रिल २७ – सबै लक्षण हराए
    • मे ९ र २६ – परीक्षणमा दुई पटक नै कोरोनाभाइरस देखिएन
    • मे २८ – फेरि लक्षण देखियो, यसपालि ज्वरो, टाउको दुख्ने, रिँगटा, खोकी, वाकवाकी र पखाला लाग्यो
    • जुन ५ – परीक्षण गर्दा फेरि कोरोनाभाइरस देखियो, अक्सिजनको मात्रा घट्यो र सास बढ्यो

    वैज्ञानिकहरूका अनुसार ती व्यक्तिमा पुरानो सङ्क्रमण लुकेर पछि फेरि देखा परेको नभई दुई पटक नै कोरोनाभाइरस सङ्क्रमण भएको हो। उनीबाट सङ्कलित फरकफरक नमुनाको परीक्षण गर्दा भाइरसको आनुवंशिक संरचनामा भिन्नता देखियो।

    “हामीले पत्ता लगाएको कुराबाट पुरानो सङ्क्रमणले भविष्यमा हुने सङ्क्रमणबाट जोगाउन नसक्ने सङ्केत पाइन्छ,” यूनिभर्सिटी अफ नभाडाका डा. मार्क प्यान्डरीले भने।

    “पुनः सङ्क्रमणको सम्भावनालले कोभिड-१९ प्रतिरोधसम्बन्धी हाम्रो ज्ञानमा उल्लेख्य प्रभाव पार्न सक्छ।”

    उनका अनुसार एकचोटि कोभिड-१९ भएर निको भइसकेका व्यक्तिले पनि दूरी, मास्क र हात धुने विषयमा तोकिएका मापदण्ड पालना गर्नुपर्छ।

    वैज्ञानिकहरू अझै कोरोनाभाइरस र प्रतिरोध क्षमतासम्बन्धी जटिल विषय बुझ्ने प्रयासमा छन्।

    भिडिओ क्याप्शन सुरु हुँदैछ,कस्ता गतिविधि सुरक्षित, कस्ता जोखिमपूर्ण

    • कसरी जोगिने? सङ्क्रमण हुनबाट कसरी जोगिने
    • के हुन्छ? सङ्क्रमण भएपछि शरीरमा यस्तो हुन्छ
    • भिडिओ: नधोइएका फोहोर हातमा कीटाणु कसरी फैलिन्छन्
    • भिडिओ: फोन यसरी सफा गर्नुपर्छ
    • के जान्नै पर्छ? कोरोनाभाइरसबारे तपाईँलाई थाहा हुनुपर्ने प्रमुख कुराPresentational white space

    यसको अर्थ के हो?

    के सबै सङ्क्रमितमा प्रतिरोध क्षमता बन्छ? सामान्य लक्षण भएका सङ्क्रमितहरूमा पनि? अनि त्यस्तो सुरक्षा कति लामो समयसम्म कायम रहन्छ त?

    कोरोनाभाइरसले हामीलाई दीर्घकालसम्म कसरी प्रभावित गर्छ र खोप तथा हर्ड इम्यूनिटी (सामूहिक प्रतिरोध क्षमता) जस्ता विषय बुझ्न यी प्रश्नहरू महत्त्वपूर्ण छन्।

    अहिलेसम्म सङ्क्रमण धेरै दोहोरिएको छ। अहिलेसम्म पुष्टि भएका ३.७ करोड सङ्क्रमितमध्ये एकदमै थोरै व्यक्तिमा मात्र पुनः सङ्क्रमण भएको पुष्टि भएको छ।

    • कोरोनाभाइरसमा देखिएको परिवर्तनले पार्ने प्रभावबारे वैज्ञानिकहरू रनभुल्ल
    • चमेराको अध्ययनबाट मानिसलाई कोरोनाभाइरसबाट जोगाउन सकिने आशा

    हङ्‌कङ, बेल्जम र द नेदरल्यान्ड्समा फेला परेका बिरामीमा दोस्रो पटक सङ्क्रमण डरलाग्दो नभएको देखिन्छ। एक्वडोरमा चाहिँ अमेरिकामा जस्तै दोस्रो पटक सङ्क्रमण हुँदा बिरामीलाई गम्भीर समस्या देखिएको थियो तर उनलाई अस्पताल लानुपरेको थिएन।

    तर यो महामारी सुरु भएको धेरै भएको छैन। अनि सङ्क्रमणपछि विकसित हुने सुरक्षा अन्य प्रकारका कोरोनाभाइरसका कारण दुर्बल हुने सम्भावना हुन्छ।

    विश्वले कोरोनााभाइरस महामारीको दोस्रो लहर खेपिसकेपछि बल्ल हामीसँग केही स्पष्ट उत्तर हुनसक्छ।

    भिडिओ क्याप्शन सुरु हुँदैछ,के परिवर्तनले कोरोनाभाइरसलाई झन् घातक बनाउँछ?

    अनि सङ्क्रमण हुँदा शरीरले पहिला गरेको प्रतिक्रियाका कारण दोस्रो सङ्क्रमण झन् नराम्रो भएको हुन सक्छ। डेङ्गीजस्ता रोगमा शरीरले बनाउने एन्टिबडी सोही जातको तर अर्को प्रकारको भाइरसको सङ्क्रमण हुँदा समस्याकारी बनेको प्रमाण उपलब्ध छ।

    यूनिभर्सिटी अफ ईस्ट एङ्ग्लियाका प्राध्यापक पोल हन्टरका अनुसार दुई पटक सङ्क्रमण हुँदाको छोटो समयान्तर र दोस्रो पटक उत्पन्न समस्याका कारण यो अध्ययनले निकै चिन्ताजनक विषय देखाएको छ।

    “अहिलेसम्म ३.७ करोड मानिसलाई सङ्क्रमण भएको छ। यदि गम्भीर बिरामी पर्नेगरी पुनः सङ्क्रमण हुनु सामान्य थियो भने हामीले धेरै यस्ता घटनाहरू देख्नुपर्थ्यो।”

    “अहिले पत्ता लागेको कुराबाट खोप कार्यक्रमका लागि कस्तो अर्थ लाग्छ भन्न अहिले धेरै चाँडो हुन्छ। तर यसले हामीलाई यो सङ्क्रमणका कारण कस्तो प्रतिरोधात्मक प्रतिक्रिया हुन्छ भन्ने हामीलाई पर्याप्त थाहा नभएको पुनर्पुष्टि गर्छ,” उनले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑