वीरगंज | विश्वभर ३ करोड ८० लाख मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा २ लाख ७५ हजार २३२ जना संक्रमित भएका छन् । योसँगै कोरोना संक्रमितको संख्या ३ करोड ८० लाख ३५ हजार ३४९ पुगेको छ ।संक्रमितमध्ये २ करोड ८५ लाख ९६ हजारभन्दा बढी निको भएका छन् । पछिल्लो २४ घण्टामा २ लाख ४९ हजार ७८९ जना संक्रमण मुक्त भएका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा ३ हजार ७५६ जनाको मृत्यु भएको छ । योसँगै मंगलबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाले मृत्यु हुनेको संख्या १० लाख ८५ हजार १५१ पुगेको छ ।सबैभन्दा धेरै संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार पुगेको छ ।
दोस्रो धेरै संक्रमण भएको मुलुक भारतमा संक्रमित संख्या ७१ लाख ७३ हजारमा संक्रमण पुष्टि भएको छ । यस्तै ब्राजिलमा संक्रमित संख्या ५१ लाख ३ हजार पुगेको छ । ब्राजिलमा विश्वमा तेस्रो धेरै संक्रमण भएको मुलुक हो ।
कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ३१ हजार ८२३ जनाको मृत्यु भएको छ । ६१ लाख ४७ हजार २३१ जना संक्रमित भएकोमा ३० लाख ४३ हजार ८९९ जना संक्रमणमुक्त भएका छन् ।