वीरगंज। गुगलले एन्ड्रोइड स्मार्टफोनका लागि ६ वटा नयाँ फिचर सार्वजनिक गरेको छ । यी फिचर नयाँ स्मार्टफोनका लागि मात्र नभएर पुराना भर्सनका स्मार्टफोनमा समेत उपलब्ध हुनेछन् ।एन्ड्रोइडका यी नयाँ फिचर गुगल असिस्टेन्स, डुओ एप लगायतका लागि ल्याइएका हुन् । गुगल असिस्टेन्सको कुरा गर्दा अब तपाईं यसबाट आफ्नो स्मार्टफोनमा एपलाई सहजै ओपन गर्न र सर्च गर्नका लागि प्रयोग गर्न सक्नुहुनेछ ।
उदाहरणका लागि ‘हे गुगल चेक न्युज अन ट्वीटर’ भनेर अह्राउन सक्नुहुनेछ । यस्ता कमान्डलाई तपाईं कस्टमाइज गर्न पनि सक्नुहुनेछ । गुगल असिस्टेन्टको यो फिचर तपाईंले अहिले देखि नै प्रयोग गर्न सक्नुहुनेछ ।यस बाहेक गुगलले आफ्नो भिडियो कलिङ एप डुओमा स्क्रिन शेयरिङ फिचरलाई इनेबल गरिदिएको छ । यससँगै अब डुओमा भिडियो कलिङ गर्दा तपाईंले आफ्नो फोनको स्क्रिन शेयर गर्न सक्नुहुनेछ ।
साथै गुगलले भिडियो म्यासेजका लागि अटोमेटिक क्याप्सनलाई समेत थप गरेको छ । यो फिचर खास गरी सुन्नमा कठिनाई हुने प्रयोगकर्तका लागि उपयोगी हुनेछ ।गुगलले गएको महिना फोनमा स्पाम कल रोक्न सकिने र कसले कल गर्न सर्दैछ भन्ने कुराको जानकारी दिने फिचर ल्याउने घोषणा गरेको थियो । कम्पनीले एन्ड्रोइड नाइन पछिका सबै स्मार्टफोनका लागि यो फिचर ल्याउँदै छ ।
यदि तपाईंसँग गुगल फोन एप बाइ डिफल्ट रुपमा उपलब्ध छैन भने प्ले स्टोरबाट सजिलै डाउनलोड गर्न सक्नुहुनेछ । जसमा गुगलको यो नयाँ फिचर उपलब्ध हुनेछ ।एन्ड्रोइड स्मार्टफोनमा अर्को नयाँ पिचर साउन्ड नोटिफिकेसन समेत थप गरिएको छ । यसले तपाईंलाई आसपासका महत्वपूर्ण आवाजहरुलाई अलर्टको रुपमा जानकारी गराउनेछ ।
साउन्ड नोटिफिकेसनले तपाईंलाई वरपर बज्ने फायर अलार्म, ढोका ढकढकाएको, मोम अप्लायन्सको बिपिङ, कुकुर कराएको, बच्चा रोएको आदि जस्ता आवाजलाई फ्ल्याश लाइट तथा भाइब्रेसनको रुपमा पुश नोटिफिकेसन दिनेछ ।यो फिचरलाई स्मार्टवाच ओएसमा पनि सेट गर्न सकिनेछ । यो फिचर लाइभ ट्रान्सक्राइब एपमा उपलब्ध छ । कग्नेटिभ डिसेबिलिटी तथा उमेर जन्य समस्या भएका व्यक्तिहरुका लागि गुगलले ल्याएको एक्सन ब्लक्स एप अब शर्ट फ्रेज सञ्चारका लागि समेत प्रयोग गर्न सकिनेछ ।
एक्सन ब्लक्सलाई हजारौं पिक्चर कम्युनिकेसन सिम्बोलका साथ अपडेट समेत गरिएको छ । साथै गुगलले एपमा जापानी, फ्रेन्च, जर्मन र इटालियनका लागि समेत सपोर्ट थप गरेको छ ।नयाँ क्रोमकास्ट सार्वजनिक गरेसँगै कम्पनीले गुगल टिभी ल्याएको थियो । गुगल प्ले मुभिज एन्ड टिभीलाई गुगल टिभीमा रिब्रान्ड गर्दैछ ।अब अपडेटेड एप अमेरिकामा एन्ड्रोइड फोनका लागि उपलब्ध गराइएको छ । गुगलले यूआईलाई समेत अपडेट गरेको छ ।