आज:
  • होमपेज / Breaking News

    उपत्यकाका प्रवेशको नाका सिल गर्न सांसदहरुको सुझाव

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार २१:४५
  • ३५८१

    काठमाडौं । सांसदहरुले उपत्यकामा कोरोना नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्नेमा सुझाव दिएका छन्।प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिअन्तर्गतको ‘कोभिड १९ नियन्त्रणमा सरकारको कामकारबाही अनुगमन उपसमिति’ले काठमाडौं उपत्यका प्रवेशको नाका सिल नगरे कोरोना महामारी थप भयावह हुने चेतावनी दिएको छ।काठमाडौंको कोरोना गाउँगाउँमा जाँदा स्थिति भयावह हुनसक्ने भन्दै सांसदहरुले नाका सिलमा जोड दिएका हुन।

    सोमबार संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा उपसमितिले गरेको अध्ययन र अनुगमनको निष्कर्ष र सुझाव सुनाउँदै संयोजक जीवनराम श्रेष्ठले काठमाडौं उपत्यका कोरोनाको हटस्पट भएकाले त्यसलाई नियन्त्रण सरकारले कडा कदम चाल्नुपर्ने सुझाव दिएको बताए।चाडबाडमा चहलपहल निकै बढेको र यस्ता गतिविधिले कोरोना तीव्ररुपमा फैलिरहेको निष्कर्षसहित दसैँं–तिहारको समयमा उपत्यका बाहिरिने र भित्रिने दुवै प्रक्रिया बन्द गर्नुपर्ने संसदीय उपसमितिले सुझाव दिएको हो।

    उपत्यकामा फैलिएको कोरोना बाहिरी जिल्लामा नजाओस् भन्ने हेतूले दशैं तिहारमा उपत्यकाको बोर्डर सिल गर्नुपर्ने उपसमितिले सुझाव दिएको भन्दै श्रेष्ठले काठमाडौं बाहिर जाने र भित्र आउने दुवै प्रक्रिया बन्द गर्नुपर्ने आफूहरुको सुझाव रहेको बताए।

    आफूहरुले काठमाडौं उपत्यकाभित्र र बाहिर अनुगमन गरेको भन्दै श्रेष्ठले उपत्यकाभन्दा बाहिर झनै कोरोना भाइरसको प्रकोपबाट बच्न सुरक्षाका उपाय नअपनाएको पाइएको बताए।सरकारी कार्यालयदेखि सबैतिर भीडभाड रहेको, नागरिकले मास्क नै प्रयोग नगरेको अवस्था रहेको भन्दै श्रेष्ठले यस्तो व्यवहारले कोरोना संक्रमण अझैं भयावह हुने अवस्था रहेको बताए।

    संसदीय उपसमितिको बैठकमा सहभागी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले लकडाउन, निषेधाज्ञा वा बोर्डर सिल गर्ने विषय राजनीतिक निर्णय भएको बताएका छन्।उपसमिति बैठकमा कतिपय सांसदहरुले दशैं तिहारको समयमा १०/१५ दिन निषेधाज्ञा नै गर्नुपर्ने समेत सुझाव दिएका थिए। त्यस्तै, राजनीतिक दलका नेता कार्यकर्ताहरु नै भीडभाड गर्ने, पार्टी प्रवेशदेखि विभिन्न कार्यक्रम राखेर समस्या पारिरहेको सांसदहरुले बताएका थिए।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला
  • पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न
  • राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा
  • दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    दुर्गा प्रसाईं फेरि पक्राउ

    हर्कको प्रश्न : रौतहटमा भएको बालिकाको हत्याबारे यो सरकारले के गर्दैछ?

    शहिद धर्मराज सिंहकी आमाद्वारा एमाले उम्मेदवार प्रदीप यादवलाई जितको आशीर्वाद

    राष्ट्रियसभा बैठक सुरु

    आहा रारा पोखरा गोल्ड कपको २५ औँ वर्षको अवसरमा तस्बिर प्रदर्शनी

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    जितपुरसिमरा–७ मा अज्ञात पुरुषको शव फेला

    News

    पर्सा क्षेत्र नं. २ मा एमाले चुनाव परिचालन कमिटीको बैठक सम्पन्न

    News

    राजनीतिक दलको प्रचार गरेको आरोपमा पर्सामा प्रहरी हवल्दार नियन्त्रणमा

    News

    दुर्गा प्रसाईं वीरगञ्ज आउने क्रममा काठमाडौंको दक्षिणकाली क्षेत्रबाट पक्राउ

    News

    मोटरसाइकल पार्किङ विवादले ज्यान लियो, वीरगञ्जमा एक जनाको मृत्यु

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑