• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना महामारीका बीच वीरगंजमा प्रशासनको अनुमति बेगर गरियो पार्टी प्रवेश कार्यक्रम

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार १९:११
  • ५९६५

    वीरगंज | गत भदौसम्म कोरोनाको ‘हटस्पट’ बनेको पर्सा जिल्लामा अझै पनि भेला, सभा सम्मेलन गर्न स्थानीय प्रशासनले रोक लगाएको छ । कोरोना महामारीको उच्च जोखिम कायमै रहेकाले भौतिक दूरी, मास्क र बेलाबेला हात धुन प्रशासनले अनुरोध गर्दै आएको छ । तर, जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय नेताहरुको उपस्थितिमा सोमबार सयौंको उपस्थितिमा जिल्लाका दुई स्थानमा बृहत पार्टी प्रवेश तथा नेपालीहरुको दसैं, तिहार र छठको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

    पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले औपचारिक रुपमा सभा सम्मेलनमा रोक लगाइएको बताउँछन् । ‘कार्यक्रम नगर्न भन्दाभन्दै पनि मान्नु भएन,’ कान्तिपुरसँग प्रजिअ तामाङले भने, ‘कुनै पनि हालतमा सभा सम्मेलन गर्न नदिन प्रहरीलाई निर्देशन दिइएको हो, त्यसपछि के भयो मलाई जानकारी भएन ।’ पार्टी प्रवेश कार्यक्रमका लागि निर्माण गरिएको पण्डाल बाहिर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिति रहेको थियो । नेताहरुको सुरक्षा र स्कर्टिङका लागि सुरक्षाकर्मी परिचालन भएका थिए ।

    केन्द्रीय नेता मञ्चमा मास्क र हातमा पञ्जा लगाएर आसन ग्रहण गरेका थिए ।करिब एक हजार व्यक्तिले पार्टी प्रवेश गरेको कार्यक्रममा पूर्व प्रधानमन्त्री एवं जसपाका वरिष्ठ नेता बाबुराम भट्टराई, पार्टीका कार्यकारणी अध्यक्ष उपेन्द्र यादव, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउत गद्दी, राजेन्द्र श्रेष्ठ, पर्साका प्रतिनिधि सभा र प्रदेश सभाका सांसदको उपस्थिति रहेको थियो । बिहान सखुवाप्रसौनी गाउँपालिकाको औराहामा र दिउँसो महुवनमा पार्टी प्रवेश कार्यक्रम भएको हो । कार्यक्रमस्थलमा आयोजक कमिटिले ‘भौतिक दूरी कायम गरी बसौं । मास्कको प्रयोग गरौं । साबुन पानीले हात धौऔं ।’ लेखिएको सूचना टाँस गरेको थियो ।

    मन्तव्यको क्रममा माइक समाउने बेलामा हात र माइकमा सेनिटाइजर लगाउने गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा उपस्थित कतिपयले भने मास्क लगाएका थिएनन् । भौतिक दूरीसमेत कायम गरिएको थिएन । नेता भट्टराई र कार्यकारणी अध्यक्ष यादवले नवप्रवेशीलाई माला लगाएर स्वागत गरेका थिए ।कार्यक्रममा पूर्वप्रधानमन्त्री भट्टराईले अबको लक्ष्य आउँदो निर्वाचनमा सिंहदरबारको कुर्सी कब्जा भएको बताएका थिए । भट्टराईले भने, ‘कुर्सी कब्जा भएपछि संविधान संशोधन र विकासको रोडम्याप लागू हुन्छ ।’

    पूर्व उपप्रधानमन्त्री एवं पार्टी कार्यकारणी अध्यक्ष उपेन्द्र यादवले विकास बजेट र राजनीतिक नियुक्तिमा अझै भेदभाव कायमै रहेको औंल्याए । ‘भेदभाव अन्त्यका लागि शक्ति आवश्यक छ,’ उनले भने, ‘हामी जति संगठित हुन्छौँ त्यत्ति नै हाम्रो शक्ति बढ्छ, त्यो शक्ति भनेकै पार्टी हो ।’ देशमा नयाँ प्रणालीको सुरुवातका लागि निरन्तर संघर्षको आवश्यकता छ । ‘अधिकारको लडाइँ बाँकी नै छ,’ उनले भने, ‘पाएको उपलब्धि जोगाएर, लडाई जारी राख्नु छ, हाम्रो लडाइँ भेदभाव खत्तम गर्ने लडाइँ हो ।’भूषण यादव |ekantipur.com

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑