• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगञ्जमा जनरल अस्पतालमै कोरोना संक्रमितको शल्यक्रिया

  • वीरगंज संजाल
  • २६ आश्विन २०७७, सोमबार १६:५५
  • २४८१

    विरगंज । कोरोना संक्रमित वीरगञ्ज–५ कि ६३ वर्षीया महिलाको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ । नारायणी अस्पताल भर्ना भएकी उनको आइतबार नै शल्यक्रिया गरिएको हो ।

    एक्युट एपेन्डिसाइटिसका कारण बिरामीलाई निकै गाह्रो भएकाले जनरल सेवा दिइरहेको अस्पतालमै कोरोना संक्रमितको शल्यक्रिया गरिएको अस्पतालकी एक नर्सले जानकारी दिइन् ।

    जिन एक्सपर्ट विधिबाट गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएपनि उनमा कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

    वीरगञ्जमा कोरोना संक्रमितको उपचार गर्न हाल नेसनल मेडिकल कलेजले बाबा होटलमा खोलेको आइसोलेसन मात्रै सञ्चालनमा छ । तर उसले डायलायसिस, शल्यक्रिया गर्नुपर्ने, गर्भवती तथा सुत्केरी महिलालाई राख्न नसक्ने जनाएको छ । यसले गर्दा पछिल्ला दिनमा यस्ता बिरामी समस्यामा पर्ने गरेका छन् ।

    नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जय ठाकुरले बाबा आइसोलेसनले कोरोनाका गम्भीर बिरामी, डायलायसिस गर्नुपर्ने बिरामी, गर्भवती, सुत्केरी र शल्यक्रिया गर्नुपर्ने बिरामी नराखेका कारण जनरल अस्पतालमै सेवा दिनुपरेको बताए ।

    आइतबार संक्रमितको शल्यक्रिया गरिएका कारण सोमबार नारायणी अस्पतालको सर्जिकल अपरेसन थिएटर बन्द छ ।

    ‘आज इमर्जेन्सी शल्यक्रिया गर्नुपर्दा बिरामीले महंगोमा निजीमा नै गर्नुपर्छ’ उनले भने ‘मन्त्रालय र अदालतले नारायणीलाई ननकोभिड बनाउन भन्छ, प्रशासनले कोभिड संक्रमितको जसरी भएपनि उपचार गराउनुपर्छ भन्छ । कसरी गर्ने ? एक जनाको ज्यान बचाउन दश जनाको ज्यान जोखिममा राख्नुपरेको छ ।’

    केही दिनअघि मिर्गौलासम्बन्धी रोगबाट ग्रसित दुईजना संक्रमितको डायलायसिस र एक जना कोरोना संक्रमित गर्भवतीको वीरगञ्ज हेल्थ केयरमा गरिएको थियो । रौतहटका एक संक्रमितलाई यहाँका अस्पतालले डायलायसिस गर्न नमानेपछि भरतपुर रिफर गरिएको थियो ।

    नारायणी अस्पतालमा कोरोना संक्रमितको उपचार गर्नुपर्ने भए पूर्वाधार र जनशक्तिको व्यवस्थापन गर्नुपर्ने मेसु ठाकुरले बताए ।

    ‘कोराना संक्रमित र जनरल दुवै सेवा नारायणीले नै दिने हो भने त्यसै अनुसार पूर्वाधार बनाउनुपर्छ । राज्यको अस्पताल भनेर मात्रै हुँदैन । आवश्यक बन्दोबस्त गरिदिनुपर्छ’ उनले भने ‘कोभिड र नन कोभिड बिरामीलाई एउटै अस्पतालमा उपचार सेवा दिँदा स्थिति बिग्रन सक्छ ।’

    निर्णय गर्ने तर कार्यान्वयन नहुने

    गत भदौ २१ गते नारायणी अस्पतालको नेतृत्वमा यहाँका निजी अस्पतालसमेतको उपस्थितिमा प्रसुति र आकस्मिक शल्यक्रिया आशाराम अस्पतालले गर्ने, कोरोना संक्रमित मिर्गौला रोगीको डायलायसिस वीरगञ्ज हेल्थ केयरले गर्ने सहमति भएको थियो । तर शल्यक्रियाका बिरामी घटेको र सञ्चालन खर्च समेत नउठ्ने भन्दै आशाराम अस्पतालले सम्झौता गर्न मानेन ।

    गर्भवतीलाई अक्सिजन दिएर घरमै राखेको समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको बैठकले केही समयका लागि वीरगञ्ज हेल्थ केयरले कोभिड संक्रमित मिर्गौला रोगीको डायलायसिस सेवा दिने, नारायणीले नै शल्यक्रिया सेवा दिने र बाबा आइसोलेसनले छिटो भन्दा छिटो आवश्यक प्रबन्ध मिलाउने निर्णय गर्‍यो । तर समस्या जस्ताको तस्तै छ ।

    प्रमुख जिल्ला अधिकारी आसमान तामाङ उपचारसम्बन्धी सबै समस्या समाधानका लागि नारायणी अस्पतालले नेतृत्व लिनुपर्ने बताउँछन् । ‘निजी अस्पतालले गरेन भनेर हुँदैन, उनीहरु नाफा नोक्सानको हिसाब राख्छन् । तर सरकारी अस्पताल भएका कारण नारायणीले कुनैपनि सेवा दिन सक्दिन भन्न पाईदैन’ उनले भने ।अन्लाईनखबर बाट स्भार गरिएको ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑