• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगंजका विद्यालय कार्तिक ११ गतेदेखि खुल्ने

  • वीरगंज संजाल
  • २५ आश्विन २०७७, आईतवार २३:४४
  • ४३४५

    वीरगंज। वीरगंजमा आज सम्पन्न सरोकारवालाहरुको बैठकले जिल्लाभरका विद्यालयहरु आगामी कार्त्तिक ११ गतेबाट खोल्ने निर्णय गरेको छ ।वीरगञ्ज विर्तास्थित होटल अन्नपूर्णामा प्याब्सन पर्साको आयोजनामा सम्पन्न वैकल्पिक सिकाईका चुनौति र समाधान विषयमा भएको सर्वपक्षीय अन्तरक्रियामा यस्तो निर्णय भएको हो । यसका लागि दशैं अघिसम्म सबै विद्यालयहरुले तयारी गरिसक्ने निर्णय भएको छ ।

    तयारी स्वरुप भएको निर्णय कार्यन्वयनका लागि जिल्लाका सबै स्थानीय तहहरुमा समन्वय र सहजीकरण गर्ने निर्णय भएको छ । सामुदायिक विद्यालयहरुमा राखिएका क्वारेन्टाइन अन्यत्र सार्न लगाउने, विद्यालयहरुमा सरसफाई लगायत विद्यालय खोलेपछि अपनाउनु पर्ने सम्पूर्ण सर्तकर्ताहरुबारे प्रधानाध्यापक, शिक्षकहरुसँग सबै सरोकारवालासँग समन्वय गर्ने पनि निर्णय भएको छ । यसका लागि आज बसेको बैठकले गरेको निर्णयको बोधार्थ जिल्ला प्रशासन कार्यालय र जिल्लाका सबै स्थानीय तहमा पठाइने भएको छ ।

    कति कक्षादेखि कति कक्षासम्म विद्यालय खोल्ने भन्ने कुराको निर्णय भने विद्यार्थी संख्याको आधारमा विद्यालय प्रशासन आफैले गर्न सक्ने निर्णय भएको छ । तर विद्यालय भौतिक रुपमा खोलेर सन्चालन गर्दा भने डब्लुएचओको मापदण्ड अनिवार्य रुपमा पालना गर्नुपर्ने सर्वपक्षीय बैठकको निर्णय छ । यस्तै, विद्यालयमा विद्यार्थी बोलाउनु अघि अभिभावकसँग सबै विद्यालयले अनुमित लिनुपर्ने निर्णय भएको छ । विद्यालय खुलेपछि मापदण्ड पूरा गरे नगरेको अनुगमन गर्न जिल्ला शिक्षा समितिको अध्यक्ष नेक महमद अन्सारीको अध्यक्षता अनुगमन समिति बन्ने भएको । बैठकमा पेश भएको विद्यालय सन्चालन गर्दा अपनाउनु पर्ने कार्यविधि अनुसार अनुगमन गर्ने र पालना नभएको पाएमा अनुगमन समितिले विद्यालय बन्द समेत गराउन सक्ने छ ।

    अन्तरक्रियामा सहभागी हुदैं कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पर्साको क्षेत्र नं. १ का सांसद प्रदीप यादवले अब धैरे दिनसम्म शैक्षिक संस्था बन्द गर्न नहुने बताए । लामोसमयदेखि शैक्षिक संस्थाहरु बन्द हुँदा विद्यार्थीहरुले सिकेको सिकाई पनि बिर्सिसकेको उनले धारणा राखे । वैकल्पिक सिकाईमा सबैको विद्यार्थीहरुको पहुँच हुन नसकेको भन्दै अहिले जम्मा १० देखि १५ प्रतिशत मात्र विद्यार्थीलाई मात्र वैकल्पिक सिकाईले जोड्न सकेको उनले दाबी गरे ।

    पर्सा जिल्लामा सबै क्षेत्र सामान्य रुपमा परिणत भइसकेको भन्दै अब पनि विद्यालय बन्द गरेर राख्नुको कुनै तुक नभएको उनको भनार्ई छ । शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैको उपस्थितिमा विद्यालय खोल्ने विषयमा भएको निर्णयले विद्यार्थीको एक वर्षको क्षतिलाई रोक्ने उनको धारणा छ । साथै, विद्यालय खोल्न भएको निर्णयमा कुनै बाधा अवरोध आए आफु साथमा रहेको सांसद यादवको प्रतिबद्धता छ । उनले भने “यो सर्वपक्षीय निर्णय भएको छ , कसैले बाधा अवरोध गरे वा कारवाही गरे म तपाईहरुको साथमा छु, म पनि तपाईहरुसँगै जेल जाउँला । ”

    प्याब्सन पर्साका अध्यक्ष डा. हरिशंकर साहको अध्यक्षतामा भएको सो अन्तरक्रियामा सांसद प्रमुख अतिथिको रुपमा सांसद यादव, विशिष्ट अतिथिको रुपमा प्रदेश सांसद करिमा बेगम र जिल्ला समन्वय समितिका सभापति नेक महमद अन्सारीका साथै नेपाली कांग्रेस पर्साका सभापति अजय दुवेदी, नेकपा जिल्ला सदस्य बालकृष्ण श्रेष्ठ, शिक्षाविद् प्रा.डा. दिपक शाक्य, हिसानका प्रदेश अध्यक्ष मनिष सिंह, बौद्धिक पेशाकर्मी महासंघका प्रदेश अध्यक्ष विजय यादव, एन प्याब्सन अध्यक्ष रामसुन्दर चौधरी, नेपाल पत्रकार महासंघका पर्र्सा अध्यक्ष श्याम बन्जारा, अभिभावक संघका जिल्ला अध्यक्ष अमर बहादुर गौतम, शिक्षक महासंघका जिल्ला अध्यक्ष तीर्थराज यादव, संघीय शिक्षक फोरमका जिल्ला अध्यक्ष हरिन्द्र चौरसिया, नेपाल शिक्षक महासंघका बीरगन्ज नगर अध्यक्ष विनोद मेहता लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु
  • वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पिकनिक मनाउन गएका वीरगञ्ज पुरुषोत्तम शर्मालाई खोलाले बगाउँदा मृत्यु

    News

    वीरगंज भन्सारमा प्रहरीकै संलग्नतामा तस्करीको जालो, DSP कै निर्देशनमा सञ्चालन

    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑