विरगंज । मेरो अवाज, हाम्रो समान भविष्य भन्ने मुल नाराका साथ आज एक कार्यक्रम वीच अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा वीरगंजमा दिप प्रजवलन गरि मनाईएको छ ।
कार्यक्रममा आफनो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका वरिगंज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्कीले समाजमा जडा गाडेर बसेका असमाजिक तत्वलाई समाजबाट बहिस्कार गर्ने कुरामा जोड दिदै बालिका माथि हुने हिंसालाई न्युनिकरण गर्नका लागि कानुन कार्यान्वयन पक्षलाई बलियो बनाउदै हरेक तहमा महिलाहरु अर्थपुर्ण सहभागिता रहेको छ ।
असम्मान सोचका कारण समाजमा घटिने महिला हिसा, बाल दुव्र्यवहार न्युनिकरण गर्नका लागि सकरात्मक सोचको बिकास हुनुपर्न र स्थानिय तहले बालबालिकाको हक अधिकार सुन्निचत गर्नका लागि बाल मैत्री अभियान अगाडी सारेको छ ।
कार्यक्रम Youth Association Nepal, Mohatari Network of youth , RDC Nepal को संयुक्त सहकार्यमा विरगंजको घन्टाघर चौकमा Youth Association Nepal कि संस्थाकी ज्योति साहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विरगंज महानगरपालिका को उपप्रमुख शान्ति कार्की, युवालयका कार्यसमिति सदस्य जया साह, टिम नेपोका अध्यक्ष दिपु बर्नवाल, नगर बाल संजालको र युथ ओफ विरगंजका सदस्यहरु, युवा अभियान्ता गङ्गा श्रेष्ठ, सिजल कुमारी, अर्चना कुमारी लगायत ५० जना को सहभागीता रहेको ज्योति साहले जानकारी दिईन ।