वीरगंज। प्रदेश न. २ का मुख्यमन्त्रि लालबाबु राउतसहितको टोलिले वीरगंज महानगरपालिका वडा न. १६ नगवको फुलवारी टोलमा अवलोकन तथा निरिक्षण गरेको छ ।
प्रस्तावित फुलवारी टोल बिकास तथा सुधार समितिको पहलमा मुख्यमन्त्रि राउत, पर्सा क्षेत्र न. १ का सांसद प्रदिप यादब, वडा न. १६ का अध्यक्ष श्यामबाबु चौरसिया लगायतका नेता तथा जनप्रतिनिधिको टोलिले उक्त टोलको अनुगमन गरेर सो क्षेत्रका समस्या सम्बन्धमा स्थानीयसँग छलफल पनि गरेको तत्कालिन समाजवादी पार्टी पर्साका सचिब तवरेज अहमदले जानकारी दिनुभयो ।
सो अवसरमा नगवामा दलित धर्मशाला निर्माण गर्ने, सडक, नाला, लगायतका बिकास निर्माणका कार्यहरुलाई अगाडी बढाउने विषयमा समेत छलफल भएको उहाँको भनाई छ ।
त्यसैगरी फुलवारी टोलमा निर्मित नाला तथा सडकको समेत निरिक्षण गर्नुका साथै आगामी दिनमा पनि जनताको घरदैलोमा पुगेरै जनताका समस्याहरुको समाधान गर्ने बताएका छन् |
टोलको बिकास र सुधारका लागी केन्द्र सरकार, प्रदेश सरकार तथा स्थानीय सरकार सदैव प्रतिबद्ध रहेको अनुगमनमा सहभागी मुख्यमन्त्रि राउत, सांसद यादब र वडाअध्यक्ष चौरसियाले बताउनुभयो ।टोलिमा समाजका अगुवा, बुद्धिजिवि, स्थानीय तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।