वीरगंज | दसैं नजिकदै जाँदा मूल्यसुची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको छ। वीरगंजमा सहज रुपमा बजार खुलेपछि कालोबजारी सुरु भएको छ।
मूल्यसूची नराखेका तथा बिल उपलब्ध नगराउने किराना पसल सञ्चालकलाई जिल्ला अनुगमन समिति पर्साले कारबाही गरेको हो। आइतबार खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, नेपाल पत्रकार महासंग पर्सा, उपभोक्ता हित संरक्षण मञ्च, जिल्ला प्रशासन कार्यालय र प्रहरीको संयुक्त टोलीले वीरगंजका विभिन्न खाद्यान्न तथा किराना पसलहरूको अनुगमन गरेका हुन्।
उपभोक्ताको गुनासोका आधारमा ६ पसलमा अनुगमन गर्दा केहि पसलले मूल्यसुची नराखेका तथा बिल उपलब्ध नगराउने पसलहरूलाई ७ दिनभित्र उपलब्ध गराउने बेवस्था मिलाउन संयुक्त टोलीले निर्देशन दिएको छ।