वीरगंज । गुगल प्ले स्टोरमा जिमेल गो एप सार्वजनिक भएको छ । गुगलको यो लाइट एप अब सबै एन्ड्रोइड प्रयोगकर्ताले डाउनलोड गर्न सक्नेछन् ।यो जिमेल एपकै लाइट भर्सन हो, जुन खास गरेर लो एन्ड स्पेसिफिकेसन भएका तथा एन्ड्रोइड गो एडिसन सहित आउने स्मार्टफोनका लागि बनाइएको हो । गुगलले नयाँ जिमेल गो एप डाउनलोड तथा प्रयोग गरिने स्मार्टफोनको रेञ्ज समेत बढाएको छ ।
गिजमोचाइनाको एक रिपोर्टअनुसार अब जिमेल गो एप सबै एन्ड्रोइड प्रयोगकर्ताका लागि उपलब्ध छ । लाइट जिमेल गो एपमा जिमेलमा रहेका सबै फिचर रहेका छन् र प्रयोगकर्तालाई उस्तै किसिमको अनुभव दिनेछ ।
यद्यपी यसमा केही ह्याभी भिजुअल एलिमेन्ट्स भने छैनन् । नयाँ लाइट जिमेल एपमा स्क्रिनमा तलतर्फ देखिने मिटको बटन पनि छैन ।यसको अर्थ जिमेल लाइटमा गुगल मिटको इन्टिग्रेसन उपलब्ध छैन । जिमेल गोको समग्र लुक्स हेर्ने हो भने यो ठूलो साइजको जिमेल एपभन्दा बढी क्लिन छ ।
यदि तपाईं मुख्य जिमेल एप प्रयोग गरिरहनु भएको भने नयाँ जिमेल गो एप केही फरक किसिमको लाग्न सक्छ । यद्यपी लाइट एप कम र्याम भएका स्मार्टफोनलाई ध्यानमा राखेर बनाइएको हो । जिमेल गो एपमा एउटा स्मार्ट इनबक्स छ ।
जसबाट तपाईं आउने इमेलमा केन्द्रीत हुन सक्नुहुन्छ । यसमा सोसल र प्रमोसनल इमेललाई अलग क्याटेगाेरी बनाउन सकिन्छ ।जिमेल गोले इनबक्समा आउनु अघि नै स्पामलाई ब्लक गरिदिन्छ । यसमा मल्टिपल अकाउन्टको सपोर्ट समेत रहेको छ र जिमेल गो एपमा १५ जीबी फ्री स्टोरेजको सुविधा समेत उपलब्ध छ ।