जनकपुरधाम। सर्लाहीका प्रमुख जिल्ला अधिकारीसहित ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि ६ दिनको लागि जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल, प्रशासकीय अधिकृतसहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रशासकीय अधिकृत राम प्रमोद यादवले जानकारी दिए।
६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमणलाई न्यूनिकरण गर्न शान्ति र विपद व्यवस्थापनका कार्यहरु बाहेक अन्य सबै सेवाहरु असोज २५ गतेदेखि ३० गतेसम्मको लागि बन्द गरिएको प्रशासकीय अधिकृत यादवले जानकारी दिए।
सर्लाहीमा कोरोना संक्रमितको संख्या २ हजार नजिक छ भने ९ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ।