वीरगञ्ज । ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रद्वारा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गतको आयोजनामा वीरगञ्जमा वृक्षारोपण कार्यक्रम सम्पन्न भएकाे छ ।
वृक्षारोपण कार्यक्रममा वीरगञ्जको अलखिया मठ मन्दिरदेखि आदर्शननगर पानी टंकी चोकसम्म विभिन्न प्रकारका ८० वटा बिरुवाहरु रोपिएका थिए।
सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा भएको कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तामाङ, वीरगञ्ज महानगरपालिका कार्यालयका प्रमुख प्रशासकीय अधिकृत प्रदीप कुमार निरौला, पर्साका प्रहरी नायव उपरिशक मनोजित कुँवर, भारतीय माहावानिज्य दुतावास वीरगञ्जका प्रतिनिधि नितेश कुमार, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख कमल राज पण्डित, प्रदेश प्रहरी विपद् व्यवस्थापनका प्रहरी उपरीक्षक सरोज प्रजापति, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी उपरीक्षक राजेशराज पूरीलगायत सुरक्षाकर्मी, सामाजिक अगुवा, ग्रिन सिटि सामुदायिक सेवा केन्द्रसँग आबद्ध विभिन्न व्य्वाक्तित्वलगायतको उपस्थिति रहेको थियो ।