• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बेहोसीबाट होसमा फर्कंदा फर्कंदै फेरि बेहोस !

  • वीरगंज संजाल
  • २४ आश्विन २०७७, शनिबार १०:०३
  • २७२१

    आजभोलि सरकारका मान्छेका कुरा र काम होसमा कम र बेहोसीमा बढी भइरहेका छन् । उनीहरु अलिअलि होसमा हुँदा नागरिक चाहिँ बेहोसमा हुन्छन्, नागरिक अलिअलि होसमा आउन खोज्दा उनीहरु बेहोस बन्छन् । अहिले फेरि सरकारका मान्छे बेहोसमा कुरा गर्न थालेका छन् । सरकारका कुराले नागरिकलाई घरि होस फिराउन खोज्दैछ र घरि बेहोस गराउँदैछ |

    बेहोसमा कुरा गर्ने क्रममा स्वास्थ्यका प्रवक्ताले भने : बेहोस भएपछि मात्र अस्पताल जानू ! अनि कोरोनाले रन्थनिएर बेहोस भैसकेका नागरिकलाई यो कुराले होसमा ल्याएको छ । अनि सबै भन्दैछन् : त्यसो भए बेहोस चाहिँ कसरी हुने त ?

    स्वास्थ्य प्रवक्ताले होसमा बोलेको बेहोसी कुराले धेरैको दिमाग रन्थनिएको छ । कोरोनाले बेहोस भएर होसमा फर्कन लागेकाहरुलाई फेरि बेहोस हुनुपर्ने बाध्यता थपिएको छ । अस्पताल जानकै लागि बेहोस हुनुपर्ने भएपछि मान्छेका मनमा थरीथरीका प्रश्न र जिज्ञासा उब्जिएका छन् ।

    पहिलो कुरा त अस्पताल जानै पर्यो भने त्योभन्दा पहिले बेहोस कसरी हुने ? बेहोस भैसकेपछि अस्पताल कसरी जाने ? साथमा अरु मान्छे पनि छन् भने त लौ है बेहोस भएपछि अस्पताल लैजानु भनेको छ भनेर जसोतसो अस्पताल लगिदेलान्, तर एक्लै हुँदा बेहोस भए के मा अस्पताल जाने ? कसरी अस्पताल पुग्ने ? आफैं जाने कि अरु कसैले लगिदिन्छन् ? अनि बेहोस भएको मानिसलाई अस्पताल पुर्याउनेबित्तिकै होस आइहाल्यो भने उपचार गर्ने कि फर्काएर घर लैजाने ? उपचार भइहाल्यो भने फेरि होसमा फर्कने ग्यारेन्टी कति छ ?

    बेहोस भएर अस्पतालसम्म पुग्ने र अस्पतालमा पुगेपछि फेरि फर्कने ग्यारेन्टी नभए पनि बेहोस बनाउन सक्ने ग्यारेन्टी चाहिँ जताततै मिल्छ । बेहोस हुनको लागि अरु धेरै गर्नै पर्दैन, एकपटक स्वास्थ्य प्रवक्ताको अनुहार हेरे र उहाँले बोलेको संवाद सुने मात्रै पुग्छ । बेहोस हुन लागेमा या बेहोस भैसकेपछि मात्रै अस्पताल जानू भन्ने कुरा दोहोर्याएर सुन्नेबित्तिकै बेहोस भइन्छ ।

    स्वास्थ्य प्रवक्ताको कुरा मात्रै होइन, स्वास्थ्य मन्त्रालयभित्र जताततै बेहोस बनाउने दबाइ छन् । कोरोनाको नाममा भएका भनिएका भ्रष्टाचार र कमिसनका जालो सम्झे पनि सबैको होस हराउँँछ । यति गर्दा पनि बेहोस भइएन भने अर्को उपाय पनि छ । हातमा झोला बोकेर खाद्यान्न र तरकारी पसल पुग्नुहोस् । दुई चारवटा सामानको भाउ सोध्नुहोस् । पसलेले एउटै सामानको भाउ भनिसक्दा तपाईं बेहोस भएर ढल्नुहुन्छ । बेहोस भएकालाई पसलेले अस्पताल पुर्याउने ग्यारेन्टी त हुँदैन, तर तपाईंलाई बेहोस गराउने ग्यारेन्टी चाहिँ शतप्रतिशत नजिकको पसलबाटै मिल्छ ।

    कोरोनाका कारण स्कुल क्याम्पस नखुलेर घरमै बसेका विद्यार्थीलाई त बेहोस हुन झन् सजिलो छ । पढ्न जान नपरेपछि पढाइ र परीक्षाका सबै कुरा बिर्सिसक्यो । अब दशैँ तिहारपछि परीक्षा हुन्छ । बिर्सिसकेको परीक्षा कसरी दिने ? पढ्दै नपढेको प्रश्नको के जवाफ दिने ? परीक्षा सम्झनेबित्तिकै बेहोस हुन सक्छ । सम्झँदा भएन भने पनि परीक्षाको लागि हलमा पसेर प्रश्नपत्र हेर्नेबित्तिकै चाहिँ शतप्रतिशत बेहोस हुने ग्यारेन्टी छ ।

    बेहोस हुनको लागि त्यति धेरै उपाय सोचिरहन पर्दैन । सरकारको चालामाला र काम गराइ देखेरै पनि बेहोस भइन्छ । कोरोना भगाउने झारबुटी र बेसारपानीको कुरा सुन्दैमा बेहोस भइन्छ । प्रधानमन्त्रीले भाषण गर्न थालेलगत्तै हाँसेर बेहोस भइन्छ । मन्त्री र अरु सरकारी मान्छेका पारा सम्झेरै बेहोस भइन्छ । कोरोनाको कुरा गर्न स्वास्थ्य मन्त्रालयले हरेक दिन गर्ने पत्रकार सम्मेलन हेरेरै बेहोस भइन्छ । सरकारी मान्छेका ढङ्ग न बेढङ्गका कुरा र काम देखेरै बेहोस भइन्छ ।

    देशै लथालिङ्ग र भताभुङ्ग भएपछि नागरिकको होस कहाँ बाँकी रहला र ! तै पनि सरकारका मान्छे अस्पतालमा उपचार गर्न बेहोसीको प्रमाणपत्र खोज्छन्, नागरिक बेहोस हुने उपाय सोच्छन् । कुनै दिन सडकको भित्ता र बिजुलीको पोलमा देख्न पाइएला – ‘यहाँ शुपथ मूल्यमा बेहोस बनाइन्छ ।’

    प्रायः कोही पनि होसमा नभएको देशमा बेहोस हुने उपाय धेरै छन् । तर सरकारले बेहोस हुन नदिन अनेक छलकपट गर्न खोज्दैछ । दशैँको सरसामान किन्न बजार जाँदा धेरै बेहोस हुन्थे । तर सरकारले पहिले जसरी दशैँ नमनाउनू भनिसक्यो । पिङ मच्चाउँदा बेहोस हुने सम्भावना हुन्थ्यो । तर सरकारले सार्वजनिक ठाउँमा पिङ नहाल्न भनिसक्यो ।

    बेहोस हुन नदिने र बेहोस हुन खोज्ने बेहोसी कुरा सुनेर र पढेर तपाईं पनि बेहोस हुन खोज्नुभयो होला । बेहोस भए त ठिकै छ, अस्पतालमा उपचार मिल्ला । नभए पनि केही छैन, केही नहुँदासम्म त पक्कै होस आफै बेहास् नहोला नि !ujyaaloonline

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद
  • उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्
  • मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!
  • हत्या अभियोगमा एक जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    भारतलाई निःशुल्क शालिग्राम दिइएको भन्दै गौतमको आपत्ति

    कांग्रेस–एमालेले उपसभामुखलाई हटाउन खोज्दैछन् : सांसद सिंह

    ३ जना मृतावस्थामा फेला

    वीरगन्जमा संजीवनी एकेडमीको शिविरबाट १ सय जना लाभान्वित

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    हत्या अभियोगमा एक जना पक्राउ

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    दक्षिण लेबनानमा स्थानीयबासी र संयुक्त राष्ट्रका शान्ति सैनिकबीच झडप

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा सशस्त्र प्रहरीले छापामारी गरी ६ लाख ९८ हजार बराबरको कपडा बरामद

    News

    उच्च युरिक एसिड भएकाले यी कुरा नखानुहोस्

    News

    मेवाको पातको रस यी ५ समस्या भएकाहरुले अवश्य पिउनुहोस्!

    News

    हत्या अभियोगमा एक जना पक्राउ

    News

    बिना अक्सिजन धौलागिरीको चुचुरोमा पुगे पाकिस्तानी आरोही

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑