• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / जीवनशैली

    अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट

  • वीरगंज संजाल
  • २४ आश्विन २०७७, शनिबार ००:००
  • २९५७

    वीरगंज। दानामा भएको चर्को मूल्य वृद्धिका कारण नेपालका अण्डा उत्पादक किसान मारमा परेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले किसान अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसकिरहेकाले उनीहरु मारमा परेका हुन् । दानामा भएको चर्को मूल्य वृद्धिले बन्दाबन्दी यता अण्डा उत्पादनमा ४० प्रतिशत गिरावट आएको नेपाल अण्डा उत्पादक सङ्घले जनाएको छ ।

    सङ्घका अनुसार बन्दाबन्दी अघि मुलुकभर दैनिक ५० लाख गोटा अण्डा उत्पादन हुँदै आएकोमा हाल दैनिक ३० लाख गोटा अण्डा उत्पादन हुने गरेको छ । यो कूल उत्पादनको ४० प्रतिशत कमी हो । तीन वर्षदेखि वार्षिक १५ लाख गोटा अण्डा उत्पादन बढ्दै  आएकोमा बन्दाबन्दीपछि यसको उत्पादनमा ओरालो लागेको सङ्घले जनाएको छ ।

    देशको कूल ग्राहस्थ उत्पादनमा पोल्ट्री व्यवसायको योगदान करिब चार प्रतिशत रहेको छ । तीमध्ये अण्डाको मात्र करिब एक प्रतिशत योगदान रहेको छ । “बन्दाबन्दी अगाडि दानामा भएको चर्को मूल्यवृद्धिका कारण करिब ५० प्रतिशत किसान यो व्यवसाय छाडेका छन्”, सङ्घका उपाध्यक्ष किरणभूषण ओलीले भने, “बैँकबाट कर्जा लिएर निर्माण गरिएका अधिकांश पोल्ट्री संरचनामा अहिले ताला लागेका छन् ।”

    दानामा भएको चर्को मूल्यवृद्धिका कारण सबैभन्दा बढी अण्डा उत्पादक साना किसान प्रभावित भएका छन् । पाँच हजारभन्दा कम कुखुरा पाल्ने किसानलाई साना किसान भनिन्छ । नेपालमा एकै व्यक्तिले तीन लाखसम्म कुखुरा पाल्ने गरेका छन् । दानामा भएको चर्को मूल्य वृद्धिले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन नसक्दा अधिकांश साना किसान यो व्यवसायबाट विस्थापित हुँदै गइरहेको छ ।

    “विगत एक वर्षदेखि किसानले अण्डा बिक्रीबाट न्यूनतम उत्पादन खर्चसमेत उठाउन सकेको छैन्”, उनले भने, “दानाको चर्को मूल्य र कोभिड–१९ का कारण साना व्यवसायीहरु विस्थापित भएका छन् ।”

    सरकारले राहत उपलब्ध नगराए पोल्ट्री व्यवसाय नै सङ्कटमा पर्न सक्ने अवस्थामा आइपुगेको व्यवसायीहरुको भनाइ छ । सङ्घका अनुसार सन् २०१६-१७ मा प्रतिदिन ३८ लाख अण्डा उत्पादन हुन्थ्यो । सन् २०१७-१८ मा प्रतिदिन ५० लाख अण्डा उत्पादन हुँदै आएकोमा अहिले त्यसमा भारी गिरावट आएको छ ।

    सङ्घका उपाध्यक्ष ओलीका अनुसार दाना किन्ने किसान अहिले पनि मारमा छन् । आफैं दाना उत्पादन गर्नेले मात्र यो व्यवसाय धानिएका छन् । दाना बनाउन मकै, भटमास आवश्यक पर्छ ।

    मकै र भटमासको मूल्यमा हुने वृद्धिले दानाको मूल्यमा असर पार्छ । विगत २८ वर्षदेखि कुखुरा पाल्दै आउनुभएका पूर्वी चितवनका व्यवसायी दिपक खनालले अण्डाको व्यापारमा विचौलिया हावी हुँदा किसानको जीवनस्तर माथि उठ्न सकेको छैन् । अण्डा उत्पादनमै आफ्नो जीवन लगाएका उनले भने, “विचौलियाका कारण अण्डा व्यापारलाई अहिलेसम्म व्यवस्थित गर्न सकिएन ।”

    त्यस्तै विगत तीन दशकदेखि कुखुरा पाल्दै आएका रामलाल भुषालले पनि अण्डाको बहुउपयोगी गुणबारे अझै पनि सबैलाई बुझाउन नसकिएको बताए । उनले मानव स्वास्थ्यका लागि आवश्यक पर्ने, प्रशस्त मात्रमा प्रोटिन पाइने, कुनै पनि प्रकारको मिसावट गर्न नसकिने तथा प्रोटिन र खनिज तत्वले भरिपूर्ण सबैभन्दा सस्तो मूल्यमा पाइने वस्तु नै अण्डा रहेको छ तर यसबारे आम उपभोक्तालाई बुझाउन नसकिएको बताए ।

    नेपालमा विषेशगरी चितवन, रुपन्देही, पोखरा, काठमाडौँमा पोल्ट्री व्यवसायीहरु छन् ।  पोल्ट्री व्यवसायमा चार लाख ५० हजारले प्रत्यक्ष रोजगारी पाएको बताइएको छ । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑