• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    ‘संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाऔं’

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार २१:४४
  • २९७७

    वीरगंज। अहिले देशैभरि बलात्कारका घटना बढेका छन् । कैयौं ठाउँमा बलात्कारीलाई गाउँमै पञ्चायतीको माध्यमले उन्मुक्ति दिने गरिएको छ । कतै प्रहरीले समातेर मुद्दा चलाए पनि अदालतबाट रिहा हुने गरेका छन् । यसरी बलात्कारका घटना बढेपछि अपराधीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने माग हुन थालेको छ ।

    बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने बहस भइरहेकै बेला प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले पनि त्यो बहसमा समर्थन जनाएका छन् । उनी संविधान संशोधन गरेर बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउनुपर्ने बताउँछन् ।

    राउत भन्छन्, ‘मानवमा पाशविक प्रवृत्ति अत्यधिक बढेको छ । यसबारे बेलैमा नसोचिए हाम्रा छोरीचेलीहरु अझै बलात्कृत हुन सक्ने अवस्था आउन लागेको छ । यसबारे गम्भीर भएर सोच्नुपर्ने आवश्यकता छ ।’

    प्रदेश सरकारले अधिकार नपाएका कारणले पनि अपराधीहरुलाई कडा सजायँ गर्न नसकिएको मुख्यमन्त्री राउतको प्रतिक्रिया छ । संघीय व्यवस्थामा गएपछि पीडितहरुले सीधै आफ्नो आवाज प्रदेश सरकारमा राख्न पाएको उनी बताउँछन् ।

    बलात्कार गर्नेलाई पर्याप्त सजायँ नभइरहेको अनुभूति मुख्यमन्त्री राउतले गरेका छन् । ‘जोसँग पैसा छ, केही समय थुनामा बस्छ र उम्किहाल्छ’ राउत भन्छन्, यो भावना बलात्कारीमा देखिएको छ । बाँकी जीवन जेलभित्रै सड्नुपर्छ भन्ने डर उसमा आएकै छैन ।’

    अहिलेको अवस्थामा अपराधीहरु जसरी उन्मुक्ति पाइरहेका छन्, त्यो दुःखद रहेको बताउँदै मुख्यमन्त्री राउतले भने, ‘जहाँ दण्ड छैन, त्यहाँ कानुनको औचित्य हुँदैन । प्रहरीले अपराधीलाई समातेर ल्याए पनि दण्डित गर्ने किसिमले मुद्दा फायल गर्न सकेनौं भने हाम्रो औचित्य के रहन्छ ?’

    ‘संविधान संशोधन गरेर बलात्कारीलाई गोली ठोक्ने कानुन बनाउनुपर्छ’

    कडा किसिमको सजायँ भएमात्रै बलात्कारका घटना कम हुने बताउँदै मुख्यमन्त्री राउतले अनलाइनखबरसँग भने, ‘म त भन्छु– बलात्कारी वा बलात्कारपछि हत्या गर्नेलाई मार्नैपर्छ । अन्यथा, बलात्कारका घटना भइरहन्छन् ।’

    बलात्कार गर्नेलाई आजीवन कैद गरेर मात्र नहुने र मृत्युदण्ड नै दिनुपर्नेमा जोड दिँदै उनले अगाडि भने, ‘यस्ता अपराधीलाई त साँच्चिकै सार्वजनिक ठाउँमा गोली ठोक्नुपर्छ । संविधान संशोधन गरेर यो व्यवस्था ल्याउनु अति जरुरी छ ।’

    भारत, चीन, पाकिस्तानसहित धेरै लोकतान्त्रिक मुलुकले बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाएको मुख्यमन्त्री राउतले बताए । मृत्युदण्डसम्बन्धी कानुनबारे मुख्यमन्त्री राउतको तर्क छ, ‘सबैभन्दा ठूलो लोकतन्त्र र मानवअधिकारको वकालत गर्ने देश अमेरिकामा त मृत्युदण्ड दिने कानुन छ भने यहाँ किन हुन सक्दैन ?’

    ‘प्रदेशले अधिकार नपाउँदा कडा सजायँ गर्न सकिएन’

    प्रदेश सरकार गठन नहुँदा बलात्कारका घटना झनै बढी हुने गरेको दाबी गर्दै मुख्यमन्त्री राउतले त्यसबेला काठमाडौंको सिंहदरबारसम्म आवाज पुर्‍याउन सर्वसाधारणलाई गाह्रो हुने गरेको सुनाए ।

    ‘अहिले पहिलाको जस्तो अवस्था छैन’ उनी भन्छन्, ‘अहिले त मुख्यमन्त्री तथा मन्त्रिपरिषदकै कार्यालयमा पीडितहरु आफ्नो आवाज सुनाउन आइरहेका छन् ।

    तर, बलात्कारीलाई कडा कार्वाही गर्ने इच्छा हुँदाहुँदै कारवाही गर्न नसकिएको मुख्यमन्त्री राउतको गुनासो छ । उनी भन्छन्, ‘प्रदेश सरकार गठन भए पनि हामीसँग प्रहरी प्रशासन छैन । हामीलाई यहाँको प्रहरी प्रशासनले मन लागे केही जानकारी गराउँछ, मन नलागे केही गराउँदैन ।

    प्रदेशसँग आफ्नो प्रहरी प्रशासन नहुँदा बलात्कारीलाई कारबाही गर्न नसकिएको मुख्यमन्त्री राउतको भनाइ छ । उनी भन्छन्, ‘दोषीलाई कारवाही गराउन हाम्रो भूमिका पनि पक्कै हुन्छ, तर सकिरहेका छैनौं । प्रहरी प्रशासनले काम गर्न सकिरहेको छैन भने त्यस्तालाई कार्वाही पनि गर्नुपर्छ । तर, त्यो अधिकार हामीसँग छैन, अनि दोषी उम्किने सम्भावना रहन्छ ।’

    अहिले संंघीय सरकारले प्रदेशलाई पंगु बनाउन खोजेको आरोप लगाउँदै राउतले संविधानमा व्यवस्था गरिएका कुराकै विरुद्वमा संघले काम गरिरहेकाले अपराधीलाई दण्डित गर्न नसकिएको बताए ।

    प्रहरी प्रशासन जनताको साथी बन्न नसकेको उनको गुनासो छ । मुख्यमन्त्री राउत भन्छन्, ‘भर्खरै हामीले आयोजना गरेको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रहरी जनताको साथी बन्न नसकेको स्पष्टरुपमै भनेको छु । प्रहरी प्रशासनले गरिरहेको गतिविधिमा समयसापेक्ष सुधार गर्नुपर्ने आवश्यकता छ ।’

    ‘ठूलाबडाले नै जोगाउँदैछन् बलात्कारी’

    बलात्कारीप्रति कडा कानुन बनाउनुपर्ने पक्षमा रहेका मुख्यमन्त्री राउत अहिले जघन्य अपराधीहरुलाई जोगाउने र उन्मुक्ति दिने क्रम बढेको भन्दै चिन्ता व्यक्त गर्छन् । मधेसमा हुने गरेका ‘पञ्चायती’ प्रति पनि राउतले कडा प्रतिक्रिया दिए ।

    गाउँघरमै पञ्चायती बस्नु राम्रो भए पनि पञ्चायतीको माध्यमले बलात्कारीलाई उन्मुक्ति दिनु कदापि ठीक नभएको उनको भनाइ छ । ‘पञ्चायती त परापूर्वकालदेखि बस्दै आएको छ’ उनी भन्छन्, ‘तर पछिल्लो समयमा बलात्कारीजस्ता अपराधीलाई बचाउनका लागि जुन पञ्चायती भइरहेको छ, त्यो निकृष्ट कार्य हो ।’

    पहुँचका आधारमा पञ्चायती गरेर अपराधलाई दबाउने, दोषीलाई उम्काउने र पीडितलाई नै दबाएर जाने प्रवृत्ति देखिएको मुख्यमन्त्री राउत बताउँछन् । उनी भन्छन्, ‘बलात्कार घटनामा संलग्नलाई कारबाही गराउनुको सट्टा पञ्चका नाममा वा जनप्रतिनिधिका नाममा, पीडकको पक्षमा लागेर कहीँ न कहीँ अपराधीलाई सजायँ हुन नदिनु दुःखद हो ।’

    बलात्कारीलाई राजनीतिक संरक्षण गर्न नहुने राउतले बताए । ‘बलात्कारीलाई कार्वाही नगरेको सवालमा प्रहरी प्रशासन एउटा पार्ट होला, तर राजनीतिककर्मी पनि दोषबाट उम्कन सक्दैन्न’ मुख्यमन्त्री राउत भन्छन्, ‘राजनीतिक दलका मान्छेहरु आफ्ना मान्छेका नाममा अपराधीलाई संरक्षण गरिरहेका छन् ।’

    अपराधीहरु आफ्नै नातेदार भए पनि संरक्षण गर्न नहुने मुख्यमन्त्री राउतले बताए । ‘अपराधी, अपराधी नै हो, चाहे आफ्नै छोरा, दाइभाइ वा पार्टीका नेता कार्यकर्ता नै किन नहोस्’ उनले भने, ‘यस्ता घटनामा संलग्न भएपछि कारवाही गराउनेतर्फ जानुपर्छ । हामी जब यो सोचबाट माथि उठ्दैनौं, यस्ता अपराधका घटना दोहोरिइहन्छन् ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑