वीरगंज | रास–सामसुङले ग्यालेक्सी जेट फोल्ड२ स्मार्टफोनको प्रि–बुकिङ नेपाली बजारमा खुला गरेको छ । ग्यालेक्सी जेट फोल्ड२ थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन नेपालमा पहिलोपल्ट उपलब्ध गराइएको हो । सामसुङले फोल्ड प्रविधि नेपालमा पहिलोपल्ट भिœयाएको हो ।
अविश्वसनीय इन्जिनियरिङ तथा बोल्ड डिजाइनले सजिएको ग्यालेक्सी जेट फोल्ड२ ले मोबाइल अनुभव पूर्णरूपमा बदल्छ । यो स्मार्टफोन अत्याधुनिक टेक्नोलोजीप्रेमीलाई लक्षित गरी तयार गरिएको हो । अझ ठूलो कभर स्क्रिन, ठूलो स्क्रिन, ग्यालेक्सी जेट फोल्ड २ विशेष डिजाइन र कलात्मक नयाँ फिचरले भरिपूर्ण छ, जसले युनिक मोबाइल अनुभव दिन्छ । यो स्मार्टफोन दैनिक जीवनको आवश्यकतालाई मध्यनजर गरी तयार गरिएको हो ।
सामसुङ मोबाइल नेपालका बिजिनेस हेड प्रणयरत्न स्थापितले भने,‘सामसङ ग्यालेक्सी जेट फोल्ड२ नेपालमा पहिलोपल्ट ल्याउन पाउँदा हामी एकदम उत्साहित छौं । हामीले सामसुङप्रेमीको व्यग्रतालाई बुझेका छौं । फोल्ड टेक्नोलोजीमा सबैभन्दा एड्भान्स मेकानिज्म भएको सामसुङ ग्यालेक्सी जेट फोल्ड२ का लागि उहाँहरूको प्रतीक्षाको घडी अब सकिएको छ ।’
ग्यालेक्सी जेट फोल्ड२ सामसुङको थर्ड जेनरेसन फोल्डेबल स्मार्टफोन, जुन मोबाइल अनुभवको दायरा बढाउन बोल्ड र उत्कृष्ट इन्जिनियरिङले सजिएको छ
इमरसिभ कन्टेन्ट एक्सपिरेन्स :
ग्यालेक्सी जेट फोल्ड२, १५.७४ सेमी (६.२ इन्च), इनफिनिटी–ओ स्क्रिन कभरको हरेकपल्ट डिभाइस अनफोल्ड नगरिकन, मेल चेक गर्न तथा आफूलाई मन परेको कन्टेन्ट मज्जाले हेर्न अधिकतम उपयोग गर्न सकिन्छ । जब अनफोल्ड गरिन्छ १९.३० से मी (७.६ इन्च) न्यूनतम बेजलको फाइदा लिन सकिन्छ ।
सोलिड डिजाइन तथा एक्सपर्ट क्राफ्टम्यानसिपः
ग्यालेक्सी जेट फोल्ड२ विशेष तथा परिष्कृट डिजाइनसँगै रि–इन्जिनियरिङ गरिएको छ जसले स्मुथ र हाई एन्ड अनुभव दिन्छ । सामसुङ अल्ट्रा–थिन ग्लास मेन स्क्रिनमा राखिएको छ । जसले प्रिमियम तथा परिष्कृट डिस्प्ले अनुभन दिन्छ । यसको डिजाइन हाइडवे हिन्जले बाँधिएको हुन्छ जुन डिभाइस बडीसँग मज्जाले फिट हुन्छ । सीएएम मेकानिज्मभित्र रहेर यसले न्यु फ्लेक्स अनुभन दिन्छ । ग्यालेक्सी जेट फोल्ड२ मा विशेष स्विपर टेक्नोलोजी प्रयोग गरिएको छ, जसले मोबाइल र हिज्जे हाउजिङको ग्यापको बीचमा धुलो र अनावश्यक पार्टिकल्सलाई हटाउँछ ।
आफूले चाहेजस्तै गरी प्रयोग गर्न सकिने सुविधाः
कभर र मेन स्क्रिनबीचमा बाउन्ड्री विस्तार गरी विस्तारित क्षेत्रको उपयोगिता प्रदान गर्न यसमा फ्लेक्स मोडलाई फोनसँग पेयर गर्न सकिने सुविधा रहेको छ । यसको सहज एवं फेक्जिविलिटीले गर्दा प्रयोगकर्तालाई सामग्रीको सिर्जना गर्न वा हेर्न थप सहजता प्रदान गर्छ ।
आवश्यकतालाई सहजै पूरा गर्ने लचिलोपनः
यसको फ्लेक्स मोडले गर्दा यस फोनमा रियल टाइममै विषयवस्तु कैद गरी त्यस्ता विषयवस्तुलाई सहजै व्यवस्थापन गर्न सकिन्छ । यसको क्याप्चर भ्यु मोडलले क्यामरा एपलाई छोड्नु नै पर्दैन ।स्पष्टसँग फोटो वा भिडियोको मोस्ट रिसेन्ट पाँचवटा तस्बिर वा भिडियो मेन स्क्रिनको तलपट्टि देखा पर्छ र अर्को फोटोको प्रिभ्यु टप हाफमा देखा पर्छ । ग्यालेक्सी जेड फोल्डमा ह्यान्डसफ्रीको अवस्थामा पनि भिडियो रेकर्ड गर्ने सुविधा उपलब्ध रहेको छ र चलिरहेकै अवस्थामा पनि विषय निर्धारण गर्न सकिन्छ |
सिर्जनशीलताका लागि विशेष सुविधाः
एकै समयमा मेन र कभर स्क्रिनको प्रयोगले ड्युल प्रिभ्युको सुविधा प्राप्त हुन्छ र दुवै पक्षले क्याप्चर भएको कुरा देख्न सकिन्छ यसमा उच्चस्तरीय सेल्फी खिच्न कभर स्क्रिनमा भ्यु फाइन्डरका रूपमा राखिएको छ ।
फ्ल्यागसिप क्यामरा फिचरः
यस फोनमा विशेष तहको फ्ल्यागसिप क्यामरा क्वालिटी एवं कन्ट्रोल सुविधा विद्यमान रहेको छ । यसमा भएका प्रो भिडियो मोड, सिंगल टेक, ब्राइट नाइट र नाइट मोडजस्ता सुविधा छन् ।
बृहत् मल्टिटास्किङ सुविधाः
अझै धेरै सहजता एवं मल्टिटास्किङ सुविधाका लागि एडभान्स मल्टिटास्किङ विन्डोको प्रयोग गर्न सकिन्छ । एउटै एपमा मल्टी फाइल खोलेर एकैपटक हेर्न र कार्य गर्न सकिने सुविधा यसमा रहेको छ । अझै राम्रोसँग सुधारिएको मल्टिटास्किङ टे«मा प्रयोगकर्ताले एकैपटक धेरै एप खोलेर एप पियर तथा एज प्यानलमा एकैपटक इन्ट्रिगेसन गर्न सक्छन् । यसमा भएको ड्र्याग एन्ड ड्रप सुविधाले एउटा एपको टेक्स्ट, इमेज, डकुमेन्टजस्ता विषयवस्तुलाई सहजै अर्को एपमा ट्रान्सफर गर्न सकिन्छ । त्यस्तै एउटा एपमा स्क्रिन क्याप्चर गरेर त्यसरी क्याप्चर गरिएको इमेजलाई अर्को एपमा स्ल्पिट स्क्रिन क्याप्चरको माध्यमबाट सहजै ट्रान्स्फर गर्न सकिन्छ ।
अप्टिमाइड एप डिस्प्ले:
दैनिक जीवनका हरेक क्षणलाई अझै बढी सुविधा एवं सहजता प्रदान गर्न र दृश्यावलोकनको अनुभवलाई अझै जीवन्तता दिन र ग्राहकवर्गको मनपर्ने एपका साथ जिमेल, युट्युबलगायत एप सहज रूपमा राखिएको छ ।
प्रोडक्टिभिटीको अभिवृद्वि
ग्यालेक्सी जेट फोल्ड२ ४५०० एमएएच ब्याट्री दिनभर टिक्छ र सुपर फास्ट चार्ज हुन्छ । यसले वायरलेस सामसुङ डेक्सको सुविधा पनि दिन्छ जसले कामको प्रोडक्टिभिटीको अभिवृद्वि गर्छ । डिभाइसमा रहेको यूडब्लुबी (अल्ट्रा वाइड ब्यान्ड टेक्नोलोजीले नियरबाइ सेयरमार्फत छिटो र सहज फाइल, फोटो वा भिडियो सेयर गर्न सकिन्छ ।