• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    १२५ आइसियू र ५५ भेन्टिलेटर खाली, तर संक्रमितले पाएनन् बेड

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार ०७:१५
  • ५४६९

    उपत्यकाका अस्पतालमा मात्रै दुई सय सात कोभिड आइसियू र ८२ भेन्टिलेटर छन् । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार उपत्यकामा ८२ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचाररत छन् । बिहीबार साँझसम्म उपत्यकामा मात्रै एक सय २५ कोभिड आइसियू र ५५ भेन्टिलेटर खाली छन् । सरकारी अस्पतालमा मात्रै अझै ३९ वटा आइसियू र २७ वटा भेन्टिलेटर खाली नै छन् । तथ्यांकअनुसार निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आइसियू र २८ भेन्टिलेटर छुट्याएका छन् ।

    घटना १ : सत्तारुढ नेकपाकी सचेतक शान्ता चौधरीलाई गत मंगलबार कोरोना संक्रमण पुष्टि भयो । ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या देखिएपछि उनलाई आइसियूको आवश्यकता प¥यो । उपत्यकाका सबै अस्पतालले आइसियू खाली नभएको बताए । उनलाई आइसियू दिलाउन स्वास्थ्यमन्त्री भानुभक्त ढकालसहित मन्त्रालयको पूरै टिम लागिप¥यो । करिब २४ घन्टापछि वीर अस्पतालको एउटा आइसियू उपलब्ध गराएर उनलाई राखियो ।

    घटना २ : काठमाडौंका राजन श्रेष्ठ (नाम परिवर्तन)लाई गत आइतबार कोरोना पुष्टि भयो । सुगरका बिरामी उनलाई भाइरसले निकैै च्याप्यो । आइसियूको आवश्यकता भएकाले उनले एकपछि अर्को अस्पतालमा सम्पर्क गरे । उपत्यकाका सबै अस्पतालले कोरोना पोजेटिभ भनेपछि शय्या प्याक भएको बताए । केही पार नलागेपछि उनले स्वास्थ्य मन्त्रालयमा सम्पर्क गरे । स्वास्थ्य मन्त्रालयदेखि नेतासम्मले प्रयास गरे पनि उनले समयमा आइसियू पाउन सकेनन् । एक दिनपछि मन्त्रालयले उनलाई निजी अस्पतालको आइसियूमा पठायो ।

    यी दुई घटना प्रतिनिधिमूलक मात्रै हुन्, जसले कोभिडका गम्भीर बिरामीले पनि सहजै आइसियू नपाउने अवस्था झल्काउँछ । कोभिड उपचारमा जुटेका चिकित्सकका अनुसार संक्रमितको संख्या बढेसँगै आइसियू र भेन्टिलेटरको माग पनि बढेको छ । तर, मागअनुसार आइसियू र भेन्टिलेटर उपलब्ध छैनन् । बरु उपत्यकाका सबै अस्पतालले सघन उपचार कक्ष आइसियू खाली नभएको बताउन थालेका छन् । यसको प्रत्यक्ष मारमा गरिब र विपन्न समुदाय परेका छन् । र, तथ्यांकले भन्छ– अस्पतालले जानी–बुझी कोभिड बिरामीलाई आइसियूमा राख्न मानिरहेका छैनन् ।

    उपत्यकामा मात्र होइन देशभर आइसियू र भेन्टिलेटरको माग बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर एक हजार ६९ वटा आइसियू बेड र पाँच सय १५ भेन्टिलेटर कोरोना संक्रमितको मात्रै उपचारका लागि छुट्याइएको छ । तर, कुन अस्पतालमा कति आइसियू र भेन्टिलेटर भरिए, कति खाली छन् भन्ने एकीकृत हिसाब मन्त्रालयसँग छैन ।

    बिरामीको चापसँगै आइसियू र भेन्टिलेटरको माग बढेपछि स्वास्थ्य मन्त्रालयले उपत्यकाको हिसाब भने निकालेको छ । उपत्यकाका अस्पतालमा मात्रै दुई सय सात कोभिड आइसियू र ८२ भेन्टिलेटर छन् । मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारीका अनुसार उपत्यकामा ८२ जना आइसियूमा र २७ जना भेन्टिलेटरमा उपचाररत छन् । सरकारी तथ्यांकअनुसार बिहीबार साँझसम्म उपत्यकामा मात्रै एक सय २५ कोभिड आइसियू र ५५ भेन्टिलेटर खाली छन् । सरकारी अस्पतालमा मात्रै अझै ३९ वटा आइसियू र २७ वटा भेन्टिलेटर खाली नै छन् । तथ्यांकअनुसार निजी अस्पतालले उपत्यकामा कोभिडका लागि ७२ आइसियू र २८ भेन्टिलेटर छुट्याएका छन् ।

    स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता अधिकारी भन्छन्, ‘कोभिडका लागि छुट्याइएको आइसियू र भेन्टिलेटर नभरिँदै बिरामीलाई अभाव देखाउनु दुःखद पक्ष हो । यस विषयमा मन्त्रालयले छानबिन सुरु गर्नेछ ।’ उनले देशभर कति आइसियू र भेन्टिलेटर खाली राखेर भरियो भनेका छन् त्यसबारेमा अध्ययन गर्ने काम सुरु भएको बताए ।

    कोभिड चिकित्सक डा. अनुप बाँस्तोला यसवेला प्रयोगमा नआएका आइसियू, भेन्टिलेटर अभाव भएका अस्पतालमा दिनु उचित हुने बताउँछन् । उनले भने, ‘सरकारले कुन–कुन ठाउँमा आइसियू, भेन्टिलेटर पठाएको छ, त्यसको अवस्था बुझेर नचलेको भए कोभिडको उपचार गरिरहेका अस्पतालमा दिनु राम्रो हुन्छ ।’

    मन्त्रालयले कोभिडका बिरामी हेर्न नचाहेका कारण अस्पतालले बेड भरिएको जवाफ दिएको हुन सक्ने अनुमान गरेको छ । त्यस्तै, निजी अस्पतालहरूमा भने पैसा हुनेले संक्रमित नहुँदै दैनिक आइसियूको खर्च तिरेर होल्ड गराएको हुन सक्ने आशंकासमेत मन्त्रालयको छ । nayapatrikadaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑