• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    परीक्षाहलमा मास्क अनिवार्य : लोकसेवामा नक्कली परीक्षार्थीको जोखिम

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार ०६:३०
  • ३९२९

    वीरगंज | संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्ने लोकसेवा आयोगको तयारी छ । मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

    कोरोना महामारीबीच लोकसेवा आयोगले स्थगित र नयाँ परीक्षाको कार्यतालिका धमाधम सार्वजनिक गरेको छ । स्वास्थ्यसम्बन्धी मापदण्ड लागू गरेर कात्तिकदेखि परीक्षा सञ्चालन गर्ने लोकसेवाको तयारी छ । तर, यसले नक्कली परीक्षार्थी बढ्ने जोखिम बढाएको छ ।

    संक्रमणको विशेष अवस्थामा परीक्षा (सञ्चालन तथा व्यवस्थापन)सम्बन्धी मापदण्ड–२०७७ लागू गरेर परीक्षा सञ्चालन गर्न लागिएको छ । यो मापदण्डअनुसार परीक्षाहलमा परीक्षार्थीका लागि मास्क अनिवार्य गरिएको छ, जसबाट नक्कली परीक्षार्थी परीक्षामा सहभागी हुने जोखिम देखिएको छ ।

    मास्कका कारण परीक्षार्थीको अनुहार पहिचान गर्न गाह्रो हुँदा एउटाको परीक्षामा अर्काे व्यक्ति सहभागी हुन सक्ने जोखिम छ । आयोगको बैठकमा समेत जोखिम बढ्न सक्नेबारे छलफल भएको थियो । तर, मापदण्डमा यससम्बन्धी केही उल्लेख छैन । तर, आयोग सचेत रहेको प्रवक्ता गीताकुमारी होमेगाईले बताइन् ।

    आयोग प्रवक्ता गीताकुमारी होमेगाईं भन्छिन्–
    मास्कका कारण एउटाको परीक्षा दिन अर्काे आउने जोखिम हुन सक्छ । आयोगको बैठकमा पनि यस विषयमा छलफल भएको थियो । तर, हामीले सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गर्छाैँ । यसमा हामी सचेत छौँ ।

    ‘मास्कका कारण एउटाको परीक्षा दिन अर्काे आउने जोखिम हुन सक्छ,’ प्रवक्ता होमेगाईले भनिन्, ‘हामीले सुरुमा एकपटक मास्क खोल्न लगाएर क्रसचेक गर्छाैँ ।’ दूरी कायम गरेर एकपटक मास्क खोल्न लगाउने र प्रवेशपत्रमा भएको तस्बिर तथा परीक्षार्थीको अनुहार हेर्ने प्रणाली लागू हुने सम्भावना छ ।

    सामान्य अवस्थामा पनि आयोगको परीक्षामा पटक–पटक नक्कली परीक्षार्थी पक्राउ परेका छन् । बायोमेट्रिक प्रविधिसहितको कार्ड वा प्रवेशपत्रको व्यवस्था हुन नसक्दा नक्कली परीक्षार्थीको समस्या आयोगले भोग्दै आएको छ ।

    आयोगले बनाएको मापदण्डमा एउटा परीक्षा केन्द्रमा बढीमा सय परीक्षार्थी तथा एउटा कोठामा बढीमा २५ जनालाई सहभागी गराइनेछ । दुई मिटर कायम हुने गरी सिट प्लानिङ गरिने मापदण्डमा उल्लेख छ । परीक्षार्थीले अनिवार्य रूपमा स्यानिटाइजर र मास्क प्रयोग गर्नुपर्नेछ । परीक्षार्थीले पिउने पानी आफैँले लैजानुपर्ने हुन्छ । यसका बाबजुद हाजिरी गर्ने तथा कपी बुझ्नेलगायत काममा चुनौती हुने भएकाले त्यसमा विशेष सतर्कता अपनाउने उल्लेख गरिएको छ ।

    आयोगको परीक्षा खर्च पनि बढ्ने भएको छ । विगतमा भन्दा झन्डै दोब्बर परीक्षा हल प्रयोग गर्नुपर्ने भएको छ । परीक्षा केन्द्रको भाडा विगतमा दुई परीक्षार्थीबराबर हाल एकजनाको उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै, जनशक्ति पनि धेरै लाग्ने भएकाले स्वाभाविक रूपमा खर्च बढ्ने आयोगकी प्रवक्ता होमेगाई बताउँछिन् ।

    आयोगले गत आर्थिक वर्षमा रोकिएका सबै परीक्षा सञ्चालन प्रक्रियामा लगिसकेको छ । प्रवक्ता होमेगाईका अनुसार धेरै परीक्षाको कार्यतालिका सार्वजनिक भइसकेको छ । चालू आर्थिक वर्षको परीक्षा कार्यक्रम पनि संशोधन भइसकेको छ ।nayapatrikadaily

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी
  • १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न
  • त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स
  • चरेससहित एकजना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    आदर्श कोत्वाल गाउँपालिकाको १४ औं गाउँसभा सम्पन्न,४५ करोड ५३ हजार ५९रुपैयाको बजेट प्रस्तुत

    देवताल गाउँपालिकाको १४औं गाउँसभा सम्पन्न, ३८ करोड ८५ लाख ७९ हजारको बजेट सार्वजनिक

    पटेर्वासुगौली गाउँपालिकाको १५ औँ गाउँसभा सम्पन्न, ४१ करोड रुपैयाँको बजेट सार्वजनिक

    बहुदरमाईद्वारा ४९ करोडको नीति तथा कार्यक्रम सार्वजनिक

    बाराका १३ स्थानीय तहको समयमै बजेट सार्वजनिक, ३ पालिकामा अझै ढिलाइ

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    चरेससहित एकजना पक्राउ

    लागू औषधसहित युवक पक्राउ

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    इक्वेडरका ‘मोस्ट वान्टेड’ फिटो पक्राउ, अमेरिका प्रत्यर्पण गर्ने तयारी

    News

    १६ दिने VFD तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न

    News

    त्रीजुद्ध स्कुलका दृष्टिविहिन छात्रावासलाई एनआई कलेजबाट ल्यापटप स

    News

    चरेससहित एकजना पक्राउ

    News

    लागू औषधसहित युवक पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑