वीरगंज। सरकारले देशभरका मन्दिरमा पुजारी मात्र बोलाएर नित्य पूजा गर्न आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमण बढ्दै गएकाले मन्दिरमा भिडभाड हुनसक्ने हुँदा पुजारी मात्र बोलाएर नित्य पूजा गर्न आग्रह गरेका हुन् ।
उनले भने,“दसैंमा पिङ् खेल्ने गर्दा भिडभाड बढ्ने भएकोले पिङ नहाली घरमै बसेर मनाउनु होला ।”काठमाडौं उपत्यकामा फैलिएको कोरोना संक्रमण चार्डपव मनाउन जाँदा गाउँ-गाउँसम्म पुग्ने हुदाँ जहाँ बसेको छ त्यही बसेर दसैं मनाउन पनि उनले आग्रह गरेका छन् ।
उनले भने,“सहरबाट गाउँ-गाउँ जाँदा कोरोना संक्रमण ज्येष्ठ नागरिक र दीर्घरोगीहरुलाई पनि हुने भएकोले र क्रमणको प्रभाव निकै नराम्रो हुने देखिएको छ ।”