• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    लकडाउनमा सडक कालोपत्रे

  • वीरगंज संजाल
  • २३ आश्विन २०७७, शुक्रबार ०२:४९
  • २६६१

    सिरहा । कोरोना सङ्क्रमण र लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६÷०७७ मा सप्तरी र सिरहाका २६ किलोमिटर सडक कालोपत्रे भएको छ । लकडाउनकै बीच आर्थिक वर्ष २०७६-०७७ मा सिरहाको १२ र सप्तरीका १४ किमी सडक कालोपत्रे भएको सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।

    सिरहाको लहान–भगवानपुर ठाडी सडकमा साढे पाँच किमी, बन्दीपुर–उत्तराइनी सडकमा एक हजार ६०० मिटर, कर्जन्हा–बस्तीपुर सडकमा एक हजार २०० मिटर, हुलाकी सडकअन्तर्गत गणेशपुर चौकदेखि गोलबजारसम्मको ९५० मिटर, कसहा–औरही सडकमा ९०० मिटर र कसहा–मुक्सार सडकमा ५०० मिटर कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रविन्द्रलाल दासले जानकारी दिए ।

    यस्तै सप्तरीको शम्भुनाथ ट्राफिक चौक–बनैनियाँ सडकमा आठ किमी, रुपनी–कटैया सडकमा तीन किमी, रुपनगर चौकदेखि कञ्चनपुर सडकमा एक हजार ३०० मिटर र बरमझिया पूर्व सडकमा ८०० मिटर सडक कालोपत्रे गरिएको प्रमुख दासले बताए । सिरहा, सप्तरी र उदयपुरमा करिब ३५ किमी सडक स्तरोन्नति तथा निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।

    त्यस्तै आर्थिक वर्ष २०७६-०७७ मा सिरहा र सप्तरीमा दुई वटा पुल निर्माण भएको छ । सिरहाको मुतनी खोलामा र सप्तरीको जुरी नदीमा पुल निर्माण भएको छ । ती दुवै जिल्लामा हाल २० वटा पुल निर्माणाधीन अवस्थामा छ । सिरहामा नौ र सप्तरीमा ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र अधिकांश पुलको कार्य तीव्ररुपमा भइरहेको प्रमुख दासको भनाइ छ ।

    यसैबीच सम्झौतानुसार समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनिमाथि सडक डिभिजन कार्यालय लहान सिरहाले कारवाही अघि बढाएको छ । सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनिमाथि कारवाही अघि बढाइएको छ ।

    बजगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौं, बजगुरु विकास जेभी लहान, स्काइ लाइन कन्स्ट्रक्सन जनकपुर, निलगिरी निर्माण सेवा काठमाडौं, याकधुम्ह्याङ्गर बीपी कन्स्ट्रक्सन जेभी लहान, प्रकाशरआश्रय जेभी काठमाडौं, रोशन कन्स्ट्रक्सन प्रा.लि. जनकपुर र जोशी कन्स्ट्रसन गाठाघर काठमाडौंमाथि कारवाही अघि बढाएको प्रमुख दासले जानकारी दिए । पहिलो चरणमा ती कम्पनीलाई स्पष्टीकरण सोधिएको र सन्तोषजनक जवाफ नआए कानुनी रुपमा कार्वाही अघि बढाइने प्रमुख दासले बताए ।

    स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप काममा लगाउने प्रतिबद्धता 

    सरकारले तोकेको मापदण्ड पुरा गरेर मात्र भारतीय कामदारलाई काममा लगाउने सिरहाका इँट्टा उद्योगी व्यवसायीले प्रतिबद्धता जनाएका छन् ।

    सरकारले उद्योग सञ्चालन गर्न अनुमति दिएसँगै सिरहाका इँट्टा उद्योगी व्यवसायीले स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा नगरी धमाधम भारतीय मजदुरलाई काममा लगाउन थालेका छन् ।
    जसका कारण जिल्लामा कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै गोलबजार नगरपालिकाको पहलमा भएको छलफलमा इँट्टा उद्योगी व्यवसायीले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर मात्र भारतीय मजदुरहरुलाई काममा लगाउने प्रतिबद्धता जनाएका छन् ।

    भारतबाट आउने सम्पूर्ण मजदुरहरुलाई क्वारेन्टिनमा राखेर पिसिआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेलाई मात्र काममा लगाउने र सरकारले निर्धारण गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पूरा गरेर मात्र काममा लगाउने इँट्टा उद्योगी व्यवसायीहरुले प्रतिबद्धता जनाएको गोलबजार नगरपालिकाका प्रवक्ता उमेश बरालले जानकारी दिए । साथै इँट्टा उद्योगमा कुनै बालबालिकालाई श्रममा नलगाउनसमेत प्रतिबद्धता जनाएको प्रवक्ता बरालले बताए ।

    गोलबजार नगरपालिकाका नगर प्रमुख देवनाथ साहको अध्यक्षतामा भएको छलफलमा इँट्टा व्यवसायी सङ्घका केन्द्रीय सचिव चन्द्रदेव यादव, सङ्घका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य विक्रम साह, उद्योग व्यापार सङ्घ गोलबजारका अध्यक्ष भारत अग्रवाल र गोलबजार नगर कार्यपालिकाका सदस्यको उपस्थिति थियो । – रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता
  • ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा
  • महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज
  • देशभर बर्षा र बाढीको चेतावनी
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    आज आइतबारको राशिफल

    पर्सा बार एशाेसिएशनकाे अध्यक्षमा रामनारायण कुर्मी दाेब्बर मतले विजयी

    बलात्कार मुद्दामा आजीवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा बजेट विनियोजन

    मेलम्चीमा बस दुर्घटना, चालकसहित आठ जना घाइते

    राजनीतिमा विद्या भण्डारीको ‘कमब्याक’, भनिन्- सदस्यता नवीकरण गरेँ

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    देशभर बर्षा र बाढीको चेतावनी

    आज राष्ट्रीय धान दिवस

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नेशनल मेडिकल कलेज र पर्साका सहकारी (साकोस) बिच स्वास्थ्य उपचार सेवा सुविधा उपलब्ध गराउने सम्झौता

    News

    ब्राउन सुगर जस्तो देखिने खैरो पदार्थसहित एक व्यक्ति नियन्त्रणमा

    News

    महाकालीमा पानीको बहाव बढ्यो, चारपाङ्ग्रे सवारीसाधन चलाउन बन्देज

    News

    देशभर बर्षा र बाढीको चेतावनी

    News

    आज राष्ट्रीय धान दिवस

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑