मुम्बई प्रहरी कमिसनर परमवीर सिंहले बिहीबार पत्रकार सम्मेलन गरेर यसकाे जानकारी दिएका छन्। प्रहरीलाई अहिलेसम्म तीनवटा च्यानलले अनधिकृत टिआरपी बढाएको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएको छ।
टिआरपीका आधारमा टेलिभिजनमा विज्ञापन प्राप्त हुने र दरमा समेत प्रभाव पार्ने भएकाले टिआरपीप्रति टेलिभिजन संचालको मोह बढी छ।पैसा दिएर टिआरपी बढाएकै आरोपमा मराठी भाषामा संचालन हुने २ टिभी च्यानलका संचालक पक्राउ परेको समेत प्रहरीको दाबी छ।