विरगंंज । कृष्णा कुशवाहा। आज बिहान शस्त्र प्रहरी बेस केम्प बन्जारीले भंसार छली गरी ल्याइएको नयाँ ट्रेक्टरको टेलर( डब्बा) समातेको छ। उक्त टेलर ट्रयाक्टर सहित समातेको हो।
पर्साको छिपहरमाई गाउपालीकाको वडा नम्बर २ टिहुकी बाट नियन्त्रणमा लिएको सो टेलर प्रहरी चौकी टिहुकीको प्रहरि ईन्चार्ज पवन झाले मोटो रकम नजराना लिएर तस्कर सितको मिलोमतोमा बिहानै सुनसान भएको बेला करिब ६ बजेको समयमा भारतबाट नेपाल भित्रीयाइएको स्थानिय प्रत्यक्ष दर्शीहरुले बताएका हुन ।
स्थानिएका अनुसार बिहानै भारतीय ट्रेक्टरमा जोडेर भारतको प्रसुतीपुर नाका हुँदै छिपहरमाई गाउपालीकाको वडा नम्बर २ मा पर्ने प्रहरीचौकी टिहुकी को एरिया को बाटो भएर नेपाल भित्रीएको थियो । सो नाका बाट नेपाल भित्रीरहेको बेला स्थानियहरुले ईलाका प्रहरी कार्यालय पोखरियामा गोप्य सुचना दिएका थिए ।
तर त्यो सुचनाको कुनै औचित्य नरहि टेलर नेपाल भित्रीयो । प्रहरि चौकी टिहुकी ले सो टेलर लाई समात्नु पर्नेमा उलटै फोन गरेर तस्करलाई टेलर लुकाई दिनु भन्ने बिषयमा कुरा गरिरहेको अवस्थामा सोही गाउका १ जना ब्यक्तीले सुनेका थिए । सो कुरो भएता पनी टेलरलाई लुकाउन कार्यमा तस्करले अस्फल भएका थिए ।
केही समयमा सोसुचना को आधारमा शस्त्र प्रहरी बेस केम्प बन्जारीको प्रहरीले सो ठाउमा पुगी टेलरलाई नियन्त्रणमा लिई सस्त्र बेस बन्जारीमा बुझाएका थिए । सो बिषयमा ईलका प्रहरि कार्यालय पोखरिया को प्रहरि निरिक्षक दिपक थापा सित बुझदा आफुलाई सुचना आएको बताए । सो बिषयमा थप अनुसँधान को लागी सो चौकिमा पोखरिया बाट १ जना सई लाई पठाएको बताए । सोहि बिषमा शस्त्र प्रहरी बेस केम्प बन्जारि सित बुझदा नियन्त्रण मा रहेको टेलर लाई भन्सार कार्यालय बिरगन्जमा पठाउने प्रकिया भईरहेको प्रहरि निरिक्षक सँजिप बानियाले बताए ।