वीरगंज। ट्रान्सपोर्ट व्यवसायीहरुले दिरहेको दु:खबाट वीरगञ्जवासीलाई छुट्कारा पाउने भएका छन् ।अव्यवस्थित ढंगबाट दिउँसै सडकलाई पूर्ण रुपले जाम गरेर ट्रान्सपोर्ट व्यवसायीहरुले गर्ने लोड अनलोडको कार्य अब नगर्न मिल्ने भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र ग्रिन सिटि सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त पहलमा चलिरहेको व्यवस्थति वीरगञ्ज अभियान अन्तर्गत बुधबार टोलिले ट्रान्सपोर्ट व्यवसायीहरुलाई दिउँसो अव्यवस्थित तरिकाले ट्रक र ठुला सवारीसाधन रोकेर सामग्री लोड अनलोड नगर्न आग्रह गरेको थियो ।
ट्रान्सपोर्ट व्यवसायीहरुले दिउँसै सडकमा ठुला सवारीसाधन पार्क गरेर माल लोड अनलोड गर्ने गरेको कारण घण्टौ जाम लाग्ने गरेको थियो भने कति पटक दुर्घटना समेत भएको छ । स्थानीयहरुले पटक-पटक आग्रह गर्दापनि ट्रान्सपोर्ट व्यवसायीहरुले कुनै वास्त गर्ने गरेका थिएनन ।
आग्रह पश्चात ट्रान्सपोर्ट व्यवसायीले बिहान ५ बजेदेखि राति ९ बजेसम्म लोड अनलोड कार्य नगर्ने सहमत भएका छन् । व्यवसायीहरुले आग्रहलाई मान्दै अबदेखि लागु गरिएको नियमलाई उलंघन नगर्ने प्रतिबद्धता जनाएको ग्रिन सिटि सामुदायि प्रहरी सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतनाले बताए ।
नयाँ लागु नियमलाई कार्यान्वयन नगरे कारवाहीको व्यवस्था समेत गरिएको खेतनाले भने । ‘सडकलाई जाम गरेर घण्टौसम्म यातायातलाई ठप्प गर्नेगरी ट्रान्सपोर्ट व्यवसायीको कार्यलाई हामीले पूर्ण रुपमा रोक्न लगाएका छौं,’ खेतनाले भने, ‘अब अव्यवस्थित तरिकाले तोकिएको समय बाहेक यस्तो गरेको पाइएम उहाँहरुलाई कानुन कारवाहीको भागीदार हुनुपर्छ ।’
उनेल अभियान अन्तर्गत सडकमा अव्यवस्थित तरिकाले पार्किङ्ग गरेर राखिएको सवारीसाधन, सडक पेटीलाई अतिक्रमण गरेर सञ्चालित पसलहरुलाई समेत कारवाही गरिएको जानकारी दिए ।
अभियानमा जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कमलराज पण्डित, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक राजेश राज पुरी, विपद् व्यवस्थापनका प्रहरी निरीक्षक सरोज प्रजापति, आदर्शनगर प्रहरी चौकीका प्रहारी नायब निरीक्षक राजुबाबू यादव, वीरगञ्ज महानगरपालिकाका नगर प्रहरी जगत राउत, रोशन कुमार गुप्ता, विष्णु तिमिलसिना, स्वतन्त्र समाज नेपालका कन्हैया झा, रबी वर्णवाल, दिपेन्द्र साह, धिरज साह, पुरुशोतम कुशवाहालगायत स्थानीय बुद्धिजिवीहरुको सहभागीता रहेको थियो ।