• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    पुन: लकडाउन गर्न सिफारिस गरिसक्यौँ, निर्णय गर्ने काम मन्त्रिपरिषद्‍‍को हो : स्वास्थ्य मन्त्रालय

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार ०८:४५
  • ४३७७

    वीरगंज | बुधबार नेपालमा संक्रिय कोरोना संक्रमितको संख्या २५ हजार ७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा २५ हजार सक्रिय कोरोना संक्रमित भएको खण्डमा सरकारी स्वास्थ्य संस्था तथा जनशक्तिले धान्न नसक्ने भन्दै पुनः लकडाउन गर्न मन्त्रिपरिषद्‍लाई सिफारिस गरिएको जानकारी दिइसकेको छ।असोज ७ गतेको नियमित कोरोना ब्रिफिङका क्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले २५ हजार सक्रिय संक्रमित पुगे पुनः लकडाउन गर्न सिफारिस गर्ने निर्णय गरेको जानकारी गराएका थिए|

    बुधबार थपिएकासहित नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको छ। बुधबार एकैदिन ३ हजार ४३९ संक्रमित भेटिएपछि २५ हजारभन्दा बढी सक्रिय संक्रमित पुगेका हुन्। एकैदिनमा यति धेरै संक्रमित देखिएको बुधबार पहिलोपटक हो।स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी हुन थालेपछि सामान्य सेवा पनि प्रभावित हुने भएकाले संक्रमण रोक्न पुनः लकडाउन गर्नुपर्ने सुझाव दिइएको बताए।

    उनले स्वास्थ्य मन्त्रालयले अवस्था विश्लेषण गरी सरकारलाई सुझाव दिइसकेको तर लकडाउन वा निषेधाज्ञा हुने/नहुनेबारे मन्त्रालयले निर्णय गर्न नसक्ने बताए। उनले यसबारे मन्त्रिपरिषद्‍ले नै निर्णय गर्न सक्ने बताए।‘पछिल्लो समय एकदमै अलोकप्रिय शब्द हो, लकडाउन। त्यसको सकारात्मक प्रभाव जनस्वास्थ्यका क्षेत्रमा काम गर्नेहरूलाई मात्र थाहा छ। अहिले हामी संक्रमणबाट जोगिने मापदण्ड अपनाउन भन्दा भेन्टिलेटर र आइसियूको संख्या गन्न थाल्यौँ। जुन दुखद् हो,’ उनले भने।

    सहप्रवक्ता अधिकारीले हालकै जस्तो संक्रमणदर तीव्र रूपमा बढ्दै गए स्थिति जटिल हुने र नेपालमा भएका स्वास्थ्यकर्मी, स्वास्थ्य संस्थाले थेग्न नसक्ने बताए। पछिल्लो समय अस्पतालमा संक्रमितले जनरल, आइसियू र भेन्टिलेटर बेड नपाउने समस्या देखिन थालेको बताए। मन्त्रालयले बुधबार दिउँसो कोरोना मिडिया बिफ्रिङमा पनि सामान्य रुघाखोकी, ज्वरो आएपनि अस्पताल नजान जनतालाई आग्रह गरिसकेको छ।

    ‘सामान्य स्वास्थ्य समस्या भएर घरबाहिर निस्कँदा संक्रमित नभएको व्यक्तिले संक्रमण घर लिएर आउने र अरुलाई पनि संक्रमण सर्ने स्थिति आएको छ। त्यसैले सरकारले भनेअनुसार अत्यावश्यकबाहेक घरबाहिर नजान, मास्क लगाउन, दुरी कायम राख्न र हातको सरसफाइमा पटकपटक जोड दिइएको हो,’ सहप्रवक्ता अधिकारीले भने।काठमाडौं उपत्यकामा सुरुवाती दिनमा शून्यजस्तै देखिएको संक्रमण अहिले देशभरको कुल संक्रमणको ५० प्रतिशतभन्दा बढी छ। हालसम्म उपत्यकामा संक्रमितको संख्या ३३ हजार ७७१ पुगेको छ। काठमाडौं जिल्लामा मात्र संक्रमितको संख्या २७ हजार २९३ पुगेको छ।

    काठमाडौंमा संक्रमण समुदायस्तरमा गएको मन्त्रालयको भनाई छ। मन्त्रालयका प्रमुख विशेषज्ञ डा रोशन पोखरेल काठमाडौंका २० प्रतिशतभन्दा बढीको ट्राभल हिस्ट्री र कन्ट्याक्ट पत्ता नलागेको जानकारी दिए। उनले मंसिरसम्म कुल संक्रमितको संख्या १ लाख ८० हजार पुग्न सक्ने अनुमान भएको र सक्रिय संक्रमितको संख्यालाई बढीमा ७ हजारसम्ममा रोक्नुपर्ने बताए।

    ‘उक्त समयमा सक्रिय संक्रमितलाई ७ हजारभित्रै रोक्न सकियो भने मृत्युदर कम हुन्छ भन्ने हो। त्यसका लागि मन्त्रालय एक्लैले गरेर सक्दैन। सबैले जनस्वास्थ्य मापदण्ड पालना गर्ने, अन्य निकायले मातहतको सहयोग गर्नुपर्छ,’ डा पोखरेलले भने।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना
  • क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?
  • ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    २० वर्ष पुगेपछि विवाह गरेर सन्तान जन्माउन प्रेरित गर्नुपर्छ : प्रधानमन्त्री

    जनसंख्या संकट रोक्न नीति सुधार र प्रोत्साहनको तयारी

    विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने सीमा ३ हजार डलर

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    News

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    News

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    News

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑