• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    यसरी सुरु भयो नोबेल पुरस्कार

  • वीरगंज संजाल
  • २२ आश्विन २०७७, बिहीबार ०८:०२
  • ४३९७

    वीरगंज | सन् १८८८ मा एक पत्रिकाले ‘एक व्यापारीको मृत्यु’ शीर्षकमा अलफ्रेड नोबेलको मृत्युको खबर छाप्यो। मर्दै नमरी पत्रिकामा आफू मरेको खबर पढेर उनी छक्क परे। तर, वास्तवमा नोबेलको मृत्यु नभएर उनकोे भाइको मृत्यृ भएको थियो।उनलाई ‘म मरेपछि सबैले मलाई यसै नामबाट चिन्लान्’ भन्ने चिन्ता लाग्यो। त्यसपछि साँच्चै आफ्नो नाम अमर राख्नका लागि जीवनभरि कमाएको सम्पत्तिको ठूलो भाग एउटा ट्रस्टको नाममा छुट्ट्याए। त्यसैले आज संसारभर उनी ‘एक व्यापारीको मृत्यु’ भन्ने खबरको नामबाट नभई विश्वको सबैभन्दा ठूलो पुरस्कार ‘नोबेल पुरस्कार’ को नामबाट चिनिन्छन्।

    अल्फ्रेड नोबेलले मर्नुभन्दा पहिले आफ्नो सम्पत्ति ट्रस्टमा राख्नुको कारण थियो सोही रकमको ब्याजले प्रत्येक वर्ष मानव जाति र समाजको हितको लागि जसले काम गर्छ त्यसैलाई दिनु। त्यो रकम स्विडिस बैंकमा जम्मा गरिएको छ। त्यही रकमको ब्याजले प्रत्येक वर्ष नाबेल पुरस्कार दिइन्छ।

    नोबेल पुरस्कारबारे विभिन्न रोचक तथ्यहरू यस प्रकार छन्।

    १. नोबेल पुरस्कार शान्ति, साहित्य, भौतिक, रसायन, चिकित्सा विज्ञान र अर्थशास्त्रको क्षेत्रमा सबैभन्दा ठूलो पुरस्कार हो। अर्थशास्त्रको क्षेत्रमा यो पुरस्कारको सुरुआत सन् १९६८ मा भएको थियो।

    २. सन् १९०१ देखि सन् २०१५ सम्म पाँच सय ७३ ओटा नोबेल पुरस्कार बाँडिएको छ।

    ३. भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य, चिकित्सा तथा विज्ञान र अर्थशास्त्र विधामा पाएको नोबेल पुरस्कार स्विडेनको राजधानी ‘स्टकहोम’ मा वितरण गरिन्छ भने नाबेल शान्ति पुरस्कार नर्वेको राजधानी ‘ओस्लो’ मा वितरण गरिन्छ।

    ४. नोबेल पुरस्कार संयुक्त रूपमा दिँदा तीन जनालाई दिन सकिन्छ। तर, त्यो भन्दा बढीलाई दिइँदैन।

    ५. सबैभन्दा कम उमेरमा नोबेल पुरस्कार पाउने मलाला युसुफजई हुन्। उनलाई १७ वर्षको उमेरमा शान्तिका लागि नोबेल पुरस्कार दिइएको थियो।

    ६. आजसम्म केवल दुई जनाले मात्र ‘नोबेल र ओस्कार’ दुवै पुरस्कार हात पारेका छन्। तीमध्ये पहिलो जर्ज बर्नाड शा हुन् भने दोस्रो बब डाइलान हुन्। शालाई सन् १९२५ मा साहित्यमा नोबेल पुरस्कार दिइयो र ८२ वर्षको उमेरमा सन् १९३८ मा उनले ओस्कार जितेका हुन्। त्यसैगरी डाइलानलाई सन् २००० मा ओस्कार र सन् २०१६ मा साहित्यमा नोबेल पुरस्कार प्रदान गरियो।

    ७. आजसम्म चार जनाले दुई पटक नोबेल पुरस्कार पाइसकेका छन्। तर, म्यारी क्युरी मात्र एक महिला हुन् जसले दुई पटक नोबेल पुरस्कार जितिन्। पहिलो सन् १९०३ मा फिजिक्स (रेडियोएक्टिभिटी) मा र अर्को सन् १९११ मा केमेस्ट्री (पोलिडिनम वा रेडियमको खोज) मा उनले पुरस्कार पाएकी हुन्।

    क्युरीको परिवारले आजसम्म पाँच वटा नोबेल पुरस्कार पाइसकेको छ। त्यसैले उनको परिवारलाई ‘नोबेल मेसिन’ को नामले चिनिन्छ।

    ८. नोबेल पुरस्कार पाउनका लागि मानिसले जीवनभरि मेहनत गरिरहेका हुन्छन्। तर, यसको इतिहास हेर्ने हो भने दुई जना व्यक्तिले आफूले पाएको नोबेल पुरस्कार पनि लिन मानेनन्। सन् १९६४ मा जिन पल सार्टेले साहित्यतर्फको पुरस्कार र सन् १९७३ मा ली डुक थोले शान्तितर्फको पुरस्कार लिएनन्।

    ९. रुसका लियोनिड हर्विक्ड सबैभन्दा पाको उमेरमा नोबेल पुरस्कार जित्ने वैज्ञानिक हुन्। उनले ९० वर्षको उमेरमा अर्थशास्त्रतर्फको पुरस्कार पाएका हुन्।

    १०. आजसम्म सबैभन्दा बढी नोबेल पुरस्कार पाउने देश अमेरिका हो भने त्यसपछि जर्मनी, बेलायत र फ्रान्स पर्छन्।

    १२. प्रत्येक वर्ष नोबेल पुरस्कार डिसेम्बर १० मा वितरण गरिन्छ किनभने यो दिनमा अल्फ्रेड नोबेलको मृत्यु भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत
  • पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला
  • नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा
  • भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    पार्टी पदाधिकारीलाई शेखरको प्रश्न– के कारण महाधिवेशन समयमै हुँदैन ?

    भारतबाट फर्किएका पाँच नेपालीमा कोरोना पुष्टि

    साइकल यात्राको महत्त्व बढ्दै गएको छ : मन्त्री यादव

    काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद

    रोजगारी प्रतिवेदन सकारात्मक आएपछि अमेरिकी सेयर बजार उकालो

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ३४ वर्षीया महिला र १९ वर्षीया किशोरी बलात्कृत

    News

    पर्सामा २६३ वटा मोटरसाइकल हराउँदा १३ वटा मात्र फेला

    News

    नारायणी रंगशालालाई अन्तर्राष्ट्रिय स्तरकाे रंगशालाका रुपमा विकास गर्ने मधेस सरकारकाे घाेषणा

    News

    भारतबाट ब्राउन सुगर लिएर आउँदै गरेका ९ जना पक्राउ

    News

    गण्डक नहरको तिलावे खोलामा बेलिब्रिज निर्माण गरिँदै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑