वीरगंज | चाणक्य नीतिको १३ औँ अध्याय को पन्ध्रौ श्लोकमा मानिसको त्यो स्वभावको बारेमा बताइएको छ जसको कारण काम बिग्रन्छ । चाणक्य नीतिको यस श्लोकमा मानिसले आफ्नो मन माथि नियन्त्रण रख्नुपर्ने बताइएको छ । यसो नगरे कयौ प्रकारका कठिनता बढ्दै जान्छ र कामकाजमा पनि मन लाग्दैन ।
अनवस्थितकायस्य न जने न वने सुखम्।
जनो दहति संसर्गाद् वनं संगविवर्जनात।।१५।।
आचार्य चाणक्य चंचलताबाट दुःखको चर्चा गर्दै भन्छन्, ‘जसको चित्त स्थिर हुदैन, सो व्यक्तिलाई न त मानिसहरु बिच सुख मिल्छ न त वनमा नै । मानिसहरुबीचमा रहदा उसभित्र जलन हुन्छ तथा वनमा एकलोपनले जलाउछ।’
यसको आशय यो हो कि कुनै पनि काम गर्दाको समय मन स्थिर रख्नुपर्छ । मन चंचल भए व्यक्ति न त कुनै काम ठीकसँग गर्न नै सक्छ, न उसलाई कहि पनि सुख मिल्न सक्छ ।
यस्तो व्यक्ति समाजमा रहेर पनि आफ्नो अयोग्यता र अर्का मानिसको सफलता देखेर त्यसलाई सहन सक्दैन । यदि उ वनमा गए पनि निर्जनताले उसलाई छोड्दैन। यस प्रकार उ कहिले पनि सुखी रहन सक्दैन । चित्तको चंचलता दु:खको प्रमुख कारण हो ।