विरगंज ।अनिल साह । वीरगञ्ज बसर्पाक व्यवस्थान सन्दर्भमा बसव्यवसायीबाट चार बुन्दे सहमती भएको छ। यात्रु ठगीए ,लुटीएमा त्यसको चालक सह–चालक र संचालकलाई कारवार्हि हुने भएको छ ।
वीरगञ्ज, बसपार्कको व्यवस्थापन र लामो तथा सानो दुरी चलने बसमा यात्रुशरुलाई लुट ठगिने घटनाहरु बाहिरीए पछि यसको नियन्त्रण तथा रोकथामको लागी आज बस व्यवसायी , वडा प्रहरि श्रीपुर , जिल्ला ट्राफिक प्रहरि र स्थानिय बिच बैठक सम्पन्न भएको छ ।
बसपार्क ट्रमिनल भवनको प्रांगनमा सम्पन्न भएको बैठकमा जिल्ला ट्राफिक प्रहरि पर्साका प्र.नि. कमल पंडित, वडा प्रहरिकार्यलय श्रीपुरका प्र.नि. दिपक साह , बसपार्क प्रहरि चौकिका प्र.ना.नि उपेन्द्र यादव, पृथ्वी राजमार्गका बस संचालक संयोजक सुमन श्रेष्ठ, बस व्यवसायी जगत प्र. साह, बस व्यवसायी बिनोद मन्धर, बस व्यवसायी लक्ष्मण थापा, संचारकर्मी केसि लामीछाने , संचारकर्मी अनिल साह, लगायत स्थानियहरुको सहभागीता रहेको थियो । बैठकले ४(चार) वटा निर्णय गरेको वडा प्रहरिकालर्यका प्र.नि दिपक साहले बताएका छन ।
उनका अनुसार हरेक बस व्यवसायी समितीबाट १/१ प्रतिनिधीहरुको सहभागि गराई अनुगमन टोली बनाउने , वीरगञ्जबाट संचालन विभिन्न रुटमा संचालित बसहरु बसपार्क भित्रबाट चढाउने र ओरार्ने , बसबाट यात्रागर्ने यात्रुहरु ठगीएमा/लुटिएमा त्यसको चालक सह–चालकलाई कानुन बमोजिम कारवाही गर्ने र त्यसको आर्थिक दायित्व सम्बन्धित संचालक समितीले व्यहोर्नु पर्ने र यात्रुहरुलाई ताना तान गरि दुखदिने बिचौलियाहरुलाई आवश्यक कानुनको दायरामा ल्याउने बैठकले सर्व सहमतीले निर्णय गरेको छ ।