वीरगंज। वीरगंजमा कोरोना परिक्षणको दायरा घट्दै गएको छ । पछिल्लो पटक नारायणी अस्पतालमा पर्सा, बारालगायत स्थानहरुबाट ल्याइएको जम्मा ९६ जनाको कोरोना परिक्षण भएको छ ।
अस्पतालमा गएराति ९६ जनाको परिक्षण गर्दा पर्साका दुई, चितवन र सप्तरीका एक/एक जना गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएकामध्ये पर्साका जगरनाथपूर गाउँपालिका वडा नम्बर ५ का एक जना र पोखरिया नगरपालिका वडा नम्बर १ का एक जना रहेका छन् ।
त्यसैगरी चितवनको माडी नगरपालिकाको वडा नम्बर १ र सप्तरीको कंचनपुर नगरपालिका वडा नम्बर १ का पनि एक/एक जनामा संक्रमण देखिएको हो ।थपिएका संक्रमितहरु २४ वर्षदेखि ४२ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटि भ्यालु २१ देखि ३१ सम्म रहेको छ