• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    कोरोना संक्रमणमा नेपालले चीनलाई उछिन्यो

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार २१:४५
  • २७९७

    वीरगंज | कोरोना संक्रमणमा नेपालले चीनलाई उछिनेको छ । पछिल्लो २४ घण्टामा थप एक हजार ५ सय ५१ जनामा कोरोना संक्रमित थपिएसँगै नेपालले कोरोना भाइरसको उद्गमस्थ मानिएको चीनलाई उछिनेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार दिउँसोसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार ८ सय १४ पुगेको छ । त्यस्तै, नेपालमा कोरोना संक्रमणबाट अहिलेसम्म ५ सय ६३ जनाको मृत्यु भएको छ । नेपालमा पछिल्लो २४ घण्टामा ९ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

    कोरोना पुष्टि भएकामध्ये ६७ हजार ५ सय ४२ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ३ सय ४० जना संक्रमणमुक्त भएका छन् । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ७ सय ९ रहेको छ ।मंगलबारसम्म नेपालका १० लाख ९९ हजार २ सय ७६ नमुना पीसीआर विधिमार्फत परीक्षण भएको छ । पूरा विश्वलाई आक्रान्त पारेको कोरोना भाइरसको संक्रमण गत वर्षको डिसेम्बरमा चीनको हुबेई प्रान्तको राजधानी वुहानबाट सुरु भएको थियो । सुरुमा चीनमा संक्रमण तीव्र रुपमा फैलिए पनि पछिल्लो समय त्यहाँ फाट्टफुट्ट रुपमा मात्र संक्रमित भेटिने गरेका छन् ।

    जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरका अनुसार मंगलबार दिउँसोसम्म चीनमा कोरोना संक्रमितको संख्या ९० हजार ६ सय ५२ रहेको छ । जुन नेपालको भन्दा एक सय ६२ ले कम हो । त्यस्तै चीनमा कोरोनाबाट ४ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ । तर पछिल्लो समय भने चीनमा कोरोनाबाट कसैको मृत्यु भएको छैन । चीनमा कोरोना संक्रमण पुष्टि भएकामध्ये ८५ हजार ५ सय ४१ जना निको भएका छन् । चीनमा सक्रिय संक्रमितको संख्या ३ सय ७२ मात्रै रहेको छ ।

    विश्वका केही मुलुकलाई छोडेर सबैतिर फैलिएको कोरोना भाइरसबाट करिब ३ करोड ५५ लाख जना संक्रमित भएका छन् भने १० लाख ४४ हजारभन्दा बढीको मृत्यु भएको छ । त्यस्तै २ करोड ४७ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑