• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    फेरि आइपुग्यो भिजेको ४७ हजार बोरा डीएपी मल

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार २१:३०
  • ६५२९

    वीरगन्ज | साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको ग्लोबल टेन्डरमार्फत खरिद गरी आयात भएका ४७ हजार बोरा डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाहमा आएको छ । तेस्रो मुलुकबाट आएको मल भारतको कोलकाता बन्दरगाह हुँदै आइतबार सुख्खा बन्दरगाहमा आइपुगेको हो । कामदारका अनुसार रेलको ब्यागनबाट अनलोड गरी बन्दरगाहको गोदाममा अनलोड गर्ने क्रममा अधिकांश मलका बोराबाट कालो पदार्थ झरिरहेको थियो । अधिकांश बोरा भित्रको मल सडेर कालो डल्लो परेको छ । गत भदौ पहिलो साता पनि २५ सय टन (५० हजार बोरा) डीएपी मल भिजेकै अवस्थामा वीरगन्जको सुख्खा बन्दरगाह आएको थियो । भदौमा आएको भिजेको मल हालसम्म जाँचपास भएको छैन । बन्दरगाहको गोदाममै थन्किएको छ ।

    आपूर्तीकर्ताले मल सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट जाँचपास गरी साल्ट ट्रेडिङको गोदाममा पुर्‍याएपछि मात्र हाम्रो जिम्मेवारीमा आउने साल्ट ट्रेडिङ कर्पोरेशनले जनाएको छ । ‘बन्दरगाहमा आएको मल अहिले पनि सप्लायर्सकै जिम्मामा छ,’ साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड वीरगन्जका प्रमुख आमोज लामिछानेले भने, ‘जाँचपास भएर साल्ट ट्रेडिङको गोदाममा आएपछि मात्र हाम्रो जिम्मामा आउँछ ।’ आपूर्तिकर्ता कम्पनीका भन्सार एजेन्टका प्रतिनिधिले गत मईमा बंगालको खाडीमा आएको ‘अम्फन’ आँधीका कारण मल भिजेको जनाए । ‘नभिजेका मल पहिले नै आइसक्यो,’ ती एजेन्टले भने, ‘अहिले कोलकाता बन्दरगाहमा मल राख्न नदिएपछि भिजेको मल यहाँ ल्याइएको हो ।’

    साल्ट ट्रेडिङ कार्यालयका अनुसार आपूर्तिकर्ता स्वीस सिंगापुर ओभरसिजले ठेक्का सकारे २५ हजार टनमध्ये अझै करिब ६ हजारदेखि आठ हजार टन मल आपूर्ति गर्न बाँकी छ । सम्वद्ध स्रोतका अनुसार कोलकोतामा रहेका अरु मल पनि भिजेको अवस्थामै छन् । सम्झौताबमोजिम आपूर्तिकर्ताले मल राम्रो अवस्थामा गोदाममा नदिएसम्म भुक्तानी नदिने साल्ट ट्रेडिङ लिमिटिडका अधिकारीले बताएका छन् । सम्झौतामा गोदाम डेलिभरी भएकाले एक पैसाको पनि भार साल्ट ट्रेडिङमाथि पर्ने अवस्था छैन । राम्रो अवस्थामा गोदाम गनेर दिएको मलको मात्र भुक्तानी गर्ने कर्मचारीले बताउँदै आएका छन् ।

    सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रवक्ता जगदीश पुर्वेले भिजेको मल जाँचपास नहुने बताउँछन् । ‘गत भदौमा आएको भिजेको मल हालसम्म गोदाममै छ,’ उनले भने, ‘बिमाका सर्वेयरले सर्वे गरेपनि हालसम्म प्रतिवेदन बुझाएका छैनन् । भिजेको मल जाँचपास भएको छैन ।’

    खराब मललाई नष्ट गरिने भन्सारका कर्मचारीले बताएका छन् । जानकारका अनुसार तेस्रो मुलुकबाट नेपालका लागि आएका सामान धेरै दिनसम्म भारतीय बन्दरगाहमा राख्न दिँदैनन् । आपूर्तिकर्ता कम्पनीको भन्सार एजेन्टका अनुसार एलसी खोलेर आएको सामान जे–जस्तो अवस्थामा छ त्यो नेपालमा इन्ट्री भएकै हुनपर्छ, जति कागजात सिपमेन्ट भएको छ, यो आउनैपर्छ ।भूषण यादव/कान्तिपुर

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑