• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चोरी मुद्दामा संसदका उम्मेदवार पुगे थुनामा

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार २०:३३
  • ९७६५

    राजविराज | चोरी लगत्तै पक्राउ परेका सप्तरीको रूपनी गाउँपालिका–२ हरीरावाका लाल मोहम्मद राइन र राजविराज नगरपालिका–६ का सैनी भनिने सनिया मण्डल थुनामा पुगेका छन् । थुनामा परेका राइन पछिल्लो संविधानसभाका उम्मेदवार हुनुका साथै गत चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा देशभक्त लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार थिए ।सप्तरी जिल्ला अदालतको आदेशमा राइन र मण्डल पुर्पक्षका लागि थुनामा परेको तथा राजविराज–४ बस्ने ज्योति मण्डल सहनी र उनकै मदिरा पसलमा काम गर्ने समिम सलिमलाई पुर्पक्षका लागि ७५ हजार धरौटीमा रिहा गर्ने आदेश भएको अदालतले जनाएको छ । धरौटी रकम तिर्न नसक्दा समिमलाई पनि राजविराज कारागारमा थुनामा पठाइएको स्रेस्तेदार कुमार मास्केले बताए।

    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाका अनुसार घटनालगत्तै प्राप्त सूचना र प्रहरी सक्रिय हुँदा आठ घण्टाभित्रै चोरी भएको ३ लाख ६० हजार नगद र ५० हजारको रिचार्ज कार्डसहित प्रहरीले चार आरोपितलाई पक्राउ गरेको हो ।

    यस्तो थियो घटना

    भदौ २२ गते बिहान ५ बजे छोराहरूको हल्लाले ओमप्रकाश साह ब्युझिएँ । छोराहरू कोठा भित्रबाट कराउँदै थिए, ‘ढोका खोल्नुस न बुवा, बाहिरबाट ढोका किन लगाइ दिनुभयो ?’ छोराहरूको लगातारको बोलावटबाट छेउकै कोठामा सुतिरहेका ओमप्रकाश ब्युझिनुका साथै झस्किए । उनको कोठा पनि बाहिरबाट बन्द पाएपछि मनमा चिसो पस्यो ।राजविराज–७ स्थित गुदरी हटियामै होलसेलसहितको किराना पसल सञ्चालन गरिरहेका साह परिवार पसलकै माथिल्लो तलामा सुत्थे । एक घण्टा अगाडि मात्र उठेका साहले पसल हेरेर आएको बताए । उनले भने, ‘वर्षा नरुकी ग्राहक नआउने भएकाले ओछ्यानमा आएर पल्टिएको मात्र थिए, पुनः निन्द्रा परेछ ।’

    लकडाउनले पढाइ ठप्प भएका कारण बिराटनगरमा अध्ययनरत छोरा पनि घरमै थिए । दुई छोरा र साह दम्पति सुत्ने दुबै कोठाको ढोकामा बाहिरबाट चुकुल लगाएको पाएपछि सबैजना चिन्तामा परे । तेस्रो कोठा हुँदै पछाडिबाट निक्लिएर साहले कोठाको चुकुल खोल्नासाथ सबैजना पसलतर्फ दौडिए ।पैसा राख्ने बाकस (गल्ला) को ताला फुटाइएको थियो । गल्लामा राखिएको चार लाख नगद र साढे एक लाखको रिचार्ज कार्ड गायब थियो । सिसीटिभी क्यामेरा चेक गरेपछि साह परिवारलाई चोरी भएको निश्चित भयो । साहले जिल्ला प्रहरी कार्यालय सप्तरीमा खबर गरे ।

    कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि लगाइएको लकडाउनको सुरुवाती दिनमा चोरी नभए पनि पछिल्ला दिनहरूमा हुने गरेको श्रृंखलावद्ध चोरीको घटनाबाट प्रहरी त्यसै पनि हैरान छ । एसपी धमलाका अनुसार जिल्लामा सानातिना समेत गरी दैनिकजसो चोरीको गुनासो प्रहरी कहाँ आउन थालेको छ । डेरा बसेको घर, पसल र सडकबाटै पनि चोरीका घटना बढेको अवस्थामा राजविराजको मुख्य बजारमै भएको चोरीको घटनालाई चुनौतिका रूपमा लिँदै थालिएको अपरेशनपछि चोरिएको रकमसहित आरोपितहरू पक्राउ परेको धमलाले बताए ।
    घटनाको अनुसन्धानमा खटिएका इन्स्पेक्टर सन्तोष खडकाका अनुसार चोरी घटनामा बारम्बार संलग्न केही व्यक्तिलाई तत्कालै नियन्त्रणमा लिइ सोधपुछ गरेपछि प्रहरीले राजविराज–६ का सैनी भनिने सनिया मण्डलको खोजी गर्न थाल्यो । उनी घरमा नभई राजविराज–४ स्थित दिदी ज्योति मण्डल सहनीको घरमा बसेका थिए । दिदी ज्योती राजविराज– २ मा सञ्चालन गरेको मदिरा पसलमै सुत्थिन् । खोजी गर्दै पसलमै पुगेको प्रहरीलाई ज्योतीले भाइ सनिया उठनै नसक्ने गरी बिरामी रहेको बताइन् ।

    कडा रूपमा प्रस्तुत भएपछि ज्योतीले सनिया बस्दै गरेको आफ्नो डेरा देखाइन् । बाहिरबाट कोठामा कोही नभएको जस्तो ताला लगाएर राखिएको रहेछ । नियन्त्रणमा लिइएका सनियाले हुलिया परिवर्तन गरेपनि घाँटी र खुट्टामा लगाएको डोरीका आधारमा पहिचान गरिएको र सिसीटिभी क्यामेरामा सबै कुरा प्रष्ट भइसकेको प्रहरीले बताए पछि सनियाले आरोप स्वीकारेको इन्स्पेक्टर खडकाले बताए ।बिहान साढे चार बजे सोलारको पोलबाट सनिया पसलेको घरमाथि चढेका रहेछन् । उनलाई मानिस आवतजावतको सूचना दिन लाल मोहम्मद राइन बाहिर बसे । राइनले चोरी आरोपमा २ वर्ष कैद भोगेको पनि बताए ।

    माथिल्लो तलामा पुगेका सनियाले नै सुतिरहेका साह र उनको छोराको कोठा बाहिरबाट चुकुल लगाए । भुँइ तल्लामा ओर्लिएर पसलमा चोरी गरी बाहिर निक्लिएका सनियाले पसलको बाहिरबाट समेत चुकुल लगाए । सनिया चोरीको समानसहित दिदी ज्योतीको डेरामा लुक्न पुगे । ज्योतीले रिचार्ज कार्डहरू खेलौना गुडियाभित्र लुकाएर धागोले सिलाइन । घरकै विभिन्न ठाउँमा केही पैसा र धेरै पैसा मदिरा पसलमा लुकाएर राखेको अवस्थामा फेला पर्‍यो । ज्योतीको निर्देशनमा मदिरा पसलमा काम गर्ने समिमले चोरीको रकम कपडामा बेरी पसलकै पूर्व खाल्डो खनी माटोमा गाडेर लुकाएको अवस्थामा भेटिएको इन्स्पेक्टर खडकाले बताए ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑