• Home
  • election
  • election
  • e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • वीरगंज संजाल बिशेष
      • राजनीति
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • विज्ञान/प्रविधि
      • विचित्र संसार
      • अविस्कार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • कविता
      • दैनिक राशिफल
      • Birthday/Anniversary
    • वीरगंज संजाल TV
    होमपेज /  Breaking News

    प्रदेश ५ को राजधानी ‘देउखुरी’ र नाम ‘लुम्बिनी’ दुई तिहाइले पारित

  • वीरगंज संजाल
  • Oct 6, 2020, 8:21 pm
  • ९५०१

    बुटवल | प्रदेश नम्बर ५ को स्थायी राजधानी र नामको टुंगो लागेको छ। मंगलबार प्रदेशसभा बैठकले मतदान प्रक्रियामार्फत् नाम र राजधानी टुंगो लगाएको हो। प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेश राजधानी दाङको देउखुरीक्षेत्रको भालुवाङ बजार र नाम ‘लुम्बिनी’ बहुमतले पारित भएको हो।

    प्रदेशको राजधानी देउखुरी तोक्ने प्रस्तावको पक्षमा ६९ मत परेको छ भने विपक्षमा १३ मत परेको छ।  प्रदेशसभाका ८७ मध्ये बैठकमा मंगलबार ८२ सांसदमात्र सहभागी थिए। त्यसैगरी प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावको पक्षमा ७९ मत र विपक्षमा चार मत परेको छ।

    पदेश ५ को सरकारले दाङको देउखुरीको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती र गढवा गाउँपालिका तथा अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई जाडेर स्थायी राजधानी बनाउने र प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्ताव असोज १६ गते प्रदेशसभामा पेश गरेको थियो।

    राजधानी कायम गर्न ८७ सांसदमध्ये ५८ जना भए मात्रै पुग्छ। प्रदेशसभामा उपस्थित ८३ सांसदमध्ये १३ जनाले मात्रै विपक्षमा मत दिए।  जनमोर्चाले मत दिएको छैन्। नेपाली कांग्रेसका लुम्बिनी क्षेत्रबाट प्रतिनिधित्व गर्ने सांसदले विपक्षमा मतदान गरे। पार्टीको ह्वीप उलंघन गर्दै राप्ती पारिका चार सांसदले पक्षमा मत दिएका हुन्।

    समाजवादी पार्टीले राजधानीको पक्षमा मत दिएको छ। प्रदेशको नाम लुम्बिनी राख्ने प्रस्तावसमेत पारित भएको छ। लुम्बिनीको पक्षमा ७९ मत परेको छ। विपक्षमा ४ मत मात्रै परेको छ।

    जनता समाजवादी पार्टीले अवध–थारुवान–मतरात नामको पक्षमा मत दिने गरी संशोधन दर्ता गराए पनि लुम्बिनी क्षेत्रका दुई सांसदले लुम्बिनी नाममा मत दिएका हुन्।

    सरकारले प्रदेशको राजधानी दाङको राप्ती र गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकाले चर्चेको राप्ती किनारको समथर क्षेत्र (देउखुरी उपत्यका)लाई बनाउने प्रस्ताव गरेको थियो। यो क्षेत्रलाई भालुवाङका नामले चिनिन्छ। 

    प्रदेशको नाम भने बुद्ध जन्मस्थल लुम्बिनीबाट राखिएको छ।  प्रदेश सरकार स्थापनाको पौने तीन वर्षपछि सरकारले राजधानी तोकेको हो। लुम्बिनी क्षेत्रका सडकमा आन्दोलन, निषेधाज्ञा र कडा सुरक्षा तैनाथीकाबीच प्रदेशले राजधानी र नाम पाएको छ।

    यही विवादले प्रदेशसभाको सोमबारको बैठकमा वितण्डा मच्चिएको थियो। विपक्षी दल कांग्रेसका सांसदले कुर्सी तोडफोड गरेका थिए।

    मंगलबारको बैठकमा मत विभाजनअघि बोल्दै प्रतिपक्षी दलका नेता विरेन्द्र कनौडियाले प्रदेशसभामा हिजो भएको घटनाप्रति दुःख व्यक्त गर्दै अब लोकतान्त्रिक प्रक्रियाबाट अघि बढ्नुपर्ने बताए। मन्त्री र कांग्रेका केही सांसदको आवेगले त्यो परिणाम आएको उनको भनाइ थियो।

    नेता कनौडियाले राजधानीको विषय छापामार शैलीमा ल्याउनु नै गलत भएको बताए। यति महत्वपूर्ण विषयलाई साझा एजेण्डाका रुपमा ल्याउन सकिने सम्भावना हुँदाहुँदै सरकारले बहुमतको आधारमा पेलेर जाने नीति लिएको उनले बताए।

    दाङ, कपिलवस्तु र रुपन्देही राजधानीका लागि उपयुक्त रहेको भन्दै यी तिनै क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनले बताए।

    बैठकमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले अखण्ड लुम्बिनीको आन्दोलनमा बुटवलले महत्वपूर्ण योगदान गरेको भन्दै अब बृहत्त लुम्बिनी बनाउन १२ जिल्ला जोडिने बताए।

    सरकारले विशेष समितिको प्रतिवेदन अनुसार नै राजधानी प्रस्ताव गरिएको जिकिर उनले गरे। समितिले पहिलो दाङ, दोस्रोमा रुपन्देही र तेस्रोमा कपिलवस्तु राजधानी राख्न प्रस्ताव गरिएको उनले बताए। कुनै एक क्षेत्रको प्रतिनिधित्व गरेर अघि बढ्दा समृद्धि हासिल नहुने भन्दै १२ जिल्लाको समृद्धिका लागि सरकारले यो प्रस्ताव ल्याएको उनले बताए।

    राजधानी र नामाकरण तय भएसँगै प्रदेशसभाका हिउदे अधिवेशन अन्त्य भएको छ। प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको पत्र सभामुख पूर्णबहादुर घर्तीले पढेर सुनाएका हुन्।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने
  • आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट
  • वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन
  • मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन
    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    आसिफको शतक र गुल्शनको अर्धशतकमा नेपालको बलियो योगफल

    गुल्मीमा जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु

    मधेशमा कृषि र इन्जिनियरिङ क्याम्पस सञ्चालनको तयारी: शिक्षामन्त्री पोखरेल

    लायन्स क्लब अफ बिरगंज मेट्रो सिटीद्धारा भोटेकोशी-त्रिशुली बाढीका मृतकप्रति श्रद्धाञ्जली सभा सम्पन्न ।

    सीएमए संघको २३औं वार्षिकोत्सवमा रक्तदान, १ महिला सहित २८ जनाले गरे रक्तदान

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    ब्रिक्सको साझा मुद्रा नबन्ने, सदस्य राष्ट्रहरूले आफ्नै मुद्रामा कारोबार गर्ने

    News

    आसिफ शेख बने ‘प्लेयर अफ द म्याच’, सन्दीप लामिछाने ‘प्लेयर अफ द टुर्नामेन्ट

    News

    वीरगन्ज आएर पूर्वप्रधानमन्त्री माधव नेपालले भने : बालेन सरकार जनताको चाहना अनुसार चल्न सकेन

    News

    मधेस प्रदेश सरकारद्वारा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

    News

    पछिल्लो पाँच दिनमा काठमाडौंमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑