विरगंज । कृष्णा कुशवाहा।विरगंजमा म्याद गुज्रेको खाद्य पदार्थमा रीलेबलिङ गर्ने आडा प्रहरीले फेला पारेको छ।गत आइतबार देखि प्रहरीले यस्तो कार्यमा संग्लन स्थानमा छापा मार्दे ठूलो परिमणमा खाद्य सामग्री बरामद गरेको छ।
बीरगन्ज महानगरपालिका वडा नं १० आदर्शनगरमा ३ वटा गाेदाममा भण्डारण गरि राखेकाे अवस्थामा म्याद गुज्रेका खाद्य सामग्री बरामद भएका हुन् ।
जिल्ला प्रशासन कार्यालप पर्साकाे नेतृत्वमा खटिएको अनुगमन टोलीले आदर्शनगरमा ए.एस.पि प्रा.लि.को ३ वटा गोदाममा छापामारी ठूलो परिमाणमा रहेको म्याद गुज्रेको खाद्य सामग्री बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सा,वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको संयुक्त टोलीले बेकरी र केकमा प्रयोग गरिने कच्चा पदार्थको म्याद सकिएपछि पुनः नयाँ लेबल गरी नयाँ उत्पादन तथा म्याद गुज्रेको मिति हटाएर फेरी नयाँ मिति राखेर बजार पठाइने गरेको भेटिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ ।
म्याद गुज्रेका गुणस्तरहिन खाद्य प्रदार्थको विक्री वितरण, कालाबजारी, म्याद गुज्रेका अखाद्य सामानहरुको विक्री वितरण, गरी आम उपभोक्ता ठगि गरेको सूचनाको आधारमा पर्सा प्रहरीले पवन अग्रवालको नाममा रहेको ए एस पि प्रा.लि.मा छापा मार्दा लाखौंको सामान बरामद भएको हो।
भेटेपछि गोदाम सिल गरी स्थानिय प्रशासन, वाणिज्य कार्यालयको रोहवरमा गोदाममा म्याद गुज्रेका ठूला परिमाणमा रहेको अखाद्य पदार्थ बरामद भएको छ।
३ वटा गोदाममा डाल्डा घ्यु, नरिवलको धुलो, केक र बेकरी, विष्कुटमा प्रयोग हुने कच्चा पदार्थ, रंग लगायत ठूलो परिणाममा खाद्य पदार्थमा प्रयोग गरिने केमिकल लगायतका सामान म्याद सकिएपछि पुनः नयाँ लेबल एवं नयाँ उत्पादन तथा उपभोग्य मिति राखेर बजार पठाइने गरेको भेटिएको छ ।
बेकरी बनाउन तथा यसको सौन्दर्यका लागि प्रयोग हुने तेल, केकको पिठो, चेरी तथा चकलेट लगायतका बस्तुहरु गोदाममा भेटिएको र त्यसको पहिचान गर्ने काम भई रहेको जनाइएकाे छ ।
यस्तो धन्दामा संलग्न व्यक्तिहरुलाई समेत नियन्त्रणमा लिएको र घटनाको विस्तृत जानकारी पछि गराईने प्रहरी उपरिक्षक पन्तले बताउनु भयो । आम उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्नेलाई कडा कारवाही गरिने पर्साका प्रमुख जिल्ला अधिकारीले जानकारी दिनुभयो ।