• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सरकार नियामक कि व्यापारी

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार १३:००
  • ७५९३

    नियामक निकायको काम बजार अनुगमन गर्ने, कालोबजारी नियन्त्रण गर्ने, दण्ड–सजाय गर्ने तथा जरिवाना गर्ने हो, आफैं पसल थापेर व्यापार गर्ने होइन ।

    नेपाल आयल निगमले आफैँ स्थानीय निकायको साझेदारीमा नयाँ पेट्रोल पम्प खोल्न लागेपछि व्यवसायीहरूले विरोध गरेका छन् । लसम्म निजी क्षेत्रसहित नेपाल प्रहरी र नेपाली सेना एवं साझाजस्ता केही सरकारी स्वामित्वका निकायबाट मात्र पेट्रोल पम्प सञ्चालन हुँदै एकोमा अब बजारलाई हस्तक्षेप गर्ने बहानामा आयल निगमले पहिलो पटक स्थानीय तहसँगको साझेदारीमा आफैँ पेट्रोल पम्प सञ्चालन गर्न लागेको छ । नेपाल आयल निगम बजारमा पेट्रोलियम कारोबारमा एकाधिकारप्राप्त सरकारी संस्था हो । बजारमा निजी क्षेत्रको प्रवेशको कुरा पटक–पटक उठे पनि व्यवहारतः निगमले आफैं पेट्रोलियम पदार्थ ल्याउने र मूल्य तोक्ने काम गरिरहेको छ ।

    बेलाबेलामा निजी पेट्रोल पम्प वा पेट्रोलियम पदार्थ ओसारपसार गर्ने ट्यांकरको बदमासीमा पनि उसैले नियमन गर्छ । यस अर्थमा नेपाल आयल निगम आफैं बजार नियामक हो । अब निगम आफैंले व्यापार गर्ने मनसाय देखाएको छ । यसका पछाडि बजार हस्तक्षेप गर्न भन्ने शब्दावली प्रयोग गर्दैमा बजारमा नियामक तथा व्यापारी एउटै हुँदा कस्तो विकृति ल्याउँछ भन्ने कुराको हेक्का भने निगमले नराखेको पाइयो । जसरी फुटबल खेलमा रेफ्री नै खेलाडी हुन सक्दैन, त्यसैगरी नियामक निकाय नै आफैं व्यापारी पनि हुन सक्दैन । यदि यसो भयो भने बजारमा निजी क्षेत्र तथा सरकारी व्यापारीबीचको प्रतिस्पर्धा हुन सक्दैन र बजारमा झन् बढी विकृति आउनेछन् ।

    निगमले स्थानीय निकायसँगको सहकार्यमा पेट्रोलियम पदार्थको व्यापार गर्नेभन्दा झन् स्थानीय निकायलाई पनि यसमार्फत् वित्तीय विकृति सिर्जना गर्ने अवसर सिर्जना हुन्छ । स्थानीय निकायको काम, कर्तव्य तथा अधिकार के हो, के–के गर्न मिल्छ र के–के गर्न मिल्दैन भन्नेसमेत नहेरी यसरी व्यापारमा तान्दा स्थानीय निकाय झन् बदनाम हुने र भ्रष्टाचार बढ्ने देखिन्छ ।हुन त नेपालमा सैद्धान्तिक रूपमा नै नहुने र गर्न नमिल्ने सरकार आफै नियामक निकाय तथा व्यापारी भएको यो एउटा मात्र उदाहरण होइन । गत महिना प्याजमा कालो बजारी बढेका कारण वाणिज्य विभागले बजारबाट प्याज नियन्त्रणमा लियो । तर, फेरि त्यही प्याज अर्को सरकारी कम्पनीले बेच्यो । सरकार अर्थात् नियामक निकायको काम बजार अनुगमन गर्ने, कालोबजारी नियन्त्रण गर्ने, दण्ड–सजाय गर्ने तथा जरिवाना गर्ने हो ।

    तर, आफंै पसल थापेर व्यापार गर्ने होइन । पञ्चायतकालमा नै नागरिकलाई सुपथ मूल्यमा सहज तरिकाले वस्तु तथा सेवा प्रवाह गर्न भनेर सार्वजनिक संस्थान खोलिएको हो । ती अधिकांश सार्वजनिक संस्थान अव्यवस्था, भ्रष्टाचार, नातावाद तथा कृपावाद एवं राजनीतिक हस्तक्षेपका कारण घाटामा चलिरहेका थिए । नेपाली नागरिकले तिरेको करबाट सरकारसँग अनुदान वा ऋण लिँदै तलब खाने तर आफ्नो निर्दिष्ट काममा भने अतिरिक्त आम्दानी गर्ने कर्मचारीतन्त्रका कारण आज नाममात्रका सार्वजनिक संस्थान बाँचेका छन् । त्यसैले २०४८ सालपछि निजी क्षेत्रले व्यापार–व्यवसाय गर्ने र सरकार वा सरकारद्वारा स्थापित नियामक निकायले बजार नियमन गर्ने प्रथा सुरु भएको हो । यसमा धेरैका विमति रहेका होलान् ।

    सरकारले नै व्यापार–व्यवसाय गर्नुपर्छ भन्ने विचार आज पनि बेलाबेलामा नउठ्ने होइनन् । तर, बजारमा विकृति ल्याउन नदिन तथा बजारलाई प्रतिस्पर्धी बनाउन सरकारले व्यापार गर्नु हुन्न, नियामकको भूमिकामा मात्रै रहनुपर्छ भन्ने सिद्धान्त हो । अन्यथा फेरि पञ्चायतकालको झैं बन्द अर्थतन्त्र सिर्जना गर्दै सरकार नजिक केही मुठ्ठीभर व्यापारीलाई बजारमा कमाउने मौका सिर्जना गर्ने खतरा रहिरहन्छ । यसर्थ व्यापार गर्ने काम निजी क्षेत्रलाई नै छोडेर सरकारले बिनामोलमोलाइजा बजार अनुगमन गर्ने तथा नियमन गर्ने गर्दा नै उपभोक्ताको हित हुनेछ, नत्र फेरि बजारमा नयाँ कार्टेलिङ भई उपभोक्ता नै मारमा पर्छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण
  • सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान
  • छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग
  • वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    क्यानडामा कपिल शर्माको क्याफेमा गोली प्रहार, प्रहरीले के भन्यो?

    ट्रम्पको जन्मसिद्ध नागरिकता खारेज गर्ने आदेशमा संघीय अदालतको रोक

    क्यानडालाई ३५ प्रतिशत भन्सार शुल्क लगाउने ट्रम्पको घोषणा

    हिन्दी फिल्म ‘उदयपुर फाइल्स’लाई नेपालमा रिलिज नगर्न मुस्लिम समुदायको आग्रह

    जनमतले सोध्यो दुई केन्द्रीय नेतालाई स्पष्टीकरण

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    News

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    News

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    News

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    News

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑