वीरगंज। पर्सा र बारामा विगत दुई दिनदेखि घटेको कोरोना संक्रमितको संख्या फेरी बढेको छ ।वीरगञ्जस्थित नारायणी अस्पतालमा सोमबार राति गरिएको परिक्षणमा ४ जना महिलासहित थप १४ जननामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
नारायणी अस्पतालका प्रवक्ता एवम् वरिष्ठ चर्म रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सा र बाराको विभिन्न स्थानबाट जम्मा गरेर ल्याइएको ९६ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट परिक्षण गर्दा पर्सामा १० र बारामा ४ जनामा कोरोना संक्रमण देखिएको हो ।
संक्रमण देखिएकोमा स्वास्थ्य कर्मी र अस्पतालमा उपचार गराई रहेका विरामीसमेत छन् । वीरगञ्जस्थित तराइ हस्पिटल प्रालिमा उपचाररत एक विरामी र अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा पनि संक्रमण देखिएको डाक्टर चौरसियाले बताए ।
उनले त्यसैगरी पर्साको सदरमुकाम वीरगञ्जको वडा नम्बर १० र ११ मा दुई/दुई जना, ३, १३, र १५ मा एक/एक जना र छिपहरमाई गाउँपालिकामा एक जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
त्यसतै बाराको सिम्रौनगढ नगरपालिकामा दुई जना, महागढीमाई नगर्पाल्का वडा नम्बर ७ मा एक जना र जिपुतसिमरा उपमहानगरपालिका वडा नम्बर २ मा एक जनागरी चार जना संक्रमित भेटिएका हुन् ।
थपिएका संक्रमितहरु १९ वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेका छन् । उनीहरुको सिटि भ्यालु १८ देखि ३५ सम्म रहेको डाक्टर चौरसियाले जानकारी दिए ।उनले सिटि भ्यालु २४ भन्दा माथि रहेको संक्रमितले अरुमा संक्रमण फैलाउने सम्भावना न्यून रहेको बताए ।