• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    प्रदेश २ -भूमाफियाको चलखेल बढाउन संसदीय विकास कोषको रकम खर्च

  • वीरगंज संजाल
  • २० आश्विन २०७७, मंगलवार ०१:३०
  • २९७३

    जनकपुर । कोरोना महामारीका कारण सर्वसाधारणको जीवन प्रभावित भइरहेको समयमा प्रदेश २ मा भने संसदीय विकास कोष अन्तर्गतको रकम चरम दुरुपयोग भएको पाइएको छ । कोरोनाको कहरले कयौं जनतालाई हातमुख जोर्न समस्या भइरहेको अवस्थामा जनकपुरधाम उपमहानगर क्षेत्रभित्रै बस्ती नभएको स्थानमा कोषअन्तर्गतको रकम खर्चिएर पीसीसी ढलान गरी सडक निर्माण गर्नुका साथै विद्युतका पोल तथा तारसमेत पु¥याइएको हो ।

    जनकपुरधाम उपमहानगरपालिकाको वडा नम्बर २३ ग्रामिण क्षेत्रमा पर्दछ । उपमहानगर विस्तारका क्रममा विन्धी गाउँलाई समेटेर २३ नम्बर वडा बनाइएको हो । सोही वडाको बस्तीमा रहेका सडक वर्षायाममा हिलाम्य हुन्छन् । जसले गर्दा पैदल हिँडडुलमा समेत निकै नै सास्ती हुने गर्दछ ।

    सो वडाका बस्तीमा रहेको सडकलाई ढलान नगरी बस्ती नै नरहेको क्षेत्र तथा खेततिर पीसीसी ढलान गरेर सांसद विकास कोषको लाखौँ रकम अनियमितता गरेको पाइएको हो । जनकपुरधामको बस पार्कको उत्तरपश्चिम कुनामा रहेको २५ बिघा खाली जग्गा प्लटिङ गरी भूमाफियाले घडेरीका रुपमा विक्री गर्न खोजेका छन् । उक्त जग्गाकै मूल्य बढाउनका लागि भौतिक पूर्वाधार निर्माण गर्नका लागि संसदीय विकास कोषको रकम खर्च गरिएको हो । चौरी (खाली जग्गा) मा सांसद विकास कोषको रकम खर्चिएर १४ फिट र १२ फिटको पीसीसी सडक ढलान गरिएको छ ।

    प्रदेशसभा सदस्य परमेश्वर साहले आफ्नो संसदीय विकास कोषको रकम खचिएर ढलान गराएका हुन् । जग्गा दलालहरु प्रदेशसभा सदस्य साहको निकटका मान्छे रहेका कारण मानव बस्ती नै नरहेको जग्गामा बाटो ढलान गराउन लगाएको स्थानीयवासीको आरोप छ । प्रदेशसभा सदस्य साहले आफ्नो ३ करोड रुपैयाँको संसदीय क्षेत्र विकास कोषको रकमबाट ८० लाख रुपैयाँ सोही पीसीसी सडक निर्माणका लागि खर्चेका छन् ।
    जन दबाबकै कारण सो ठाउँमा पीसीसी ढलानका लागि रकम उपलब्ध गराएको प्रदेशसभा सदस्य साहको दावी छ । ‘न कुनै भूमाफियासँग मेरो साँठगाँठ छ, न मेरो त्यहाँ निजी जग्गा छ,’ उनले भने, ‘त्यहाँ सडक निर्माणका लागि दवाब आयो, त्यही भएर मैले त्यहाँ संसदीय विकास कोषको रकम प्रयोग गरेँ ।’

    जनताको भलो हुने उद्देश्यले आफुले आफ्नो संसदीय विकास कोषको रकम प्रयोग गरेको उनको भनाइ छ ।
    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ का वडाध्यक्ष शत्रुधन पाण्डेले पीसीसी ढलान गरिएको विषयमा आफुलाई जानकारी नरहेको बताए । उनले भने, ‘त्यहाँ पीसीसी ढलान गरी सडक निर्माण गरिएको विषयमा मलाई जानकारी छैन, मलाई जानकारी नै नगराई कुनै सांसदले त्यहाँ ढलान गराउँछ भने मैले के गर्ने ?’

    २५ बिघाभन्दा बढी खाली जग्गा रहेको सो प्लटमा कयौँ भूमाफियाको लगानी रहेको स्थानीयवासीको भनाइ छ ।
    खाली जग्गामा आर्थिक मसान्तको अन्तिम समयमा पीसीसी ढलान गरी बनाइएको पक्की सडक असोज लाग्दा नलाग्दै फुट्न थालेको छ ।
    केही महिना अगाडिसम्म डेढ लाख रुपैयाँको धूरमा कारोबार हुँदै आएको जग्गा खेती योग्य स्थानमा प्लटिङ गरी पीसीसी ढलान गरी बाटो निर्माण गरेसँगै साढे २ लाख रुपैयाँदेखि साढे ४ लाख रुपैयाँसम्ममा विक्री भईरहेको स्थानीय रंजय पाण्डेयले जानकारी दिए ।

    प्रदेशसभा सदस्य साहले आफ्नो संसदीय कोषको रकम ७ वटा योजनामा खर्चेका छन् । उनले आफ्नो अधिकांश योजना आफू निकटका ठेकेदार तथा कार्यकर्तालाई दिएका छन् । कोषबाट खर्चिएको रकमलाई कुनै न कुनै रुपमा असुल हुने गरी योजना छनोट गर्ने गरिएको सांसद साहकै एक सहयोगीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु
  • आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान
  • वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता
  • खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    पुल भाँचिएर गाडीसहित नदीमा खसेकामध्ये ९ जनाको मृत्यु

    जनकपुरधाममा ससुराको हत्या गरी फरार ज्वाइँ पक्राउ

    सरकारको जनसंख्या नीति : कम्तीमा दुई बच्चा जन्माउन प्रोत्साहन गरिने

    श्रीमान अर्कै युवतीको कोठामा गएको थाहा पाएपछि श्रीमतीले मान्छे जम्मा गरेर कुट्दा युवतीको मृत्यु

    वीरगंजमा खडेरी र खानेपानी अभावको स्थलगत अवलोकन तथा समाधानका लागि अपील

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    १३ लाख बढी मूल्यको काजु बरामद

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्जको स्वीमिङ्ग पुलमा डुबेर बालकको मृत्यु

    News

    आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न, १६९ जनाले गरे रगतदान

    News

    वीरगंजमा खानेपानी समस्या समाधानका लागि महत्वपूर्ण बैठक सम्पन्न, तत्काल समाधान गर्ने मन्त्रीको प्रतिबद्धता

    News

    खेलाडी रौनकलाई गृह नगर कृष्णनगरमा भव्य स्वागत

    News

    १३ लाख बढी मूल्यको काजु बरामद

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑