• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बलात्कार दबाउन नेता नै ‘पञ्च’

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार ११:५५
  • ४७०५

    सिरहा | ५ लाख रुपैयाँको कपाली तमसुक बनाएर बलात्कार घटना दबाउन खोज्ने स्थानीय ‘पञ्च’ र आरोपित गरी नौ जना पक्राउ परेका छन्। उनीहरूमध्ये केही कांग्रेस र जनता समाजवादीका स्थानीय नेता छन्।विष्णुपुर गाउँपालिका–१ का पञ्चहरू सिंहेश्वर साह, अरविन्दकुमार साह, शत्रुघ्न साह, राजकुमार साह, रामउद्गार यादव, जगवीर यादव, राजकुमार यादव र रौदी भनिने श्यामसुन्दर यादवलाई प्रहरीले शनिबार नियन्त्रणमा लिएको हो। श्यामसुन्दर स्थानीय तह निर्वाचनमा राजपाबाट वडाध्यक्षमा चुनाव लडेका थिए। जगवीर र राजकुमार यादव कांग्रेसमा आबद्ध छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर अनुसन्धान भइरहेको डीएसपी शालिग्राम पौडेलले बताए।

    स्थानीय २० वर्षीय मुकेशकुमार साहले छिमेकी १६ वर्षीया किशोरीलाई यही असोज १२ गते बलात्कार गरेको उजुरी प्रहरीमा परेको छ। उक्त घटना थाहा पाएपछि सुरुमा स्थानीय नेताहरूले गाउँमै मिलापत्र गर्नुपर्ने दबाब बढाएका थिए।

    आरोपित मुकेशका बुवा सिंहेश्वर र शत्रुघ्नलाई ऋणी बनाएर ५ लाख रुपैयाँको कपाली तमसुक गराइएको छ। जसमा गाउँकै धनी रामगुलाम यादव, लक्षुमण यादव खडा गरिएको छ। बलात्कार घटना मिलाउन पञ्चहरूले नक्कली ऋणी र धनी खडा गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

    उनीहरूले बनाएको कागज (कपाली) पञ्चायतमा सहभागी जगवीरको जिम्मा राखिएको थियो। प्रहरीले जगवीरको घरमा खानतलासी गर्दा उक्त घटना गाउँमै मिलाउन गरेको कागज फेला परेको हो। कपाली तमसुक बनाएर शनिबार (१७ गते असोज)मा गाउँमा ‘पञ्चायत’ बसेको थियो। स्थानीयका अनुसार छलफल भइरहेकै बेला कुटाकुट सुरु भयो। अरूले आरोपित र उनका आफन्तलाई कुटपिट गरे। त्यसपछि मात्रै घटना प्रहरीसम्म पुगेको हो।

    इलाका प्रहरी विष्णुपुरको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीमा दर्ता हुने मुद्दा गाउँमा नमिलाउने, प्रहरीमा जाऊँ भनेर सम्झाउँदा पञ्चहरूले उल्टै प्रहरीलाई थर्काएको स्थानीयले सुनाए। त्यसपछि थप प्रहरी आएर उनीहरूलाई नियन्त्रणमा लिएको थियो।
    प्रहरीका अनुसार बलात्कृत बालिकाका भाइले परिवारको इज्जत गएको भन्दै रिसाएर पीडितलाई कुटपिट गरेका थिए। कुटपिटबाट घाइते बालिकालाई आफन्तले स्थानीय क्लिनिकमा प्राथमिक उपचार गराएका थिए। उनलाई थप उपचारका लागि विराटनगरस्थित विराट नर्सिङ होममा पु¥याइएको थियो। बालिका निको भएर असोज १६ गते घर फर्किएकी थिइन्। घरमा आएपछि पीडक पक्षले बलात्कार घटना ढाकछोप गर्न गाउँलेलाई भेला गराएर पञ्चायत बसाएको खुलेको छ।anpuranapost

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑