• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    भरिए आइसियु, गम्भीर अवस्थाका कोरोना संक्रमितले पनि पालो कुर्नैपर्ने बाध्यता

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार ०३:००
  • २२४५

    वीरगंज | असोज १६ गते नेपालमा एकै दिन २ हजार ७ सय २२ जना संक्रमित भेटिए। जसमध्ये १ हजार ६ सय ३८ जना संक्रमित काठमाडौं उपत्यकाका मात्र थिए। काठमाडौं उपत्यकामा एकै दिन यति धेरै संख्यामा संक्रमित भेटिएको यो नै पहिलो पटक थियो।

    नेपालमा हाल दैनिक करिब दुई हजारको आसपासमा संक्रमितहरु थपिदै गएका छन्। त्यसमा आधा जति संक्रमित त काठमाडौं उपत्यकाका मात्र हुन्छन्। सुरुवाती दिनमा नेपालमा भेटिने अधिकांश संक्रमित लक्षण विहीन हुने गर्थे। तर पछिल्लो समय भेटिएका नयाँ संक्रमितहरुमा कुनै न कुनै लक्षण देखिएको छ।

    हाल संस्थागत आइसोलेसनमा रहेका अधिकांश संक्रमितमा कुनै न कुनै लक्षण भएर नै अस्पताल भर्ना हुने गरेका छन्। त्यसमा पनि अहिले आइसियुमा भर्ना हुने संक्रमितको संख्या बढ्दो छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हाल देशभर २ सय २६ जना संक्रमित आइसियुमा उपचाररत छन्। यसअघि १७ गते आइसियुमा भर्ना हुने संक्रमितको संख्या २ सय १० थियो।

    संक्रमितको संख्या बढ्दै जाँदा उपत्यकाको अस्पतालमा आइसियुको अभाव हुन थालेको छ। अस्पतालका आइसियु कोरोना संक्रमितले भरिभराउँ छन्। यहाँसम्मकी संक्रमितले आइसियु नपाउँदा पीडा सहँदै पालो कुनुपर्ने अवस्था आइसकेको छ।

    धेरै कोरोना संक्रमितको उपचार हुने अस्पताल मध्य एक हो, बलम्बुस्थित नेपाल एपीएफ अस्पताल। आइतबारसम्मको तथ्यांक अनुसार यस अस्ततालमा १ सय ७४ जना संक्रमित उपचाररत छन्। जसमध्ये १९ जना आइसियु, २ भेन्टिलेटर, १ सय १८ पोजेटिभ वार्ड र ३७ जना आइसोलेसन वार्डमा छन्।

    हालसम्म ७६ जना संक्रमित आइसियुमा भर्ना भएको अस्पतालका प्रहरी उपरिक्षक डा प्रवीन नेपालले बताए। संक्रमितको चाप बढ्दै जाँदा आइसियुको व्यवस्थापन गर्न समस्या हुने गरको उनले बताए।

    उनले भने, बिरामीहरु आइसियु चाहियो भनेर आउँछन्। आइसियुमा भर्ना हुने संक्रमितको चाप बढ्दो छ। त्यसैले व्यवस्थापन गर्न समस्या पनि हुन्छ।

    कोरोना संक्रमितको उपचारका लागि एपीएफ अस्पतालले १ सय २० शय्याको आइसोलेसन, २० आइसियु र ८ वटा भेन्टिलेटरको व्यवस्था गरेको छ।

    कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई कोरोना विशेष अस्पताल बनाएको छ। कोरोना संक्रमितको उपचारका लागि शुक्रराज अस्पतालले २० शय्या छुट्याएको छ। तर हाल अस्पतालको आइसियु शय्या भरिभराउँ छ।

    अस्पतालका प्रवक्ता डा अनुप बाँस्तोलाका अनुसार २० जना संक्रमित आइसियुमा छन्। कोभिड वार्डमा २६ र स्पेशन कोभिड क्याबिनमा ५ जना संक्रमितको उपचार भइरहेको छ। अहिले अस्पतालको आइसियु दैनिकजसो नै भरिने गरेको डा बाँस्तोला बताउँछन्।

    त्रिवि शिक्षण अस्पतालले पनि कोरोना संक्रमितको उपचारका लागि १० आइसियु र ५ भेन्टिलेटरको व्यवस्था गरेको छ। तर त्रिवि शिक्षण अस्पतालमा पनि आइसियु खाली छैन।

    कोभिड १९ व्यवस्थापन समितिका सदस्य डा सबिन थपलियाले अस्पतालमा १० जना संक्रमित आइसियुमा रहेको जानकारी दिए। जसमध्ये ४ जनालाई भेन्टिलेटरमा राखिएको छ। उनका अनुसार हाल ९१ जना संक्रमित उपचाररत छन्।

    आइसियुमा भर्ना हुने संक्रमित यहि दरमा बढ्दै गए मृतकको संख्या बढ्दै जाने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बताउँछन्।
    उनी भन्छन्, यसरी नै आइसियुमा भर्ना गर्नुपर्ने बिरामीको संख्या बढ्दै गए। मृतकको संख्या पनि बढ्दै जान्छ।

    सरकारले तत्काल आइसियुको शय्या थप गर्नुपर्नेमा उनी जोड दिन्छन्। उनका अनुसार आइसियुमा भन्दा पनि सरकारले कोरोना संक्रमितलाई हाइ केयरको उपचार गर्नुपर्ने बताए। भेन्टिलेटर चाहिने संक्रमितलाई आइसियुलाई भर्ना गरेपनि अन्यलाई हाइ केयरको उपचार गरे मात्र पुग्ने उनको भनाई छ।

    उनले भने, भेन्टिलेटर चाहिने संक्रमितलाई आइसियुमा राख्नुपर्छ। तर अन्य संक्रमितलाई हाइ केयरको उपचार गर्ने व्यवस्था मिलाउने या आइसियुको शय्याको थप्न आवश्यक छ।

    पाटन र वीर अस्पतालमा पनि आइसियु भरिएका छन्। आइसियु भरिँदा गम्भिर अवस्थाका संक्रमितले समेत पालो कुरेर बस्नुपर्ने अवस्था आएको भन्दै अस्पतालका चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन्।

    पाटन अस्पतालका एक चिकित्सकले भने -‘यस्तो गम्भीर अवस्था आइसक्दा पनि स्वास्थ्य मन्त्रालयले तयारी नगर्दा दुख लागेको छ।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा
  • सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित
  • राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’
  • महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    आज शुक्रबारको राशिफल

    वार्षिक कार्यक्रमहरू समयमै सम्पन्न गर्न मन्त्री गुप्ताको निर्देशन

    नेशनल मेडिकल कलेजद्वारा घडीर्वा पोखरी अवस्थित नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

    जानकी महिला जागरण समाज र कानुनी सहायता केन्द्रद्वारा उप–प्रमुख आलमसँग लैंगिक न्यायबारे छलफल

    पोखरिया अस्पतालमा नसा तथा हाडजोर्नी , डेन्टल लगाएत बाल रोग सम्बधी उपचार हुने

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सालगायत आसपासको जिल्लामा हावाहुरीसहित हल्का वर्षा

    News

    सङ्घीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित

    News

    राजनीतिक चलखेलमा कुलमान-रविहरूलाई हटाइन्छ’

    News

    महालेखाद्वारा सवा चार खर्ब असुल्न सरकारलाई निर्देशन

    News

    वीरगनंजमा खाने पानीको संकट: मुहान सुक्दै

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑