• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    व्रत (उपवास) बस्नुका वैज्ञानिक आधार तथा फाइदाहरु

  • वीरगंज संजाल
  • १९ आश्विन २०७७, सोमबार ०६:५८
  • ७५८५

    वीरगंज | हाम्रो समाजमा, विशेष गरेर हिन्दू धर्मावलम्बि, र त्यसमा पनि अधिकांश महिलाहरु धार्मिक दृष्टिकोणले व्रत बस्ने गर्छन् र यसको मूल उद्देश्य देवी देवतालाई खुशी बनाउनु, परिवारमा सुख शान्ति भित्याउनु र श्रीमान्, सन्तान र आफ्नो सुस्वास्थ्यको वरदानको प्राप्ती गर्नु हो । धेरैलाई यो अन्धविश्वास पनि लाग्न सक्छ तर के साँच्चिकै व्रत बस्नु स्वास्थ्यको लागि फाइदाजनक छ त ? के यस्को वैज्ञानिक आधार छन ? मेरो यो लेख यसै बिषयमा केन्द्रित हुनेछ ।

    व्रत बस्ने बेलामा कम्तिमा १६ घण्टा खाना र क्यालोरी प्राप्त गर्ने कुनैपनी झोल कुरा नखादा बिभिन्न प्रकारका वैज्ञानीक फाइदाहरु प्राप्त हुने अध्ययनहरुले देखाएको छ ।

    १. तौल घटाउन मदत गर्छ: कम क्यालोरीको सेवन र मेटबोलिक रेट बढ्नु र ग्रोथ हार्मोनको बढी उत्पादनले तौल घटाउनमा मद्दत गर्छ । तपाइ तौल घटाउन इच्छुक हुनुहुन्छ भने, यो तरिकाबाट सुरु गर्न सक्नुहुन्छ ।

    २. कोलेस्टेरोलको नियन्त्रण: उपवासले फ्याटको मेटाबोलिज्म बढाएर कोलेस्टेरोलको नियन्त्रण गर्छ, साथै उपवासको समय मान्शाहारी खानाको प्रयोग नहुनु र फलफूलको प्रयोग बढी हुनुले पनि नराम्रो कोलेस्टेरोल र triglyceride घटौने र राम्रो कोलेस्टेरोल बढाउने सम्भावना हुन्छ ।

    ३. इन्सुलिन सेन्सिटिभिटी बढाउने: उपवासले बिभिन्न रसायनिक प्रकृयाको मद्दतले इन्सुलिनको कामलाई प्रभावकारी बनाउछ र मोटोपना भएको व्यक्तिमा इन्सुलिन resistance को वातावरण हुनाले यस्तो व्यक्तिको लागि उपवास अत्यन्तै लाभदायक हुन्छ ।

    ४. रक्त्चापको नियन्त्रण: उपवासमा क्यालोरी र नुनको प्रयोग कम हुने भएकोले उच्च रक्त्चापको नियन्त्रण हुन मद्दत गर्छ ।

    ५. रोग प्रतिरोघात्मक क्षम्तामा सुधार: रोगसँग लडने कोषको सन्ख्यामा सुधार ल्याउनु र हानिपुर्र्याउने कोशहरुलाई नियन्त्रण गर्न मद्दत गर्छ ।

    ६. Cancer रोग लाग्नबाट बचाउन मदत गर्छ: उपवासले कोशहरुको मरम्मत गर्ने, स्वास्थ्य तन्तुहरुलाई सुरक्षित बनाउने र बिकार वा घातक पदार्थहरुलाई कोषभित्रै निस्कृय बनाउछ, हानिकरक हर्मोन (IGF-1) लाई नियन्त्रण गर्छ र अन्य कोष भित्रको गतिबिधिलाई साकारात्मक बनाएर cancer को जोखिम घटाउने तथ्य बिभिन्न जनावरहरुमा गरिएको अध्ययनले दावी गरेको छ ।

    ७. एसट्रेस र इन्फलामेसन (stress and inflammation) को नियन्त्रण: cancer, मुटुरोग, बाथ रोग, स्नायुरोग र अन्य जटिल दीर्घ रोगहरुको प्रमुख कारणहरुमध्ये एक एसट्रेस र इन्फलामेसन (stress and inflammation) प्रमाणित तथ्य हो । उपवासले फ्रि राडिकल (radical) ले हुने हानिलाई रोक्ने साइटोकाइनलाई नियन्त्रण गर्ने जस्ता अन्य रसायनिक क्रियामा साकारात्मक असर गरेर धेरै यस्ता रोगहरु जोखिमलाई घटाउने वैज्ञानिक धाराणा भएको देखिन्छ ।

    ८. बुढोपनालाई रोक्ने (anti-ageing): उपवासले जिन, कोष्, तन्तु, हार्मोन्, immune, मेटाबोलिज्ममा प्रभाव पारेर व्यक्तिको शरिरलाई वास्तविक उमेर भन्दा कान्छो बनाउन सहयोग गर्न सक्छ ।

    ९. छालालाई आकर्षक बनाउँछ: छालामा हुने कोलाजिन (collagen) र अन्य प्रोटिनहरुमा साकरत्मक अशर गरेर्, छालालाई सुन्दर र आकर्षक बनाउछ ।

    १०. मस्तिस्कको कृयाकलाप्मा सुधार: उमेर अनुशार हुने मस्तिष्कको कृयाकलापमा हुने कमीमा बिभिन्न तरिकाले कमी ल्याउछ ।

    ११. मुटुरोगिलाई फाइदा: मुटुको मान्स्पेसी लाई नस्ट हुनबाट बचाउने नयाँ मसिना रक्तनलिहरुको निर्माण गर्ने र अन्य मुटुभित्रका हानिकारक रसायनिक प्रतिकृयालाई नियन्त्रण गरेर मुटुरोगिहरुलाई ठूलो लाभ प्रदान गर्नसक्ने अनुसन्धानहरुको दाबी छ ।

    १२. जीवनमा खुशीयाली ल्याउछ: विश्वास नलाग्ला तर यो सही कुरा हो । तपाईं कुनै व्रतधारीलाई सोध्नुस वा आफै व्रत बसेको दिन सम्झिनुस्, त्यो दिन तपाईंले आफूलाई स्पेशल ठान्नुहुन्छ, तपाईंको सोच साकारात्मक र पवित्र हुन्छ । भित्रैबाट उमङ र उत्साह भरिएर आउँछ । यस्को कारण उपवास, स्वछ आहर र धर्ममा आस्था मात्रै नभएर वैज्ञानिक कारण पनि हुन्छ । उपवासले मस्तिस्कमा इन्डोर्फिन (endorphin) नामक हार्मोनको उत्पादन बढाउँछ जस्को प्रमुख काम भनेको तपाईंको मूडलाई फ्रेस गर्ने, खुशी बनाउने र शरिरमा स्फूर्ती ल्याउने हो ।

    १३. भोकमाथी नियन्त्रण: उपवासले लेपटिन र अन्य (hunger) हार्मोनको स्तरमा सुधार ल्याएर, ‘थ्य्रोइद हार्मोन’को उत्पादन बढाएर मेटबोलिस्ममा सुधार ल्याएर , भोक निर्धाराण गर्ने केन्द्र (satiety centre) मा असर गरेर व्यक्तिलाई भोकै बस्नसक्ने क्षमता बढाउँछ र त्यो भन्दापनी महत्वपूर्ण कुरा थोरै खाएर सन्तुष्ट हुने बानी बस्छ, जस्ले गर्दा अत्यधिक खानाबाट हुने स्वास्थ्य समस्याहरुको सम्भावित जोखिमबाट बच्न सकिन्छ ।

    १४. detoxification गर्छ: प्रायजसो हानिकारक रसायनहरुको शरिरमा भएको बोसोमा भण्डारन हुन्छ । उपवासले बोसोलाई खर्च गर्ने क्रममा (metabolism), स्टोर भएका धेरै टोक्सिनलाई शरिरबाट निश्कासन गर्छ ।

    १५. मान्सपेसिलाई बलियो बनाउछ: उपवासले ग्रोथ हार्मोनको (HGH) उत्पादन बढाएर, फ्याट्लाई पगाल्ने र मान्सपेसिलाई बलियो बनाउछ ।

    हुन त माथी उल्लेख गरिएका सबै उपवासका फाइदाहरु मानिस जातिमा अध्ध्यान गरेर पुस्टी भइनसकेको भएतापनि, प्रस्तुत तर्कहरु सान्दर्भिक देखिन्छन । मैले उपवासका यि फाइदाहरुको बारेमा अध्ध्यान गर्दैजादा मन्-मस्तिस्कमा एउटा मात्रै कुरा बारम्बार हावी भएको पाएँ । हाम्रा पूर्वज्, सन्त्, ऋषि आदी रोग रहित लामो आयू बाँच्ने यथार्त पछिको कारण अवश्यनै व्रत उपवास बस्नु र स्वच्छ साकाहरी खानेकुरामा पुर्ण रुपले विश्वास गर्दछु । आधूनिक मानवको आयू घट्नु र नयाँ नयाँ रोग जन्मिनु पछाडिको प्रमुख कारण असन्तुलित र अत्याधिक भोजन नै हो भन्ने यथार्तलाई नकार्न सकिदैन ।

    उपवास बस्ने बेलामा लिनुपर्ने सावधानिहरु :

    • गर्भवस्थामा उपवास वर्जित हुन्छ
    • सानो बच्चा भएको दुध खुवाउने आमाले उपवास गर्न मिल्दैन्
    • मधुमेहको औषधी सेवन गर्ने बिरामीले चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
    • रक्तचापको औषधी सेवन गर्नेले पनि विषेश ध्यान दिनु पर्छ र चिकित्सकको परामर्शा लिन जरुरी हुन्छ
    • मुटु, मृगौला, पेट्, कलेजो र अन्य दिर्घरोग भएको र त्यस्को लागि औषधी सेवन गर्नेहरुले पनि विशेष ध्यान दिनु पर्छ र चिकित्सकको परामर्श लिन जरुरी हुन्छ
    • उपवासले शरिरमा पानीको कमी हुनसक्छ्
    • उपवासले विशेष गरेर माइग्रेन भएकाहरुलाई टाउको दुखने समस्या हुन सक्छ ।
    • निद्रा नलाग्ने र त्यस्बाट तनाव हुने सम्भावना पनि हुन्छ

    उपवास बस्दा ग्यासट्रीकको समस्या हुनु पूर्ण सत्य होईन । उपवास बस्दा पेटमा एसिडको उत्पादन कम हुन्छ त्यसैले ग्यास्ट्रीकको समस्या पनि कम हुनुपर्ने हो तर कसै कसैलाई उपवास भएको बेलामा भोक लाग्दा, खाने कुरा सम्झिदा वा अरुले खाएको देख्दा मस्तिस्कमा त्यस्को असर भएर एसिडको उत्पादन बढ्न सक्छ जस्ले पेटमा एसिडिटी बढाउने (heart burn) अवस्था हुने गर्छ ।

    यो लेख लेखने क्रममा मैले मैले उपवासको फाइदा नै फाइदा भेटे र न्यून बेफाइदा भेटे । यस लेख्ले मलाई व्रत गर्न प्रेरित गरेछ र म विश्वास गर्छु कि तपाईंलाई पनि पक्कै हप्ता वा महिनामा एक चोटी १६ घण्टाको व्रत गर्न प्रेरित गर्छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑