वीरगंज। सरकारले सिमा सिल गर्दापनि पर्साको बाटो हुँदै हुने लागु औषधको तस्करी रोकिएको छैन ।अन्य जिल्लाबाट ल्याएर पर्साको बाटो हुँदै लागु औषध तस्करीमा प्रहरीको संलग्न बढ्न थालेपछि तस्करी बढ्न गएको हो ।
पर्साको ग्रामिण भेगको सानो नाकाहरु हुँदै दिहनु लाखौँ बराबरको लागु औषध र अवैध सामग्री नेपाल भित्रिने र बाहिरिने गरेको छ । यसै बीच पर्साको पटेर्वा सुगौली गाउँपालिकाबाट प्रहरीले १ किलो ८ सय ग्राम चरेस बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी चौकी रङ्गपूर टाँडीबाट खटेको प्रहरी टोलीले शनिबार दुई तस्करहरुलाई १ किलो ८ सय ग्राम चेरेससहित पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुर गाउँपालिका वडा नम्बर ३ निवासी सिता रिजाल र पर्साको पटेर्वा सुगौली गाउँपालिका वडा नम्बर १ निवासी दुखी मियाँ रहेका छन् ।पक्राउ गरिएका दुवैलाई थप कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाईएको प्रहरी चौकी रङ्गपूरले जनाएको छ ।