बीरगन्ज । बिपी काेइराल स्कुल अफ पब्लिक पाेलिसी पर्सा अध्यक्षमा अभय कर्ण चयन भएका छन् । नेविसंघका प्रदेश २ सदस्य कर्ण जिल्ला अध्यक्षमा चुनिएका हुन् ।
नेपाली कांग्रेसका संस्थापक विपी काेइरालाकाे मान्यताहरूलाइ नव युवाहरूमाझ पुर्याउन स्कुल अफ पब्लिक पाेलिसीकाे स्थापना भएकाे हाे ।
यसअघि स्कुल अफ पब्लिक पोलिसि प्रदेश २ को उपाध्यक्षमा नेविसंघ पर्साका सभापति विकास तिवारी र सदस्यमा नेविसंघका पर्साका केशव मिश्र चयन भइसकेका छन् । प्रदेशका युवाहरुको क्षमता विकास, लोकतान्त्रिक मुल्य र मान्यतालाई सामाजिक रुपमा व्यापक बनाउन थप टेवा पुग्ने संयोजक फिरोज आलमद्धारा हस्ताक्षरित पत्रमा उल्लेख छ ।