वीरगंज। पर्साको पर्सागढी नगरपालिका वडा न. २ गोडपसरा नजिकैबाट बनगस्ति टोलिले ३ थान सालको गोलियासहित २ जनालाई पक्राउ गरेको छ ।राष्ट्रिय बनबाट चोरी तस्करी गरि ल्याउदै गरेको अवस्थामा सब डिभिजन बन कार्यालय बडनिहारबाट सुबेदार रामआशिष राउत कुर्मीको नेतृत्वमा खटिएको गस्ति टोलिले सालको काचो काठसहित २ जनालाइृ पक्राउ गरेको हो ।
साइकलमा काठ ल्याउँदै गरेको अवस्थामा बागवानाका ३२ वर्षिय धर्मदेव माझि र सोही ठाउँका ३० वर्षिय गजेन्द्र माझिलाई पक्राउ गरेको हो ।त्यसैगरी पर्सागढी नगरपालिका वडा न. २ बागवानाबाट पनि सोही टोलिले २ थान सालको गोलियासहित १ वटा साइकल बरामद गरेको छ ।
पक्राउ परेका दुबै जनालाइ आवस्यक कार्वाहीको लागी सब डिबिजन बन कार्यालय बडनिहारमा राखिएको छ ।