आज:
  • होमपेज / Breaking News

    सांसद प्रदीप यादवको अनुभव : खानेकुराको सन्तुलन, नियमित व्यायाम र आत्मविश्वासले कोरोना जितिने रहेछ

  • वीरगंज संजाल
  • १७ आश्विन २०७७, शनिबार ११:२८
  • ३८६५

    वीरगंज  | वैज्ञानिक वनबारे अध्ययन गर्न बनेको संसदीय उपसमितिको टोली गत साउनको तेस्रो सातातिर सिन्धुलीतिर लाग्यो। टोलीको नेतृत्व गरेका थिए पर्सा १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य प्रदीप यादवले।सिन्धुलीमा अनुगमन सकेपछि टोली सर्लाही तथ रौतहट पनि पुग्यो। उनीहरुले साउन १५ गते बाराको सिमरामा रहेको इच्छा होटलमा बास बस्ने निधो गरे। साँझतिर सांसदको टोली केही अनौपचारिक कुराकानीमा जुटेको थियो। तर यता यादव भने असहज महसुस गरिरहेका थिए। जिउ दुख्ने, हिँड्न मन नलाग्ने, ज्वरो आउने भयो। उनले डाक्टरलाई फोन गरे। डाक्टरले एन्टीबायोटिक लिन सल्लाह दिए।

    उनले राति नै एन्टीबायोटिक खाए। बारामा बस्न मन नलागेपछि साथीहरु सँग बिदा भएर वीरगञ्ज गए। १६ गते बिहान पिसीआर गरे। दिनभरि घरमा छुट्टै बसे। राति साढे ९ बजे अस्पतालबाट फोन आयो–उनमा कोरोना भाइरस पोजेटिभ देखियो।

    त्यसपछि यादवले सामाजिक सञ्जालमा आफू पोजेटिभ भएको उल्लेख गर्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गराउन आग्रह गरे। १६ गते रातभर उनलाई निद्रा लागेन। ‘कोरोनाबाट संक्रमित भएपछि बालबच्चा, घर परिवार, राष्ट्र र मेरो जिम्मेवारी सम्झिएँ,’ यादव भन्छन्, ‘त्यतिबेला वीरगञ्जमा दिनकै २÷३ जनाकाृ मृत्यु हुन्थ्यो, त्यो रातभर म जागा रहेँ, निदाइनँ।’

    ‘सेड्युलमा’ बिते १० दिन 
    उनलाई १७ गते बिहान ५ बजेदेखि नै लगातार फोन आउन थाले। धेरै आफन्त, साथीभाइले नआत्तिन र इच्छाशक्ति बलियो बनाउन प्रोत्साहन दिइरहे। अघिल्लो रात राम्रोसँग ननिदाएका उनले राति नै ‘सेड्युल’ बनाए। बिहान ६ बजे उठ्ने, जगिङ गर्ने, अन्य व्यायाम गर्ने, नुन पानीले मुख कुल्ला गर्ने, गुर्जाे पानी, मरिच, दालचिनी र तुलसीको पत्ता हालेर काडा बनाएर पकाएर खाए।

    त्यस्तै, दुई वटा प्याज,२–२ पोटी लसुन अढाइ चम्चा बेसार र विरेनुन  मसिनो गरि पिसेर दिनमा तीन पटक पानीसँग घोलेर पिए। ‘दिनमा पानी प्रशस्त पिएँ, ६ गिलास फ्रेस जुस, ६ गिलास नरिवलको पानी पनि पिएँ,’ यादब भन्छन्, ‘स्याउ, अण्डा पनि खाएँ। खानेकुरा, व्यायाम र आत्मविश्वास हुने हो भने कोरोना सजिलै जितिने रहेछ।’

    १० दिनको  बीचमा उनलाई लक्षणले पनि सतायो। पखाला पनि लाग्यो। तर उनी आत्तिएनन्। ‘रोग सञ्चो हुन खानासँगै आत्मविश्वास पनि चाहिने रहेछ। कोरोना लागे पछि मैले यही महसुस गरेँ।’

    भिटामिन डि को लागि घाम ताप्ने, भिटामिन सीको लागि कागती पानी खाने गरे। दिनहुँ उनलाई लक्षण कम हुँदै गयो। साउन २६ गते त उनको रिपोर्ट नेगेटिभ आयो।

    कोरोना केही हो 
    सामाजिक सञ्जालमा एक समूह नै छ। कोरोना केही हैन भन्दै हल्काफुल्का लिने, मास्क लगाउन नपर्नेजस्ता अफवाह पनि फैलाइरहेका छन्। तर यस्ता हल्ला फैलाउने काम रोक्नुपर्ने यादव बताउछन्। ‘कोरोना केही हैन यो लागे पनि केही हुन्न भनेर अफबाह फैलाउने काम गरिएको छ,’ उनले भने, ‘यस्तो हल्लाको पछि कोही नकुद्नु होला, यो डरलाग्दो रोग हो र त विश्वभरि महामारीका रुपमा फैलिइरहेको छ, रोग लाग्नेलाई मात्र थाहा हुन्छ यो कस्तो हो भनेर।’

    आत्मविश्वास दर्‍हो बनाउनुस्, कोरोना जित्नुस्
    पछिल्लो समय कोरोना संक्रमित धेरै जना होम आइसोलेसनमा बसिरहेका छन्। सासंद यादव पनि होम आइसोलेसनमै बसेका हुन्। होम आइसोलेसनमा बस्दा धेरै कुरामा ध्यान दिनुपर्ने उनले बताए। ‘घरमा बस्दा पहिलो कुरा परिवारलाई नसरोस् भनेर छुट्टै शौचालय प्रयोग गर्ने, एउटै प्रयोग गर्न परे संक्रमितले प्रयोग गरिसकेको आधा घण्टापछि मास्क लगाएर प्रयोग गर्ने र ज्वरो र मुटुको धड्कन नाप्ने मेसिन ल्याएर  नापिरहने र डाक्टरको सम्पर्कमा रहन सक्नुपर्छ। अस्पताल बस्दा भने डाक्टरले हेरिहाल्छन् तर आफूचाहिं होसियार हुनुपर्‍यो,’ उनले भने।

    कुनै पनि रोगबाट जित्न आत्मविश्वास दर्‍हो हुनुपर्ने यादवको अनुभव छ। ‘रोग त लागिहाल्यो के गर्ने भनेर आत्तिन नहुने रहेछ,’ यादवले भने, ‘आत्मविश्वास रोगसँग लड्न आवश्यक कुरा हो, जो–जो आइसोलेसनमा हुनुहुन्छ उहाँहरुलाई आत्मविश्वासचाहिँ नगुमाउन सल्लाह दिन्छु।’

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन
  • घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा
  • तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ
  • स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    पर्सा–१ मा जसपाका वीरगन्ज महानगर अध्यक्ष यादवसंगै १२० जना एमालेमा प्रवेश

    कालिका टाईम्सको वार्षिकोत्सव मानव सेवा आश्रम वीरगन्जमा मनाइयो

    रुखले च्यापिएर बालकको मृत्यु

    ठक्करबाट महिलाको मृत्यु

    ‘विधिको शासन नै सहिदप्रतिको सच्चा सम्मान हो’

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    समाचार
    News

    प्याब्सन जुनियर फुटबल प्रतियोगिता २०८२ सम्पन्न, ठोरी एकेडेमी च्याम्पियन

    News

    घोषणापत्रविहीन चुनावी दौड : ६५ दलमध्ये ६ दल मात्र एजेन्डासहित मैदानमा

    News

    तीन जनाको हत्या अभियोगमा एक जना पक्राउ

    News

    स्क्यामिङ केन्द्रमा संलग्न चार नेपालीलाई म्यानमारको म्यावडीबाट उद्धार गरी फर्काइयो

    News

    ठगी मुद्दाका एक जना फरार प्रतिवादी पक्राउ

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2026: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑