विरगंज फेरि बन्छ कोरोनाको होट्स्पोट ? दिन प्रती दिन बढन सुरु भयो पोसेटिभ को संख्या भोलिको रेपोटमा कति धेरै आउँछ ? जिज्ञासा् बन्दै गएका प्रश्नहरु बनेको छ।
नारायणी अस्पतालमा शुक्रबार राति पर्सा र बाराका विभिन्न स्थानीय तहहरुबाट आएको १ सय ९२ जनाको थ्रोट स्वाबलाई पिसिआर प्रविधिबाट नारायणी अस्पतालको प्रयोगशालामा परिक्षण गर्दा थप ३५ जनामा संक्रमण पुष्टि भएको छ । १ सय ९२ वटा स्वाबमध्ये पर्साको १ सय ३७ र बाराको ५५ वटा रहेको थियो ।
नारायणी अस्पतालक प्रवक्ता एवम् वरिष्ठ चर्म तथा योन रोग विशेषज्ञ डाक्टर अतुलेशकुमार चौरसियाले दिएको जानकारी अनुसार पर्सामा वीरगञ्जका ६ जनासहित १५ जनामा संक्रमण पुष्टि भएको छ ।
उनले वीरगञ्जस्थित एनएमवी बैंकका २ जना कर्मचारी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १३, १४, १५ र १६ का एक/एक जनागरी ६ मा संक्रमण पुष्टि भएको जानकारी दिए । प्रवक्ता डाक्टर चौरसिया पर्सामा थपिएका अन्य संक्रमित जिल्लाको ग्रामिण क्षेत्रका रहेको बताए ।
चौरसियाले बहुदरमाई नगरपालिका वडा नम्बर २ र ७ मा एक/एक जना, पोखरिया नगरपालिकामा एक जना, जिराभावानी गाउँपालिकामा एक जना, कालिकामाई गाउँपालिकाको वडा नम्बर ५ मा एक जना र वडा नम्बर १ मा चार जना संक्रमित थपिएको जानकारी दिए ।
त्यसैगरी बारा जिल्लामा पनि ५५ जनाको परिक्षण गर्दा १७ जना संक्रमित थपिएका छन् । थपिएका संक्रमितमध्ये जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का दुई जना, २ का चार जना, १ का छ जना र १५ का एक जना रहेका छन् ।
त्यसतै बारागढी गाउँपालिका वडा नम्बर २ का एक जना, परवानीपुर गाउँपालिका वडा नम्बर २ का एक जना र महागढीमाई नगरपालिका वडा नम्बर ११ का एक जना रहेको डाक्टर चौरसियाले जानकारी दिए । उनले जिल्लाको सदरमुकाम कलैया उपमहानगरपालिकामा पनि एक जना संक्रमित थपिएको बताए ।
थपिएका संक्रमितहरुको सिटि भ्यालु १७ देखि ३५ सम्म रहेको छ । उनीहरुमा ५ शिशुदेखि ७७ वर्षीय पुरुष समेत रहेका छन् ।