पटेर्वासुगौली गाउपालिकाको पाचौं गाउ सभा आज सम्पन्न
वीरगंज संजाल
१६ आश्विन २०७७, शुक्रबार २१:४२
३३०५
पोखरिया १६ असोज।
पटेर्वासुगौली गाउपालिकाको पाचौं गाउ सभा आज सम्पन्न भएका छन। गाउपालिकाको सभा हलमा सम्पन्न आर्थिक बर्ष २०७७/०७८ को बार्षिक बजेट योजना कार्यक्रम प्रस्तुत गरियो। गाउपालिका अध्यक्ष हरिनारायण चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा निति तथा कार्यक्रमका संयोजक तथा उपाध्यक्ष ममता महतोले चालू आर्थिक बर्षको बजेट बिनियोजन प्रस्तुत गरेका थिए। बजेट बिनियोजन प्रस्तुतिकरणमा कार्यालय संचालन तथा प्रशासनिक अन्तर्गत ५ करोड ६५ लाख ७० हजार ८ सय , आर्थिक बिकास अन्तर्गत कृषिमा ५२ लाख उद्योगमा ४ लाख, बितिय क्षेत्रमा ८० लाख जलस्रोत तथा सिचाईमा ९३ लाख, वनमा १८ लाख ५० हजार, पशुपक्षी बिकासमा ३० लाख अनुमानित खर्च बिनियोजन गरिएका छन। त्यस्तै पूर्वाधार बिकास अन्तर्गत यातायात पूर्वाधारमा ५ करोड ३४ लाख ९६ हजार, भवन अवास तथा शहरी बिकासमा १ करोड २३ लाख, उर्जा १ करोड २८ लाख ६२ हजार सम्पदा पूर्वाधार ३ लाख शुसासन तथा अन्तर सम्बन्धित क्षेत्र अन्तर्गत कानून तथा न्यायमा १५ लाख बिनियोजन गरिएका छन। त्यस्तै सामाजिक बिकास अन्तर्गत सुरक्षा तथा संरक्षण ६६ लाख ५० हजार, यूवा तथा खेलकुदमा २० लाख, खानेपानी तथा सरसफाइमा ७१ लाख १९ हजार भाषा तथा संस्कृतिमा ४८ लाख, शिक्षामा १ करोड ६० लाख ५९ हजार स्वास्थ्यमा ७४ लाख लैङ्गिक सामान्ता तथा सामाजिक समावेशिकरणमा २१ लाख ५० हजार अनुमानित बजेट बिनियोजन गरिएका छन। यसरी यस चालु आ बमा जम्मा २१ करोड, ९ लाख ५० हजार ४ सय दश रुपैयाको अनुमानित बजेट बिनियोजन गरिएका छन।
कार्यक्रममा वडाध्यक्ष बिजय गैरे, माधव राउत थारु, राजेश्वर महतोले मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र प्रसाद यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए।