। तपाई विहान उठेर चिया कफि वा तातोपानी के पिउनुहुन्छ?
सामान्यतयाः मानिसहरु विहान उठ्ने वित्तिकै कफि वा चियाबाट दिनको सुरुवात गर्छन ।
एक त ढिला उठ्ने त्यसमाथी खाली पेटमा नै चिया वा कफिको सेवन बिष सरह हुन सक्छ ।
ढिलो उठाई, कसरतरहित जीवन र अमिल्दो खानपान आयु घटाउने कारण पनि सक्छ । यो बेला तपाईले आफ्नो जीवन शैलीलाई बदल्नसके फाइदा हासिल गर्न सक्नुहुन्छ ।
उमेर र तौल अनुसार दैनिक औषतमा ३ लिटर पानी पिउनु जरुरी छ । अझ बिहान उठ्ने वित्तिकै मन तातो पानीबाट सुरुवात गर्न सकेतपाईको जीवन शैली नै पनि यसले परिवर्तन गरिदिन सक्छ ।
विभिन्न खोज तथा अध्ययनहरुलाई आधार बनाउँदै चिकित्सकहरुले खाली पेटमा मन तातो पानी पिउँदाका फाइदालाई निम्नानुसारसुझाएक छन :
पाचन प्रणालीमा सुधार ।
दैनिक बिहान उठ्ने वित्तिकै मन तातो पानी पिउँदा छालालाई स्वस्थ बनाउछ ।
अनुहारमा दाग, डन्डीफोर र चाया सम्बन्धी समस्या हराउँछ ।
मनतातो पानीले कपालको जरा बलियो र मझबुत बनाउँछ, कपाल सुन्दर र लामो बनाउँछ ।
मनतातो पानीले पेटका अनावश्यक विकार र उत्तेजित पदार्थ बाहिर निकाल्न सहयोग गर्छ । शरिरको गतिविधि स्वस्थ बनाउँछ ।
नियमित मनतातो पानी खाँदा पेटको विकार बाहिर आउने हुँदा पेटमा संक्रमण र दुखाईको सम्भावना न्यून हुन्छ ।
नियमित मनतातो पानी खाँदा पेट सफा गरिदिन्छ, कब्जियतको समस्या हट्छ ।
दैनिक खाली पेट मनतातो पानी खाँदा शरिरको फ्याट पगालिदिन्छ जसका कारण तौल घटाउन सहयोगी मानिन्छ ।
मनतातो पानी पिउँदा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ, चिसो खोकी जस्ता संक्रमणबाट बचाउछ ।
नियमित मनतातो पानी पिउँदा शरिरमा एसिडिटी अर्थात ग्यासट्रिकको सम्भावना कम हुन्छ ।