वीरगंज |नेपालीहरूले नुन बढी खाने गरेको एक सर्वेक्षणले देखाएको छ । खाना खानुअघि र खाइरहँदा खानामा नुन थपेर ९.२ प्रतिशतले खाने गरेको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को एक अध्ययनले देखाएको छ ।
औसतमा नुन सेवन प्रतिदिन ग्राममा ९.१ प्रतिशतले खाने गर्छन । नुन बढी मात्रामा राखिएको (जंक फुड) १९.५ प्रतिशतले खान्छन् । विश्व स्वास्थ्य संगठनका अनुसार औसतमा नुन सेवन प्रतिदिन ५ ग्राम सेवन गर्नुपर्छ । यस्तै अध्ययनले पाठेघर परीक्षणको नतिजाका आएपछि स्वास्थ्य उपचार लिने महिला ६३.५ प्रतिशत पुगेको अध्ययनमा उल्लेख गरिएको छ ।
१५–६९ वर्ष उमेरका मानिसले सुर्तिजन्य पदार्थ सेवन २८.९ प्रतिशत गर्ने गरेको सर्वेक्षणमा देखाएको छ भने १७.१ प्रतिशतले भने धुमपान गर्छन् । यस अध्ययनमा ५ हजार ५ सय ९३ जना वयस्कहरू सहभागी थिए ।
काम तथा व्यवसाय सम्बन्धी तनाव हुनेको प्रतिशत ६१.५ प्रतिशतलाई हुने गरेको देखिएको छ । घरमा हुने सामान्य तनावको मानसिक सर्वेक्षण गर्दा ६२.३ प्रतिशत मानिसमा पाइएको परिषद्को अध्ययनमा उल्लेख गरिएको छ ।
२९.८ प्रतिशत पुरुष र १९.७ प्रतिशत महिलामा रक्तचाप उच्च देखिएको सर्वेक्षणले देखाएको छ । अध्ययनमा ९० प्रतिशत पुरुष र ८९.९ प्रतिशत महिलाले दाँत माझ्ने गरेको उल्लेख गरिएको छ ।परिषदले फेब्रुअरीदेखि मे २०१९ सम्म गरेको नेपाल स्टेप्स सर्वेक्षण, २०१९ को नतिजा सार्वजनिक गरेको हो ।