महोत्तरी | गौशाला नगरपालिका ५ स्थित एक ग्राहकको घरमा नयाँ मिटर लगाउने क्रममा विद्युतको पोलबाट खसेर एक प्राधिकरणको कर्मचारी घाइते भएका छन् ।
प्राप्त जानकारी अनुसार मिटर जडानको लागि पोलमा चढेको बेला करेन्टको झटका लागेर पोल माथी बाट खसेर बिहिवार नेपाल विद्युत प्राधिकरण गौशालाका एक कर्मचारी गम्भिर घाइते हुन् ।
घाइते हुनेमा सोनमा गाउँपालिका(८ सिहासनी बस्ने ३५ वर्षीय सिताराम यादव रहेका छन् । करेन्ट लागेर घाइते भएका यादवलाई उपचारको लागि धनुषाको जानकी मेडीकल कलेज रमदैया को सिटी हॉस्पिटलमा अस्पतालमा उपचार भइरहेको छ ।