बिहीबार विहान  स्थानीय २९ वर्षीया धनहीरा राईमा ‘धामी उत्रिए’पछि छिमेकीहरु हेर्न पुगेका थिए। त्यसक्रममा धनहीराले छिमेकी ३८ वर्षीया महिलामाथि आक्रमण गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।

प्रहरी कार्यालयका अनुसार घटनाको भिडियोसहित पीडित पक्ष जाहेरीदिन कार्यालय पुगेपछि राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले कुटपिट गर्ने महिलाविरुद्ध बोक्सी आरोपको कसुरमा कारबाही अघि बढाउने बताए। घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताएका प्रहरी निरीक्षक ढकालले पीडित महिलाको बेलबारीमा उपचार भएको जानकारी दिए।

मंगलबार साँझ धनहीरा आफ्नो शरीरमा धामी उत्रिएकोभन्दै चिन्ता बसेकी थिइन्। त्यही चिन्ता हेर्न पुगेकी छिमेकी महिलालाई धनहीराले बुधबार बिहान साढे चारबजेतिर बोक्सीको आरोप लगाउँदै कुटपिट गरेको प्रहरीले उल्लेख गरेको छ।

प्रहरीका अनुसार धामी बस्दा प्रयोग गरेको त्रिशुलले प्रहार गरिएकी महिलाको शरीरका विभिन्न भागमा चोट लागेको छ।

पीडितले चिन्ता बसेको ठाउँमा आएर जथाभावी गरेको र बोक्सीको तन्त्रमन्त्र गर्दैै धामी विद्यामा असर पुर्‍याएको आरोप लगाउदै धनहीराले कुटपिट गरेको बताएकी छिन्।

पीडित महिलाका मान अर्को बिहे गरेर तीन वर्षदेखि झापाको सुरुङ्गामा बस्दै आएको खुलेको छ। उनी घरमा देवरका ८ वर्षीय छोरासंगै बस्दै आएकी थिइन्।